पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।