मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी आफ्नी आमाको न्यायका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एसोसिएट प्रोफेसर एवं आकस्मिक कक्ष इन्चार्ज डा. तुलाकृष्ण गुप्ता पछिल्लो एक महिनादेखि लडिरहेका छन् । गुप्ताकी आमा जयमालाको गत जेठ ९ गते राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका क्रममा अस्पताल भर्ना भएकामा त्यहीं उनको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । चौथो अधिवेशनको बुधबार बसेको २३ औं बैठकले आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
सरकारले स्थानीय तहका लागि चालु आर्थिक वर्षमा विनियोजित समानीकरण अनुदान शीर्षकको करिब १७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त रकम निकासा गर्ने निर्णय गरेको हो ।