प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट र योजना मन्त्रीहरूका क्षेत्र र जिल्लामा केन्द्रित भएको विषयमा संसद्मा जवाफ दिएका छन् । एमाले सांसद ठाकुर गैरेले बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेको छ । आगामी आवको बजेटमाथिको छलफल सुरु भएसँगै बिहीबार कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बोल्नका लागि विशेष समयको माग गरेका थिए ।