नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।
लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ। लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ ।
लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।