The budget announced on Tuesday has increased the customs duty on the precious metal by five percent, which may push the price to a record Rs150,000 a tola.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
अघिल्ला दिन झैँ शुक्रबार पनि देशभरका विभिन्न चार स्थानमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस माथि मापन भएको छ । शुक्रबार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन बिहीबारको भन्दा १.२ डिग्री सेल्सियसले मात्रै कम हो ।
सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ ।
जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउन सक्षम भएको निष्कर्ष निकालेको छ । बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो ।