Support for Maryland Shooting Victims - Sajha Mobile
SAJHA MOBILE
Support for Maryland Shooting Victims
Posts 1 · Viewed 9635 · Go to Last Post
UBB
· Snapshot 0
Like · Likedby · 0
Support for the Baltimore shooting victims, Sagar Ghimire (deceased) and Shyam Adhikari(Injured) of Nepali origin initiated by Baltimore Association of Nepalese in America (BANA) along with other local organizations. Cover Photo: Baltimore Sun.

मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टिमा भएको गोलीबारी र आगजनीमा परि नेपाल संखुवासभा घर भएका २५ बर्षिय सागर घिमिरेको दुखद निधन र सर्लाहीका श्याम अधिकारी घाईते हुनुभएको छ। साथै नेपाली समुदायका एक सदस्यको घर आगोलागीकै कारणले पुर्ण रूपले नष्ट भएको छ। मातृभूमि नेपालबाट पढाईको शिलशिलामा आएर पढाई सकेर कामको लागि बाल्टिमोरमा आउनुभएका सागर घिमिरे र श्याम अधिकारी अकल्पनीय दुर्घटना पर्नुभएको यो दुखद घडिमा हामीहरूले मृतकका परिवार र घाईतेका लागि राहत संकलन गर्न यो Go Fund शुरू गरेका छौ। परिवरका सदस्य गुमाएको यो शोकको घडिमा वहाँहरूको राहत को लागी मेरिल्याण्ड राज्यमा 501(C)3 अन्तर्गत गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको Baltimore Association of Nepalese in America (BANA) को नेतृत्वमा यस क्षेत्रमा रहेका NRNA Student Network America, Saathi Baltimore, NRNA Maryland Chapter, मगर संघ अमेरिका DMV Chapter, लम्जुङ सेवा समाज अमेरिका , तनहुअमेरिका सोसाईटि, म्याग्दि समाज USA, पर्वत समाज अमेरिका, बाल्टिमोर तमू समाज, कास्की समाज अमेरिका, AK Foundation America, TEC Nepalese Society, सुदुर पश्चिम समाज मेरिल्याण्ड, चितवन समाज अमेरिका, Belmont Volleyball Club, ईनास मेरिल्याण्ड च्याप्टर, बाग्लुङ समाज अमेरिका, विवेकशिल अमेरिका मेरिल्याण्ड नेप्लिज भलिबल क्लब, प्रवासी नेपाली एकता समाज अमेरिका, प्रवासी नेपाली एकता मन्च डिसी मेट्रो कमिटी, Friends of Crofton, Daari Club USA लगायतका संस्थाहरूको सहकार्यमा हामीले यो सहयोग अभियान संचालन गरेकाछौ। यस दुःखद घडीमा सबैले आ-आफनो तर्फवाट सक्दो सहयोग गरिदिनुहुन हामी बिशेष अनुरोध गर्दछौ। थप जानकारी को लागी सुवोध पन्त [phone redacted], कीरण ढकाल-[phone redacted], रमेश भट्ट-[phone redacted].
To donate: https://gofund.me/397a9850
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 719
· Posts 1 · Viewed 356
· Posts 1 · Viewed 383
· Posts 1 · Viewed 360
· Posts 2 · Viewed 1187
· Posts 2 · Viewed 808
· Posts 1 · Viewed 414
· Posts 1 · Viewed 363
· Posts 1 · Viewed 486
· Posts 1 · Viewed 492



Travel Partners
Travel House Nepal