~चौतारी १६२~ उडिजाने कालो बादल होssss उडिजाने कालो बादल पानी पर्छ झमझम नाचन मेरी मारुनि आँगनैमा छमछम आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 162 editions.
serial · Oct 27, 2009 2:52 PM · 266,862 views
मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला। जोक जस्तै लाग्छ मलाई त ! चोक चोक मा रोक भन्न नि मिलेन
ritthe · Nov 3, 2009 1:03 PM
लौ अब चिउरा भट्मास् छोएला अनि मिसमास झोल देखेर थुक निल्दै होलान् सबै। अब यसो जवाफ दिन पट्टी लागम् है। हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए अधिकांश समय क्यामरा बोकेकै हुन्थें, अनि खिचिरहेकै हुन्थें, त्यसो त बेला बेलामा हतार भएर खिच्न नपाएका क्षणहरु पनि छन्। अनि हिंड्नुपरेको कारण चाँही किन नि बाउचाकहाबाट? रिक्साको टायर चोरी भयो कि कसो? कि रिक्साले नथाम्ने गरी खाएको हो हन्तकालीले? हैन चिप्ले त्यो के भन्छ माईक्रो चडेर तिमी पवन कहाँ पेडा खान मात्रै गा हो कि कता गाको ? त्यो माईक्रोबाटै धार्केमा झरेर चिया चना पनि खाइएको थियो तर फोटो खिच्न समय भएन। अनि रामनगरको पूजा होटेलमा भुजा खाएको त फोटो राखिहालें अस्ति नै। त्यस पछि पनि धेरै ठाउँमा धेरै कुरा खाइयो, अरु सवारी साधन पनि चढियो। कुरिनटार पुग्ने बेलामा बरु जाममा फसिएको थियो, आशा गरौं त्यो घटनाले धेरै जनधनको क्षति भएको नहोस्। टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला। lol lol lol बिष्टे, फोन हान्ने क्रममा सबैसँग लुकामारी जस्तो भैरहेको छ मेरो त। लौ मौका पारि गफ गरम् न। थैली भेट्टियो त? टीकटक भन्ने बाउचाको अवतार अझै जिउँदै रहेछ। चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको? फोन नम्बर पुरानै रुपमा, काठमाडौंका नम्बरहरु ६ बाट ७ अंकमा परिवर्तन भएको ६ बर्ष नाघ्दा पनि। थाइ एयरवेजको लोगोको चुच्चो भाग बाँयाको सट्टा माथि फर्किएको। नेपाल एयरलान्सको अगणतान्त्रिक नाम अझै बिद्यमान। बाउचा, पेट पनि भरियो रे चिउरा पनि थोरै भयो रे। कस्तो लोभि बाँदर रहेछ। धेरै नखाउ नत्र कसरी उफ्रिन्छौ कसरी रुख चढ्छौ?
chipledhunga · Nov 3, 2009 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion