Nepal Maoists taken off US terror list

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादी आतंककारीवाट हट्यो, ए माओवादीको स्वागत (कोहि छन् आतंककारी ?) सुनिल दाहाल :काठमाण्डौं, २१ भदौ । अमेरिकाले नेकपा माओवादीलाई आठ वर्षपछि आतंककारी सूचिबाट हटाएको छ । यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले आइतबार माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएको छ । अमेरिका सरकार निर्णयलाई भने एकिकृत नेकपा माओवादीले स्वागत गरेको छ । तत्कालिन विद्रोही माओवादीलाई सन् २००४ देखि अमेरिकाले निरन्तर आतंककारी सूचिमा राख्दै आएको थियो । काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण भएपछि अमेरिकाले माओवादीलाई आतंककारी सूचिमा राखेको हो । माओवादीले आतंककारी सूचिबाट हटाउन अमेरिकालाई पटक पटक आग्रह गर्दै आएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आंककारी सुचिवाट हटाउन अमेरिकालाई वारम्वार पत्रचार समेत गरेका थिए । यता, आतंककारी सुचिवाट हटाउने अमेरिका सरकारको निर्णयलाई एकिकृत नेकपा माओवादीले स्वागत गरेको छ । उसले पार्टीका गतिविधी युद्धताका र अहिले पनि पार्टीको गतिविधी राजनितीक नै भएकाले अमेरिकाले आतंककारी सुचिमा राख्नु दुखद भएको वताएको छ । एकिकृत नेकपा माओवादीका नेता कृष्णवहादुर महराले यो निर्णयले थप सुदृढ हुने प्रतिकृया दिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि माओवादीलाई आतंककारी सूचिबाट हटाउन कुटनीतिक पहल गर्दै आएका थिए । माओवादी शान्ति प्रकृयामा आएपछि माधवकुमार नेपाल नेतृत्वमा बाहेक लगातार सत्तामा रहदै आएको छ । पार्टीका अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईले गरी दुई पटक सरकारको नेतृत्व माओवादीले गरेको छ । यसअघि नै आतंककारी सूचिबाट हटाउने तयारी गरे पनि भातृृ संगठन योङ कम्युनिष्ट लिग वाईसीएलका र शिविरमा रहेका माओवादी लडाकुको गतिविधीवाट अमेरिका आशंकित हुदै आएको थियो । दुई वर्षअघि नेपाल आएका दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी अमेरिकी प्रमुख उपसहायक मन्त्री प्याट्रिक मुनले पनि सूचिबाट हटाउन माओवादीले हिंसा र आतंक जस्ता गतिविधी त्याग्नुपर्ने शर्त राखेका थिए । अमेरिकाले माओवादीलाई आतंककारीको सुचिमा राख्दा तत्कालिन नेकपा माओवादी युद्धमा थियो । तर शान्ति प्रकृयामा आएपछि माओवादी दुई भागमा विभाजन भैसकेको छ । अमेरिकी पत्रमा यो नै माओवादी भनेर इगित भनेर गरिएको छैन् ।। http://www.canadanepalvid.com/...

houstonguys · Sep 7, 2012 12:53 PM · 13,472 views

3 Replies

 https://www.facebook.com/perma...

police · Sep 7, 2012 1:08 PM

 Bad news for future Asylee's

houstonguys · Sep 7, 2012 1:14 PM

asylum is depend upon individual i guess its not related with current news , not a party. US took off them from terroist list becasue they were no more dangeruous for us nationals only . but asylee are here to protect their life from their criminal activites who are citizen of that country... .... if what you said bad news for future asylee , if its true then it is  definetly a bad news for pastly approved asylee too. USA  will  send them back to nepal as situation gets better , right ??? so its not good news or bad news for new asylee or past asylee ..... "" The State Department announced the move Thursday, saying the party is "no longer engaged in terrorist activity that threatens the security of U.S. nationals or U.S. foreign policy.".......... dont spread hoax without any details .............

damikattu · Sep 7, 2012 1:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all