उत्कृष्ट रचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

निर्णायक मण्डलबाट छनौट भएर आएका उत्कृष्ट १९ वटा रचनाहरुलाई हाम्रो पेजमा (http://www.facebook.com/thewhi... राखेका छौँ 1. गजल कै'ले आँशु परेलीमा ठोकिएर बिलाउँछ! कै'ले आँशु बलेसीमा पोखिएर बिलाउँछ! मध्यरातको सन्नाटामा यो घडीको सुइ सँगै ! तिम्रो अभाब कलेजीमा रोपिएर बिलाउँछ! यि आँखाका नानीभित्र ज्योतिपुञ्ज जल्न खोज्दा! मेरो जून अँधेरीमा मोडिएर बिलाउछ! तिर्खाएका आत्माहरू बगरमा हिँड्दा हिँड्दै लाखौँ जिबन खडेरीमा छोपिएर बिलाउछ पीडाको यो आगो यस्तो बलेको छ छातीभरी! तिम्रो याद अगेनीमा होमिएर बिलाउँछ 2. यस कारागारबाट आमा ! म यस खाडीमा ऊँटको खुरजस्तो पुड्को मृत्यु मर्दिनँ सगरमाथाजस्तो अग्लो मृत्यु स्वीकार्दछु ! हरपल दगुर्छ मुटु तिम्रै उर्वर काखपट्टि फ्याँकेर यो कालो दुनियाँ ! पेटको निमित्त बरु पसिना बेच्दिन्छु तिमीलाई कदापि म बेच्न सक्दिनँ आमा ! गोबरमाटोको खेल खेल्ने रमाइला कर्मठ हत्केलाहरू याद आइदिन्छ त्यतैको जब म मेशिन भएर मेशिन छुन्छु– यी हातहरूले । धर्ती चुम्ने नाङ्गा पैतालाहरू याद आइदिन्छ त्यतैको जब म मेशिन भएर मेशिन थिच्छु– यी खुट्टाहरूले । हरियो आँचलको छुवाइको सम्झनाले सदैव आँखाको तल्लो आलीबाट हामफाल्दै समुद्र– मरुभूमि चुम्दछ ! चिरिएका औँलाहरूले शिरमा ठुङ मराइको कल्पनाले पनि सदैव मुटुको क्षितिजमा तिम्रै अनुहारको घाम डुब्दछ, आमा ! 3 एक्काइसौँ शताब्दीमा नेपाली महिला एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग रकेट र फाइटर विमान मिसायल र बारुदहरुको चौतर्फी दुर्गन्ध वायुको प्रसार विश्व धेरै अगाडि बढ्दो छ । यो एक्काइसौँ शताब्दीमा पनि नेपाली महिला भने छाउपडी बस्न बाध्य छे । कम्लरी र झुमामा रुमल्लिन विवश नारी बोक्सीको आरोपले डामिई डामिई धेरै मारीसके बाँच्नेहरु पनि, दाइजोले थिचिएर उठ्नै नसक्ने भएका छन् । परिवार र समाजबाट विरत्तिएर साहुको ऋण तिर्न विदेसिदा त्यही नै कठोर यातना अनि अस्मिता लुटाउन विवश र बाध्य बन्नु पर्दा भक्कानिएको हृदयले भन्यो आमा म स्वदेश फर्किन चाहान्छु । बरु म नेपाली दाजुभाइसँग नै सङ्घर्ष गरेर जीवन चाहान्छु । एउटा स्वतन्त्र र स्वाधीन जिन्दगी भएको हेर्न चाहान्छु । एक सामथ्र्यवान् नेपाली नारीको हैसियतमा आपूmलाई उभ्याउन चाहान्छु । मन्दोेदरी, गार्गी र सीताहरुको पद पछ्याउन मलाई गाह्रो हुने छैन किनकि म प्राचीन सँस्कारभित्र खारिएर हुर्किएकी नारी हुँ । वर्तमान र आधुनिकताभित्र आपूmलाई समाहित गर्न सिक्दैछु जोश, जाँगर र हिम्मतको साथ विश्वपथमा उक्लिन खोज्दैछु हेरौँ समयले कति साथ दिँदो रहेछ । यो एक्काइसौँ शताब्दीमै सिनेवात्रा, हिलारी र सुकि बन्न प्रयत्न गर्नेछु । म एक्काइसौं शताब्दीमै धरै अघि बड्नेछु । 4. ' परिवर्तित दिलमाया ' वर्षौदेखिको सपना पूरा गर्न अविछिन्न अभावका घाउहरु पुर्न बन्द खामको अज्ञात शब्दझै अनबिज्ञ अन्जान् गोरेटोमा हिडेको दिलमाया काठमाण्डौं पसेको नि वर्षौं भएछ बितेका वर्षहरुले दिलमायामा धेरै परिवर्तन् ल्याएकोछ उन्को दुई चुल्ठी आजभोली बफ भा छ घाँघर अनि सुरुवाल मिनिस्कट र चुडिदार भा'छ खरा ती पटपटी फुटेका हातहरु मुलायम भाछन् गालाका छालाहरु तन्किएका छन् दुई औंला बिच चुरोट बिस्तारै सल्किदैँछ आकाशतिर धुवाँ उडाउँदै गर्दा दिलमाया धपक्क बलेकी छे यदयपी उनी भित्र भित्रै जलेकी छे तनै देखि गलेकी छे किनकी हरेक रातको सहवास पछि नोटहरुको बिस्कुनमा उनि सधै यसरी नै गलिरहन्छिन् बलिरहन्छि अनि जलिरहन्छिन् पाँचतारेमा बियर ह्वीस्कीसंग कुखुराको सपेटा खसीको फिला खादैं गर्दा दिलमाया कहिलेकाँही अनायसै आफ्नो गाउँ पुग्छिन् मकैको सातु,बाबरीको अचार आमाको माया ,बाबुको घृणा सबै सबै मानसपटलमा रोटेपिङ् खेल्न थाल्छ अशक्त भाई अनि तरुनी बहिनी सबै निर्दोष अनुहारहरु आँखाभरि नाचिरहन्छ रगतभरि सल्बलाउँछ अभाव फेरि जाग्दछ दुई थोपा खुनको आँशु झर्छ फेरि उहि अभ्यस्त जीवनी उहि कालो रात हो दिलमाया नचाहेरै हरेक् रात बिताउँछिन् हरेक बिहान् सुक्सुकाउँछिन् हरेक दिन मृत्यु वरण गर्छिन् हो दिलमायामा परिवर्तन् आएकै हो 5 पोखिएर मात साँघुरिदै गएको बिश्वमा दिनहुँ हजारौ बैंश पोखिन्छन् अनि जीवन रोपिन्छन् पोखिनु, रोपिनु अनि फेरि पाेिखिनु यो शिलशिला सदियौ चलिरहन्छ तर म मात्र एक सेकेण्ड पोखिनु र रोपिनुको शिलशिलालाई रोक्न चाहन्छु अझ भनुँ, जीवन रोक्न चाहन्छु मृत्यु त मेरो हातमा छैन मैले जीवन बुझेदेखि पोखिनुको शिलशिला रोकिएको थाहा छैन धरतीले थेगोस् नथेगोस मान्छेहरु छरपस्ट जीवन पोख्छन् यौवन पोख्छन् अनि कति कति बैंशालु ओंठ निचोरेर सन्तुष्टिको पहाड ठड्याउँछन् त्यसो त म पनि पोखिएको जीवन हुँ म पोखिंदा मेरी आमा भरिइन् मेरा बाउ भरिए अनि आमाको यौवन पोखरीमा मलाई पोखेर बाउ तरक्क तर्किए आमाको म थिएँ तर उनी मेरी थिइनन् उनको यौवन फक्रुञ्जेल म उनको भइन जब उनको हुन तयार थिएँ तब उनी थिइनन् यौवन रित्तिएपछि उनको जीवन रित्तियो म रित्तिए अनि भरिनका लागि पोखिन थाले अब मेरो भन्नु, म र कोही अनाम मान्छे असरल्ल पोखिंदा रोपिएको एउटा जीवन छ त्यसलाई मात्र म आफ्नो भन्न सक्छु नत्र त आफ्नै कुनै देश छैन मौलिक भेष छैन दुनियाँले फराकिलो देखेको बिश्वको कुनै पनि कुनामा आफ्नै स्थान छैन मेरा लागि त यो बिश्व साँघुरिदैं छ झनैझनै खुम्चिदैंछ खुम्चिएको सडकका छेऊछाऊ बेश्यालयका गन्हाउने बिछ्यौनामा मेरो सपना भने खुम्चन सक्दैन त्यो त फैलिदैं जान्छ मलाई बेश्यालयको गहिराइमा डुबाएर अचेल, यो सडकछापे जीवन पहिचान खोज्छ आफ्नै भन्ने राष्ट्र खोज्छ परिचय खोज्छ मान्छे हुनुको पोखिनु र पोखाउनु भन्दा माथि उठेर एउटा जीवन सोच्छ मान्छे जस्तै भएर पनि मान्छे नभएका ्आम मान्छेको जीवन सुदृढीका लागि सोच्छ पुरै पुरै मात पोखिएर यौवन पोखिएर रोपिएको ए जीवन! बेश्यालयका अमिला बिछ्यौनामा यो भन्दा बढी पोखिन चाहन्न आऊ मलाई उदार गर 6. "मेरी छोरीलाइ-एक पाठ" छोरी तिमी, युगोस्लाभियाको एक गरीब मजेरीबाट उठेर, बिश्वमानबताको सेवामा लागिपरीरहने- दुखाई र पीडाहरुमा मलम पट्टी गर्दै; साराका मनभित्र कालान्तर बाँचीरहने मदर टेरेजा हौ। तिमी, बन्दूक र बारूदमा जन्मिएकाहरुलाइ- कलमका टुप्पाहरुले घोच्दै/ब्युंताउँदै मानबअधिकारको अमूल्य पाठ पढाउन सक्षम "अनुराधा कोइराला" हौ नेपालकी । तिमी, घर भित्रैको एउटा कालो कोठरीबाट प्रजातंत्रको शंखनाद गर्दै बिश्वशान्तिको संदेश सुनाउने आँग़साँग सुकी हौ म्यान्मारकी। तिमी चावला हौ/राईस हौ पासांग ल्हामो हौ/अलब्राईट हौ। देश र जनताका खुसीका लागी छातीमा बम पटकाउन सकने साहस, त्याग र तपस्यकी प्रतिमूर्ति बेनेजीर हौ। त्यसैले, मेरी प्यारी छोरी!, तिमी, त्यों पाक्घरको सानो छिडीबाट बाहिर निस्कनु पर्छ, घाँस दाउराका डोकाहरु मात्र होइन अब ज्ञान, बुद्धि र बिबेक पोकाहरु बोक्नु पर्छ। किन भने तिमी, दोष, आरोप र अभियोगकी पात्र होइनौ अब बच्चा जन्माउने मशीन मात्र होइनौ अब तिमी परिवर्तनको नायिका हौ, तिमी बिकास र सभ्यताको जादूगर हौ। 7. ए नारी! तिमी साँच्चै कम्जोर हौ र ! आधा धर्ति उठाएकी सृश्तिको ठूलो बोझ बोकेकी | ए नारी! तिमी साँच्चै कम्जोर हौ र ! घरलाई स्वर्गमा रुपान्तरण गरेकी जुन मृत्यु पर्यन्त मात्र पाइन्छ | कडा र खस्राहरुलाई नरम र मुलायम बनाएकी | ए ! नारी तिमी साँच्चै कम्जोर हौ र ! ठूलो आरोप छ त तिमी माथि आफैले गर्दा तिमी पछी पर्यो रे महिलाको खुट्टा, महिलाले नै काट्छेउ रे कर्तब्य पूरा गर्न छाडी अधिकार मात्रै मागछेउ रे यहि नपाएर तिमी रन भुल्लमा छौ रे ! ए ! नारी यहि सत्यता हो र तिमी कम्जोर भएकी हौ ? बाहिर रक्सीको बिरोध गर्दै भित्र रक्सि पारेर बेच्छेउ रे घरेलु हिंसा हटाउन भनि समुह समिति र संस्था खोल्छेउ रे | सासु बुहारी देउरानी जेठानी धावा बोल्छौ रे | घरलाई टुक्रा टुक्रा बनाउछेउ रे ए नारी ! यहि सत्यता बोकेर तिमी पछी परेकी हौ र ! प्राय पुरुषहरु भन्ने गर्छन घरमा आउँदा महिला संधै हाँसिदिनु पर्छ पाउना आए भने पनि रमाई दिनु पर्छ सर सफाई र मुखमा कान्ति छरी दिनु पर्छ | पर स्त्री संग देखे पनि लुकाई दिनु पर्छ ए नारी तिमी यहि गर्दिनौ र पछी परेकी हौ र ? कि तिमी रातमा पनि जागेकी छौ ! बैसालु पुरुषको मनोरंजन तिर | बरषौटे बच्चाको रखबारी तिर | बिहान सुत्न पाउदिनौ ? कच् कचे सासुको खबरदारी देखेर | आशु पुछेर निल्छेउ आफ्नो दुखलाई | शाखा सन्तानलाई उकेल्छन कस्ताकी छोरी भनेर | सहन सक्दिनौ कत्ति पनि अनि निस्किन्छेउ रन चण्डी बनेर | ए! नारी तिमि यहि ब्यबहारमा फसेर कमजोर भएकी हौ ? आज तिमीले यो न्यायालयको कठघरामा उभिएर सत्य बोल्नु पर्छ | तिमि बलियो छौ कि निर्धो छौ ? तिमि सक्षम छौ कि असक्षम छौ ? तिमि बिना यो संसार सम्भब छ कि छैन ? तिमि बिना कुनै पनि घरमा मन्दिर बल्छ कि बल्दैन ? के तिमीलाई अबसरको जन्जीरले समातेको छ कि ! होइन भने किन बहन्छ यो शसक्तिकरणको धारा ? विकास बनेर, अधिकार बनेर आपसमा झगडा बनेर उत्तर खोज्नु छ | ए नारी तिमि साँच्चै कमजोर हौ र !   8. सन्दर्भ :महिला शसक्तिकरण भेगनीदेवीको पत्र मेरो माटो ,मेरोदेश ,मेरोधर्ती मा , महिला हक ,महिला मुक्ति महिला सशक्तिकरण र अधिकार को आबाज उठिरहदा , निर्ब्रस्त्र , जिउदै अग्निभास्म गराई , परित्यक्त गरिएकी भेगनिदेवी को नमस्कार अनि सलाम ! गरिवी ,उत्पीडन र सामाजिक भेदभाब को चपेटामा चेपिदै चेपिदै , जिबन को सात दसक सम्म को, कठोर यात्रा मा आइपुग्दा , बोक्सीको आरोपमा क्रुर ढंग बाट , जिउदै जलाउदै जलाउदै , बिदा गर्ने मेरो समाजलाइ म के भनु...? म देखि रहेछु .. कैयेन नारीहरु आफ्नै घर भित्र आपमानित जिबन जिई रहेका छन् घरका कैयेन दलान हरु , मेरी चेली हरुको रगत ले रंग्गीयेका छन् घर भित्रै ,आत्याचारी हात हरुले , धेरै नारीका कपाल लुचेका छन् ! बेईजिगं घोषणापत्र पदिरहादा , अन्तरास्ट्रिय महिला दिबस मनाइरहदा , मेरा कैयेउ दिदीबहिनी हरुको अस्मिता लुटिएको छ ! हे भगवान .... लक्ष्मी ,पार्वती ,महाकाली सर्स्वोती ले सम्रक्षित् , भूमिभित्र, लाखौ अबोध नानीहरु , गर्भभित्रैबाट बेपत्ता पारिएको छ शिक्षाको अधिकार बाट बन्चित, कैयेन महिलाहरु , थाहै नपाइ सिमापारी पुर्याइएको छ ! तेसैले त .. मेरो देश थरथरकाम्दै , दुखित मुद्रामा निहुरिएको छ! तसर्थ.. हे दिदि बहिनी हो ... जाग..., महिला हक र मुक्तिका लागि , परम्परागत नाममा भएका विभेदकारी , असमान सान्गला हरु चुदाल्दै, घर घर बाट , गाउ बस्तीबाट . हूलका हूल हुदै.. मलाइ जिउदै जलाइएको मशाल लिएर उठ! गीता र सुगुन्धिया लाई मार्दा चलाएको हतियार लिएर उठ! तिम्रै, समाज भित्र अस्मिता लुटिएका , निर्दोस दिदीबहिनी हरुको इज्जेत लिएर दौड किनकि ...?! हामी आफैले आधिआकास ढाकेका छौ , बाकी आधिलाई पनि , हामीलेनै जन्माएका हौ . यहाँ जन्मिएकाले जन्माउने माथि राज्गरेको छ , तेसैले ... आफ्नो अस्तितो जोगाउन उठ ! अनि ,त्योदिन मेरो आत्मा शान्त हुनेछ .. जुनदिन , हाम्रा गुमेका अधिकार फिर्ता हुनेछन , अन्याय अत्याचार र विभेदका सान्गला चुदलिने छन् तेतीखेर यो भगेनी आझखुसि हुनिछे .., जतिखेर .. मानबता बिरोधि काएर हात हरु, कहिल्येई महिला माथि न उठून ! अस्तु !! 9. बिश्वासको भरमा बसे रहरहरु बोकी, आमाको सुन्दर अनुहार हेर्नलाई ! तर चालै नपाई बेईमानिले कुरुप बनाईसकेछ मेरी आमाको अनुहारलाई !! तर्सिरहेकोछिंन मेरी आमा, आफ्नो कुरूप अनुहार देखेर शक्ति बिहिन रुपमा ! फेरी पनि तम्सिदै छन ती स्वार्थि पापीहरु, मेरी आमालाई अपंगा अझ बनाउँन !! हेर्नु पर्यो जन्म दिने आमाको यो हालत सन्तान निर्दयी भए पछि ! माया, दया र प्रेम भन्दा शक्ति र अहंकारलाई संस्कार बनाए पछि !! अहिम्साको प्रतिकको जन्मभूमिमा निर्दोष प्राणीको बलि चढाएर ! पाईदैन खोजेर दया र प्रेम त्यो हृदयमा सिर्फ आफ्नो स्वार्थमा डुबेर !! हेरेर आफ्नै अहंकारी सन्तानको कुकर्म, रोईरहेछिन् मेरी आमा विश्वको सामुमा ! तर अब रुनु पर्दैन मेरी आमा, सच्चा तिम्रा सपूतहरु आउनेछन तिमीलाई हँसाउन !! त्यागेर घमन्ड र अहंकार अपनाउ है बाटो अहिंसा, प्रेम र शान्तीको ! सच्चा सपुत त्यहिँ नै हुनेछ जसले गर्न सक्दछ संरक्षण मेरी आमाको !! 10. देशको माया लेख्दा जिर्ण अस्तिव्व बोकेर मेरो राष्ट्र कुदीरहेको छ । फैलिएको लु देखी फैलिएको सिरेटो सम्म मेरो राष्ट्र बाँचेको छ । क्षितिजमा नियालेर, म देश खोज्छु । कतै मेरो देश सुस्ताएको छ की ? ...सुन्नुहोस् ! मेरो देशले गाएको गित म उसका शब्दहरु पछ्याएर, संगीत कोर्छु । म उसका सपनाहरु खुट्याएर, बिपना लेख्छु । हरियो गह्राहरुमा बसिर्एको गित म अँचेलामा बसेर सुन्छु । हिमालको काखमा पोखिएको पिरती म दोचाको न्यानोमा खोज्न थाल्छु । हृदयले बुझ्नुस् मेरो देशले बजाएको गित बम/बारुद को बेला बजाउने सुर आज, ईन्द्रेणीको आभा लाई समाएर मेरो अन्तर आँगनमा नाचेको कस्तो सुहाएको ! मेरो राष्ट्र हाँसेको । कुची समाएर जब जब देशको नाता कोर्छु । राष्ट्रले मेरो कामना गर्छ मेरो पाईतालाहरु नरोकीउन् । मरो मुस्कानहरु नछोपिउन् । यही मेरो माटोको महानता हो । त्यसैलेत, ..प्रायस देशको माया लेख्दा आमाको नाता मिसाई दिन्छु । 11. " मातृभूमी " कबिता बिचल्लीमा छ आज मेरो देशको हालत हेर्न सकिन,, विवसता कस्तो यो मातृ भूमीको मुहार फेर्न सकिन ,, त्यो निस्सासिँदो चीर कालो अन्धकार चिर्न सकिन,, तिम्रै भो देशको जिम्मा नेता भनि त्यसै फिर्न सकिन,, प्रतिक्षामा सुधारको बसे संधै तर अत्याचार भिर्न सकिन,, रोइ रहेछिन मातृ-भूमी मैले त्यो आँशुको मोल तिर्न सकिन,, शक्तिमाथि शक्ति, त्यहि शक्तिको गर्छन भक्ति चिन्न सकिन,, लाचार छु म पिल्सिएर मेरो अधिकार यो लेउ भनि छिन्न सकिन,, तिमीले जस्तो महँगो विलासिता अभाव सँग मैले कतै साट्न सकिन ,, गरीबको आँशु पुस्ने बहानामा चाहना माथि तान्डव गरि ढाट्न सकिन,, स्वाभिमान बेची आफ्नै तिमीले जस्तो बेसहाराको बेसा खान सकिन,, जनताको खुशीमा ढुसी पारि च्याउको चटनी जिब्रोमा कतै चेप्न सकिन,, कति गरौ बिलौन विस्मातको बिस्कुनसरि कति सुके फेरी गर्न सकिन,, रोदन, क्रन्दन रैतीका मिठा भजनसरि भो तिमीलाई म अब हेर्न सकिन ,, जागौं हामी सबै चेतनाको ज्योति बालि ज्यादतिको ज्यत्रो जरै देखि फाल्नुछ,, अधिकार लिई अफ्नो ती अभिस्टताको पराकाष्टलाई हराई यहाँ हामीले ढाल्नुछ,, 12. सम्बन्धको खोजी कस्तो विडम्बना? म यहा“, अछुत १ तर, म अछुत भएर के भो, मैले सिलाएका कपडा, शरिरमा पहिरिएर, तिमी छुत छौं । मैले गाग्रो अनि करुवा बनाउछु, तिमीले त्यसैमा पानी पिएकै छौं, तर तिमी अछुत भएनौं, म भगवानको मूर्ति कुद्ने गर्छु, तिम्रो मन्दिरमा, मूर्तिलाई ढोका बन्द भएन, मैले बनाएका, गरगहना, तिमीले नाक, कानमा झुण्डाएकै छौ, तिम्रो घरको दैलोमा, तिमीलाई खै कसैले छेकेको छैन त? तिनलाई पनि त, मेरै परिश्रम, अनि मेरै हातले कुदेको हो, कस्तो अचम्म, मेरो बुद्धि, परिश्रम, तिम्रो दैलोले कहिले पनि रोकेन, तर, मेरो भौतिक शरिरलाई...... घृणा, तिरस्कार, अपहेलना, बन्देजीकरण गरिरह्यौ, के म तिमीलाई परिवर्तनगामी भनौं? वा, हिन्दु अतिवादी, वा, तिमीलाई छुवाछूत विरुद्धको, आन्दोलनमा प्रतिगामी, खैं, तिमीलाई कुन शब्दले पुकारांै, शब्द भेटेको छैन्, तिमीलाई कसरी भनू, २१ आंै शताब्दीको क्रान्तिकारी मानव, मानव मानव बिचमै, भिन्नता देखाउछौं, त्यसैले, म खोज्दै छु, तिम्रो अनि मेरो सम्बन्ध । 13. नेपाल गाथा : सन्तान हामी, विश्वमा नामी, जननी नेपाल । गौरव गर्छौँ, खाँचोमा मर्छौँ, हे आमा नेपाल ।। जन्मेर बेसै, प्यारो हो देशै, ती वैरी डसौँला । नल्याउँ आँच, गरेर बाचा, कम्मर कसौँला ।। पहिले हाम्रा, वीर थे राम्रा, अझै त हार्दैैैनौँ । परेको खण्ड, नेपाली झण्डा, लिएर छोड्दैनौँ ।। सीताकी सत्य, पासाङ्गे सौर्य, हाम्रा यी गौरव । नेपाली हुनु, बन्धुत्व छुनु, नहुनु कौरव ।। हाम्रो यो लक्ष्य, धर्तीको कक्ष, नेपाल फुलाऊँ । ती दाजुभाइ, नेपालीलाई, स्वर्गमा डुलाऊँ ।। पहाड फोर्ने, सौभाग्य कोर्ने, जोशिलोे छालमा । हत्केला हाम्रा, नलाई काम्रा, विजुली चालमा ।। ढुङ्गाको चर, माटोको भर, छैनौँ कोही कम । समुद्र तैरी, भाग्दछन् वैरी, हामी अणु बम ।। नेपाली जन, सदै समान, को तल को माथि । बाँच बचाऔँ, हाँस हसाऔँ, गोर्खाली हे साथी ।। 14. गजल आफ्नो मुटुभन्दा पनि प्यारो लाग्छ सगरमाथा, झनै प्यारो पूर्खाको त्यो बीरताको गाथा । नेपाल आमा रुन दिन्न छुँ नि बीर छोरो, परे आफ्नो ज्यानै दिने गरेको छुँ बाचा । नेपाली हो भनी मलाई नचिनेको कसले छ र, विश्वसँग लाएको छु बीरताको नाता । देशलाई पर्दा म त सवै स्वार्थ त्यागी हिँड्छु, यही धर्तीको माटो मेरो निधारको टिका । जुँटौ सारा नेपाली हो १ देश विकास गर्न, सुन्दर नेपाल फूलवारी सवैको हो साझा । 15. गजल- धेरै पछि आगो आज भर्भरायो अँगेनीमा । उभिन्छ कि मेरो मदन, 'मुना ऽऽ' भन्दै बलेसीमा ऊ आउँदा खरानी भै नबिलाओस् देह कतै सम्झना यो राँको बनि सल्किँदैछ कलेजीमा । निभाएर गएको छ ज्योती दिलको साँझै मात्र मेरो यौटै चाह छ ऊ हिँड्न सकोस् अँधेरीमा । सारा सुख श्री-सम्पती लैजा बरु ओ समय ! एकैबार म लपेटिउँ मेरो जूनको उजेलीमा ।   16. कविता: फालेलुङ ढलेन बर्लिनको पर्खाल जस्तो न ढल्यो ट्विइन्स टावर जस्तै भत्काउन सकेनन् एलिनका तोपहरुले फालेलुङ जो सदियौँदेखि अमर छ । पहाड भएर पहरा जस्तै । जहाँबाट देखिन्छ मेरो घर जसलाई नाँघेर कुल्चन सकेनन् अंग्रेजले मेरा निमुखा बस्तिहरु याक्थुम्बा माईला उर्फ जोन लिम्बू न्यूयोर्कबाट फोनमा भन्थे यहाँ त कङ्कृटका जंगलले झुल्कीएको घाम छेल्छ मान्छेले–मान्छे छेल्छ मान्छेहरुकै भिडमा एक्लो भइन्छ । पैसा र प्रेम एउटै तराजुमा जोखिन्छ । सम्झिन्छु कति अमर थिए याङ्रुपे माईला र तमोरखोले कान्छिहरुले नुनका ढाकरसंगै साटेका प्रेम कथाहरु लालिगुराँस, चिमल केन्जो र सुनाखरीहरु फुल्ने यो इन्द्रेणी भूमि सम्झिए बेबीलोनबाट पप्पीले भन्छ । त्यहिको मूलपानी खाएका योद्धाको छातीबाट बगेको तागतीलो रगतबाट जन्मिएको हँु । मलाई रम्न मन छ तीनै पखेरीहरुमा अफसोच यीनै मरुभुमिमा युग साटीरहेछु । यहिबाट शुरु भए कोलम्बस पाईतालाहरु बहे हिपोक्राइट सञ्जिबनी हावा हेवासंगै सुसाईरहेछन् सिन्धु सभ्याताहरु त..रै पनि किन धुमिलाईन्छ ? मेरा सिमान्त आकाशहरु फालेलुङ– भारतको सिक्किम राज्य, वेस्टबंगाल र नेपालको सुदुरपूर्वी पाँचथर जिल्लाको संगम स्थल, पूर्वी नेपाल भारत नाका÷ जहाँसम्म अंग्रेज यूद्ध ताका अंग्रेजहरु आईपुगेका थिए । एउटा पहाड ।   17. कविताः जात मानिसको जात त साथी छाला माथि–माथि पो कुद्दो रहेछ नेप्टे, चेप्टे, चुच्चे, झुसे, आँख्ले, चिम्से डल्ले लाम्चे मुखाकृतिमा देखिँदो रहेछ यो हरामी जात खालि शरीरको बाहिर–बाहिर मात्र घुम्दो रहेछ छालाभित्रको नसामा बग्ने रगतसँग यो जात पर–पर भाग्दो रहेछ मासुभित्र फैली बग्ने रगतसँग त यो लाछी जात पुग्नै नसक्दो रहेछ अनि कसरी पुग्न सक्थ्यो र छालाभित्रको अस्थिसम्म ? अस्थिले सुरक्षित गरेको मुटुसम्म मुटुभित्रको धड्कनसम्म धड्कनमा रहेको मानवियतासम्म मानवियतामा लुकेको राष्ट्रियतासम्म सूक्ष्मरूपमा विद्यमान आत्मभावसम्म तर साथी, तिम्रो र मेरो रगत मिसिएपछि छुट्टिन नसक्दो रहेछ खास गरी त रगतको कुनै जातै पो नहुने रहेछ तिम्रो ज्यानमा मेरो रगत मेरो ज्यानमा तिम्रो रगत मजाले मिली एक बन्दो रहेछ अनि भन्दो रहेछ खुसुक्क मुटुको माझमा बसी उस्तै धड्कनको एक गति बनी मान्छे नामको एक जात सबै रङ्गको छालाभित्र एकै रङ्गको राता–रातो खाली रातो रगत हो रातो रङ्गको रगत जहाँ जातको कुनै बर्गीकरण छैन त्यहाँ खाली जीवन छ, प्रकृति छ, समानता छ, एक छ केवल एकता छ ।। खै कहाँ छ जात ? खै कहाँ छ जात ? एक रोम मात्र पनि भित्र जाउ अनि भन खै कहाँ छ जात ? 18. ¨जीवन¨ बलेको जीवन ज्योति यो तेल सकियो दियोको ---------------- चाँदनी शाहद्वारा रचित यो गीत म प्राय सुन्ने गर्छु , आज पनि सुन्न मन लाग्यो। किन भने आज मेरो श्रीमानको पुण्यतिथी आज भन्दा बाईस वर्ष अघिका मेरा अतितहरु ,प्रेम विवाह ,कलाकार स्वास्नी बिहे गरेकोमा उसको बुवाद्वारा घरबाट निस्कासन ,त्यसपछि जीवनका संघर्षहरु त्यसमाथि नानीहरुको जन्म। सांचै भन्ने हो भन्ने हो भने हातमुख जोड्न नै गाह्रो थियो। नानीहरु विद्यालय जान थालेपछि मैले पनि एउटा निजी विद्यालयमा अध्यापन थालें। कलाकार भएको त्यति बेला काम लाग्यो ,अध्यापन साथसाथै नृत्यपनि सिकाउन थालें।जीवन अलिकती सहज भो। समय यसरी नै दुखसुख तर प्रेममय भएर बित्दै थियो । पितृसतात्मक देशमा एउटा पुरुष पिताले घरबाट निकालेपनि श्रीमानको मायाँमा संसार भुल्न सक्ने तागत थियो। तर जीवन सजिलो कहाँ छ र ! एक दिन अचानक श्रीमान बिरामी पर्नु भयो ,डाक्टर देखाउदा थाहा भयो रोग निकै बल्झिसकेछ। फोक्सोको क्यान्सरले अन्तिम रुप लिई सकेछ। मध्यमबर्गीय परिवारको बिडम्बना ,समयमा सानोतिनो रोगलाई पैसाको अभावले भनुँ वा समय मा वास्ता नगर्नाले झन् ठुलो रुप लिने रहेछ । डाक्टरको खर्च,दुई नानीहरुको पढाई खर्च घर चलाउने समस्या अन्तागोतात्व मैले बिदेसिने निधो गरें। आफ्नो श्रम र सिप बिदेशमा खर्चिनु हाम्रो मान्यता त थिएन तर पनि बिबशता र नानीहरुको भविष्यको लागी हामीले आफ्नो मूल्य र मान्यतालाई थाती राख्यौ।मनलाई ढुंगा बनाएर बिरामी श्रीमान र कलिला नानीहरुलाई छोडेर म बिदेसिएं ।बिदेसिएको चार महिना पनि न बित्दै संसारमा सबैभन्दा बढी मायाँ गर्ने श्रीमानले सधैँको लागी बिदा लियो। आज म बिदेशमा छु सबै थोक छ तर उ र उसको मायाँ छैन मसंग। एक्लो नारीलाई बिदेशमा पनि हेपिएकै छ ,विदेशमा बसेर आधुनिकताको जतिनै जामा लगाएपनि मानसिक संकीर्णता मरेको छैन नेपालीहरुमा । 19. नारी सृृष्टीकी रूप नारी सन्तानकी ममता वयावृृद्धलाई आदर गर्छिन् छर्छिन् सबैमा समता ितमी लक्ष्मी हौ गृहकी ितमी रक्षा रक्षाकी महाकाली हौ नारी ितमी सृष्टीकी रूप एउटै भए िन भोगाई फरक देख्न पाउंछौ खोटाङ, बजाङ बाजुरा गए िन उता बजाङमा चिनो धान फलाउने नारी सगरमाथा चढेर िशर ठडाउने पनि नारी प्रतिभा पटेल, बेनेिजर भुट्टोपनि नारी जहाँ जे परेपनि डटेर अघि सर्ने नारी नारी ितम्रै हातमा छ पौरखीको पौरख ितम्रै िबवेकमा छ िबवेकीको िबवेक कतै ितम्रै चितकारमा धर्ती फाटेको छ सब आउ नारी एकजुट भई आटौं हामी आंटे विश्व आट्ने छ अब तिमी जुटे जुट्छ अब एक एक मुटुपनि आउ नारी उठौं जागौं जाग्ने माग छ विश्वकैपनि शिक्षित बनौं नारी चेतनाकी मुर्तीपनि ितम्रै पाखुरीको न्यानो बललाई विश्वको खांचो भनी आउ नारी उठौं जाग्नु पर्छ िवश्वकैलागि पनि

twz · Sep 4, 2012 9:27 PM · 10,811 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all