अनुपस्थितिको कारण !! टिक-टिकेको गीत सुन्न नर्काटहरु लाम्बद्द वारमा बेरिएको बखत सिस्नो घारीबाट अत्तरको वासना , बारीका डल्लाहरू हुँदै सल्लाका रुखबाट चुहिंन्थे ! केरौ बारी ..मोहोर पैसा ..गुचाका ह्वाक्रयांङहरु कोर्दा... मिनपचासको जाडो फुटेको गाला ... गलेको आँखा ... अगेनाको खरानीसंगै डुकुको झोलमा .... गुन्द्रीको ओछ्यान.... घामको सिरानी हालेर सुत्थे ! सिमलको भुवा भन्थे... धानको बाला र माटोको छाला .... समुन्द्रको नुनिलो पानीमा घुल्दै जाँदा .. कुन्युको रापले पोलेको मकैको ढोंडले घोचेको गुइंठाको माधकता... बिच्किएको पनि देखियो ... र सायद त्यसैले ... तिलको छोप, दुधको कुराउने... भुसको धुँवाले बोकेर ल्याउँदा .... कहिले काहीं म मुकुट लगाई मसाल बोकेकी आइमाई सँग कारण सोध्छु ... मेरो "म"को अनुपस्थितिको कारण ... आफ्नो माटोबाट ...!!
jhaukiri · Sep 3, 2012 11:46 PM · 7,300 views
" ......... केरौ बारी ..मोहोर पैसा ..गुचाका ह्वाक्रयांङहरु कोर्दा... मिनपचासको जाडो फुटेको गाला ... गलेको आँखा ... अगेनाको खरानीसंगै डुकुको झोलमा .... गुन्द्रीको ओछ्यान.... घामको सिरानी हालेर सुत्थे ! .............." कस्तो मेरो बच्चा बेला बयान गर्य जस्तै लाग्यो.... दामी लाग्यो
ThahaChaena · Sep 4, 2012 12:00 PM
भनेपछि साथीको पनि मेरो जस्तै गरि बितेको रहेछ बालापन ...
jhaukiri · Sep 4, 2012 9:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion