http://www.aunepal.com ऋषि आचार्य, सिड्नी । सिड्नीको पर्यटकीय स्थल डार्लिङ हावर्डमा आयोजित नेपाल फेष्टीभल करिव ३० हजार नेपालीले अवलोकन गरेका छन् । अस्ट्रेलियामा नेपालको कला संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्न आयोजित यो मेला झण्डै १० घण्टासम्म चलेको थियो । महोत्सव स्थल वरपर नेपालको झण्डा फहराईएको थियो भने दौरा सुरुवाल र सारी चोलोमा सजिएर सयौँ नेपाली भेला भएका थिए । मञ्चमा नेपाली गीतमा नाच चलिरहादा चौरमा बसेर नेपाली परिकार खाँदै रमाउनेहरु थुप्रै थिए । नेपालबाट आएका मुक्ति एण्ड रिभाईभल ब्याण्का कलाकारहरुको कन्सर्टले महोत्सवलाई तताएको थियो । महोत्सवमा झण्डै चार दर्जन भन्दा बढी लोक नृत्यहरु, गीति नाटकसहित बहुसाँस्कृतिक नेपाल झल्कने भेषभुषा देखाईएको थियो । नेपालीसागै स्थानिय अष्ट्रेलियन समुदायको पनि महोत्सवमा बाक्लो उपस्थिति थियो । झण्ड्रै डेढ घण्टा चलेको औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै न्यु साउथ वेल्सका विपक्षि नेता जोन रोवर्टसनले नेपाली समुदाय अष्ट्रेलियाम फैलदै गएको कुरालाई आजको भेलाले पुष्टी गरेको बताए । नेपालको साँस्कृतिक एकताको उनले प्रसंसा गरेका थिए । कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्मा, उद्योग मन्त्री अनिलकुमार झा, एमाले नेता भिम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, एनआरएन अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो एनआरएन आष्ट्रेलियाका अध्यक्ष गणेश केसी लगायतले सम्वोधन गरेका थिए । सन् २००८ बाट एन आर एन अष्ट्रेलियाले शुरु भएको नेपाल फेष्टिभल प्रत्येका दुई दुई वर्षमा हुने गरेको छ । http://www.aunepal.com Last edited: 02-Sep-12 12:10 PM
Nepali Nagarik · Sep 2, 2012 12:07 PM · 8,235 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion