अष्ट्रेलिया सरकारको मन्त्रिस्तरीय सल्लाहकारमा नेपाली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.aunepal.com ३१ अगष्ट, सिड्नी । अष्ट्रेलियाको आप्रवास तथा बहुसाँस्कृतिक मन्त्रालयको सल्लाहकारमा नेपाली समुदायका महेन्द्र लम्साल मनोनित भएका छन् । सिड्नीमा सुरु एनआरएनको सातौँ क्षेत्रिय सम्मेलनलाई सम्वोधन गर्दै संघिय आप्रवास सम्वन्धि मन्त्री क्रिस बावेनले उक्त जानकरी दिएका थिए । यहाँको संघिय सरकार अन्तर्गतका यी दुई मन्त्रालयका मन्त्रीहरुलाई नेपाली प्रतिनिधि लम्सालले आप्रवास तथा बहुसंस्कृतिबारे नीति बनाउन सल्लाह र सुझाव दिने बताईएको छ । साथै अष्ट्रेलियाको प्रधानमन्त्रीले पनि समुदायका मुद्दामा नेपाली प्रतिनिधिसँग सल्लाह लिने बताईएको छ । अष्ट्रेलियामा छोटो समयमा नेपाली समुदायले धेरै प्रगति गरेको भन्दै मन्त्री बावेनले दक्षिण एसियाली देशहरु मध्ये नेपालबाट पनि सल्लाहकारमा प्रतिनिधित्व गराईएको बताए । दक्षिण एसियाका अरु देशवाट यो समितिमा प्रतिनिधित्व भएपनि नेपाली समुदायबाट अष्ट्रेलियाको केन्दि्रय तहमा प्रतिनिधित्व भएको यो पहिलोपटक हो । लामो समयदेखि सिड्नीमा बस्दै आएका लम्साल ट्राभल तथा संचार ब्यवसायमा सक्रिय छन ।

Nepali Nagarik · Aug 31, 2012 8:32 AM · 9,004 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all