मृत्यु-बिक्रीमा-छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  रमाइलो लाग्यो फुर्सदमा पढ्नुस  http://arlsuraj.com/%E0%A4%AE%... रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार (?) ओच्छ्यान संगैको झ्यालको पर्दा खोलें बाहिर हेरें बाटोमा हिंडिरहेका सवारीहरुको बत्तिको उज्यालो आइपुग्छ कोठासम्म, चारैतिर उज्यालो भरिन्छ- झलमल्ल, डर लाग्छ आफैंसंग त्यो उज्यालोमा, आफ्नै छायाँसंग तर्सेको जस्तो हुन्छु, मुटु ढुक्क फुल्छ तर किन??? को संग डराईरहेको छु म? के ले तर्साइ रहेछ मलाइ? किन डर लाग्दैछ उज्यालोसंग? बेहोस जस्तै भएको छु म हिजोआज, दिमाग कुनै पनि कुरामा एकत्रित गराउन सकेको छैन, मनमा नानाथरिका कुराहरु खेलिरहन्छन- सबै नकारात्मक मात्र | सोच्छु के म नकारात्मक सोचको सिकार भैरहेको त छैन? सपना हरु पनि त्यस्तै त्यस्तै देख्न थालेको छु, कहिले आफ्नै मृत्युको उत्सब मनाइरहेको हुन्छु त कहिले आफ्नै नजिकका मान्छेहरुको, हरेक सपनाहरु केहि न केहि अर्थ राख्ने खालका देखेको छु हिजो आज, तर के अर्थ राख्छन आफैलाई थाहा छैन? कुनै ठुलो दुर्घटना अगाडिको शुन्यताको भान हुदैछ मलाइ, डर लागि रहेछ भित्र भित्र, आफैदेखि, आफ्नै परिवारदेखि अनि नजिकका साथीभाई र अफिसका स्टाफहरु सबै देखि डर मात्र लाग्न थालेको छ, कसैलाई बिश्वास गर्न सकिरहेको छैन, साथीभाई हरुका सल्लाहहरुमा ठुलै षड्यन्त्रको आभास हुँदैछ, दाजुभाई-इष्टमित्रको सुझाब पनि नमिठो लाग्दैछ, सबैको माझमा पनि म एक्लै छु जस्तो लागेको छ | फेरी एकपटक चहकिलो उज्यालो पस्छ कोठाभित्र र म फेरी झस्किन्छु त्यो उज्यालो संग, किन यस्तो हुदैछ मलाइ आज भोलि? किन डर लाग्दैछ आफ्नै मान्छेहरुसंग? ओच्छ्यानबाट उठेर नजिकै रहेको पानिको जग बाट अलिकति पानि पिउछु र सिरानीको नजिकै रहेको बत्तिको स्विचनेर हात पुर्याएर स्विच अन गर्छु- बत्ति बल्छ झलमल्ल | धन्न आज लोडशेडिंग रहेनछ यति बेला यसो घडी हेर्छु रातको ११ बजेर ४० मिनेट गएको रहेछ भर्खरै- निदाउने उपक्रमहरू लगभग सबै फेल भएको अवस्थामा मेरो लागि इन्टरनेट एउटा भरपर्दो सहयात्री हुनसक्थ्यो समय कटाउने, त्यसैले छेवैको टेबलमा रहेको ल्यापटप समातेर अन गर्छु र इन्टरनेट कनेक्ट गर्छु, इन्टरनेट कनेक्ट हुनासाथ क्रोम ब्राउजरमा एकैपटक धेरै ट्याब हरु खोलेर “फेसबुक”, “ट्विटर”, “जी-मेल” र आफ्नै ब्लग खोलेर हेर्छु, जी-मेल मा एउटा मेसेज आएको रहेछ “Secret Admirer” को नामबाट जहाँ लेखिएको थियो-   “Sorry for this message, but you compelled me to write something anonymously. Actually I saw you today years later and again your face made me crazy about you. I have nothing to share with you right now. Only I want to let you know that I opened this account only for you and I have a facebook account in same identity. I added you in my friend list. Hope you’ll accept and we’ll have a wonderful talk over there. See you on facebook”   बिना कुनै नाम र परिचय आएको त्यो इ-मेल पढिसकेपछि फेसबुक हेरें, त्यहाँ २ वटा फ्रेन्ड्स रिक्वेस्ट आएका रहेछन | जसमध्ये एउटा त्यहि “Secret Admirer” को नामको थ्यो, एकछिन एक्सेप्ट गरुं कि नगरुं भनेर सोच्दै थिएँ मनले भन्यो – “गर गर नत्र फुत्काउलास सजिलै हात पर्न लागेको चिज” म संग कुरा गर्नको लागि भनौं मेरै लागि भनेर कसैले जी-मेल देखि फेसबुक सम्म सबैतिर छद्म नाममा एकाउन्ट खोल्छ भने पक्कै पनि त्यसको पछाडी कुनै न कुनै राज अवस्य छ भन्ने सोचेर एक्सेप्ट गरें र नोटिफिकेसन हरु हेर्न मात्र थालेको थिएँ च्याटको आवाज सहित ब्राउजरको तलपट्टी रातो बत्ति बल्यो, क्लिक गरें उही रहिछे “Secret Admirer” भन्दै थिइ –   -    “So sweet of you. Thank you!” -    “You are most welcome”  मैले पनि औपचारिकता पुरा गरें, -    “No formalities. Please” उसले भनि, -    “Ok, let’s talk in an informal way then, what’s your good name?” मैले अनौपचारिक कुराकानी गरौँ न त भनेर औपचारिक प्रस्ताब राखें, -    “कति हतार?” उसले भनि, -    “हुदैन त? को हो? के हो? केहि चिन्दै नचिनी के कुरा गर्नु त?” मैले भनें, -    “नडराउनुस, म राम्रो संग चिन्छु तपाइंलाई, त्यसैले कुरा गर्न मन लागेको तपाइंसँग” उसले भनि, -    “साँच्चै, तपाईं त मोटाउनु भएछ त पहिलाको भन्दा” उसले फेरी थपी “मैले हिजो देखें नि तपाइंलाई बाटोमा निकै पछी” मलाइ केहि कुरा सोध्ने अवसर नै नदिइ एकोहोरो उसले लेखिरहि | -    “हो र? बाटोमा रे? कहाँ को बाटोमा?” मैले सोधें, -    “न्युरोड, जर्मन बेकरी क्याफे बाहिर, सायद तपाईं साथीहरुसंग हुनुहुन्थ्यो” उसले भनि -    “ए, हिजो हो है, अँ म साथीहरु संग कफी खान गाको थें” मैले भनें, -    “कफी खान क्याफे मा? अनि त्यो पनि केटा साथीहरु संग? बिचरा !!!” उसले मेरो मनकै कुरा बोलि सायद, कहिले काहीं त मलाइ पनि आफ्नै अवस्था देखेर दिक्दार लाग्थ्यो, जहिले आडपाडको टेबलहरुमा मस्किदै कफिको चुस्की लगाउदै गरिरहेका जोडीहरु हेरेर थुक निल्दै बस्नुको विकल्प थिएन म संग, कल्पना गर्थें कहिले काहीं त आफनै पनि गर्लफ्रेन्ड भएको अनि संगै गएर मस्किदै कफी पिउदै गरेको “सर कफी” वेटरको बोलीले झसङ्ग हुन्थें धेरैजसो, छिनभरमै सबै ग्वार्लाम्म्गुर्लुम्मै हुन्थ्यो र म फेरी बास्तबिकतामा फर्किन्थें, “भाइ एउटा सुर्य” त्यहि झोंकमा अर्को एक खिल्ली चुरोट मगाउथें र रमाउथें त्यसैसँग | -    “केटि साथि त हुनु पनि पर्यो नि संगै कफी खान जाने खालको?” मैले भनें, -    “नभए बनाउनु पर्यो नि त बोस” उसले फेरी पनि जिस्किँदै भनि, -    “बन्ने हो?” जिस्किएँ म पनि, -    “बनाउने हो?” उ पनि के कम, मलाइ झन च्यालेन्ज नै पो गरि, -     – के भन्ने, के नभन्ने सोच्दा सोच्दै मैले स्माइली टाइप गरेर इन्टर थिचें, -    “खोइ त मेरो उत्तर?” उसले फेरी प्रशं गरि, -    “के कुराको उत्तर?” मैले कुरा नबुझे झैँ गरें, -    “Stupid! Still I love you” उसले भनि, -    “Ha ha ha, Good joke” मैले उसको कुरालाई हावामा उडाइदिए, -    “So…, still you are the same, not a single change in your behavior. Anyway liked it. Keep it with you” –उसले मलाइ निकै पहिले देखि चिनेको जस्तै गरि भनि, हुनत उसले मेल गरेर भनिसकेकी थिइ अनि भर्खरै पनि निकै मोटाउनु भएछ पहिला भन्दा भनेर भनेकि थिइ, त्यसैको आधारमा पनि उसले मलाइ पहिला देखि नै चिन्छे भन्ने कुरामा कुनै शंका बाँकी रहेन, त्यसैले मैले भरमग्दुर प्रयास गरें कि उ को हो? मलाइ कसरि र कहिले देखि चिन्छे? भन्ने कुरा पत्ता लगाउन तर अहँ कसै गरे पनि त्यो बारेमा सोध्यो कि उसको एउटै जवाफ हुन्थ्यो, धम्कीपूर्ण – -    “तपाईं नचिनेको मान्छे हरुसंग बोल्नुहुदैन भने ठिक छ मलाइ ब्लक गर्नुस, तर मलाइ थाहा छ तपाईंको बानि राम्रोसंग” उसले धम्कि दिदै अझ थपी -    “चिनेको संग कुरा गर्नुहुँदा कसरि र नचिनेको संग कसरि अनि कतिबेर कुरा गर्नुहुन्छ सबै थाहा छ मलाइ, धेरै गफ नदिनु” मैले केहि भन्न नपाउदै सबै भनिसकि उसले -    “ल ल भयो, तिमि संग कुरा त गरुंला तर दुबैले नचिनेको जस्तो पनि त भएन नि, मैले पो चिन्दिन त तिमीलाई, तिमीले त चिन्छौ भो मलाइ, अनि कसरि कुरा गर्नु त तिमीसंग? चिनेको मान्छे संग जसरि कुरा गरु भने चिनेको छैन अनि नचिनेको मान्छे संग जस्तो कुरा गरु भने दुवै एक-अर्कासंग अपरिचित छैनौं, सम्बोधनको लागि पनि त नामको जरुरत हुन्छ, नाम त भन” मैले भनें, -    “म एउटा नाउँ दिन्छु तपाइंलाई म संग कुरा गर्न, तपाइंले मलाइ त्यहि नामले सम्बोधन गर्नुस तर त्यो मेरो बास्तबिक नाउँ होइन” उसले भनि, -    “किन त्यस्तो? बास्तबिक नाम भने के नै पो जान्छ र?” मैले भनें, -    “भन्छु कुनै दिन, तर तपाईं मेरो बास्तबिक नाम थाहा पाएपछि पनि म संग बोल्न छोड्नुहुन्न भन्ने कुराको ग्यारेन्टी भएपछी मात्र” -    “ल ग्यारेन्टी भो” मैले भनें, -    “तपाइंले ग्यारेन्टी गरेर हुदैन” उसले भनि, -    “म बोल्ने कुराको ग्यारेन्टी मैले गरेर हुदैन रे? कसले गर्नु पर्छ त? नेपालि कागजमा लेखेर ल्याप्चे ठोकेर दिनुपर्ने हो?” म जिस्किएँ, -    “मलाइ तपाईंको कुराको बिश्वास लाग्दैन, तपाईकै कारणले धेरै दुख पाइसकेकी छु मैले” उसले भनि, म अवाक भएँ ! उसका शब्दहरुमा बिश्वास गरुं कि नगरुं? आफ्नो परिचय गोप्य राखेर म संग कुरा गर्ने मन छ उसलाई, अनि फेरी मेरै कुराको बिश्वास लाग्दैन रे? मैले कुनै निचोड नै निकाल्न सकिन उसले भनेका कुराको तैपनि को रहेछ पत्ता लगाई छोड्छु भन्ने अठोट लिएर कुरा गर्न थालें | -    “मलाइ एउटा कुरा भन है त नाम नभन्ने भए” मैले प्रश्न गरें, -    “के कुरा?” -    “तिम्रो घर कहाँ हो?” -    “किन?” -    “हरे प्रभु ! हरेक कुराको उत्तर चाहिने तिमीलाई अनि मैले सोधेको कुराको उत्तर केहि पनि नदिने?” म रिसाएजस्तो गरें, -    “रिसाको हो हाँडी?” उसले भनि “हाँडी?” म झन्डै झस्कें यो शब्दले, यो त्यस्तो शब्द थियो जो मैले मेरा अति नजिकका साथीभाई हरुसंग मात्र प्रयोग गर्ने गर्थें, अब भने मलाइ पक्का भो कि यो केटि संग मैले भेटेको छु, कुरा गरेको छु अनि नजिकको सम्बन्ध स्थापित भैसकेको छ हामीबीच, किनभने यो शब्द मैले तिनीहरुसंग मात्र प्रयोग गर्थें, जो संग म अत्यन्तै नजिक थिएँ, जसलाई म मायाँ गर्थें वा जसलाई म मन पराउँथे र जिस्काउँथें त्यहि नामले उनीहरुसंग नजिक हुन, उ जो भए पनि एउटा कुरा भने पक्का भयो कि उसले मलाइ जति नजिक बाट चिन्छे त्यति नै नजिक बाट मैले पनि चिनेको छु उसलाई, -    “तिमीले आफ्नो नाम भन्ने कि नभन्ने?” मैले फेरी उही कुरा दोहोर्याएँ, -    “भनें त एउटा नाम दिन्छु हजुरलाई मलाइ सम्बोधन गर्न, मेरो बास्तबिक नाम पछी कुनै दिन भनुँला” उसले भनि त त्यो दिन” -    “ठिक छ ल तर छिटै आउनु पर्छा है त त्यो दिन?” मैले उसको प्रस्ताब स्वीकार गरें, -    “You can call me Sagarika” उसले भनि, -    “सागरिका ?” आइ मिन लास्ट नेम?” मैले उसको बास्तबिकता को नजिक पुग्ने उदेश्यले उसको थर पनि सोधें, -    “What’s in a name?- Shakespeare”  उसले लेखि, मैले उसको कुरा बुझें र चुप लागें, चुपचाप उसकै बारेमा सोच्न थालें त्यतिकैमा च्याट बक्स मा रातो बत्ति बल्यो, क्लिक गरें, जहाँ लेखिएको थियो - “Sorry I kept you in dark. But you compelled me to do all this. Please keep in touch. I’ll tell you all about me very soon but I must be assured from my heart that you’ll not stop talking with me like you did. Check your mobile inbox. There is a message waiting for you. Good night. Take care.” Part 2 Part 3

grgDai · Aug 30, 2012 10:20 AM · 18,502 views

9 Replies

Very nice story...

nepali_kanchho · Aug 30, 2012 11:16 AM

कथाको अन्त्य कसरि हुन्छ भन्ने कौतुहल्मा कति पल्ट क्रमस थिचियो थाहा भएन |

MAGorkhe1 · Aug 30, 2012 2:53 PM

 he...he.. a must read .. must say  ... even if you skim it. you will like it. at leat i did. keep it up.

lazyketa · Aug 30, 2012 8:37 PM

 Finally, the part-4 is online! arlsuraj.com/death-sale3/

Slackdemic · Sep 4, 2012 1:04 PM

sdemic, TYO FINALLY BHANNE SABDA LE "FINAL" NAI HOLA BHANTHANEKO TA... Pheri KRAMASHA: But the story is getting really interesting!!

daum · Sep 4, 2012 5:20 PM

Bela bela ma kaun danda , lake side ko naun pani aundo raicha afnai thaun ko katha raicha . sarai ramro cha ... chittai arko bhaag ko parkhai ma

Pokhrelikanchi · Sep 5, 2012 8:20 AM

Rochak chha prastuti Keep it up bro !!! Waiting for next part !!!!

nepali lover · Sep 5, 2012 8:27 AM

 Folks, 5th part is now online: http://arlsuraj.com/death-sale...

Slackdemic · Sep 9, 2012 4:35 PM

After reading BHAG-5, 1. The writer is stretching the story like chewing gum. S/he might have watched lots of hindi serials. THE REASON: How on earth a person can forget about a girl who once loved him sooooooo much? The girl even gave him so many hints in PART I to recognize her. And, if you go back to those hints and co-relate with PART III-IV, THE STORY DOES NOT MAKE SENSE AT ALL. The writer should write story in HINDI SERIALS. It will be a MEGA HIT, I tell ya!!

daum · Sep 10, 2012 7:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all