नानीका बा उर्फ पुष्पकमल दाहालको नयाँ स्टकोट :)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.tguff.com/?p=1357 नानीका बाको नयाँ स्टकोट :) 29. AUG, 2012 0 COMMENTS   तस्विरः भास्वर ओझा मोडल र हिरोइनहरूका लागि पनि नानीका उर्फ पुष्पकमल दाहालको लवाइ–खवाई साँच्चै लोभलाग्दो छ। कहिले उनी कपालमा जेल हालेर +२ पढ्ने ठिटाहरुलाई च्यालेञ्ज गर्छन्। कहिले २ लाख पर्ने घडी लाएर उपेन्द्र महतो जस्ता सम्भ्रान्तहरुलाई चुनौती दिन्छन्।  मने जनयुद्ध इतिहासको कालखण्डमा कतै लड्या पक्कै थियो भन्ने हाम्लाई  नि लाग्न थाल्या बेला बुधबार नानीका बा एउटा फरक कारणले फेरि चर्चामा आए। सुकिलोमुकिलो वेस्टकोट!  मने जनताको भाषामा ब्रुजुवाहरूको स्टकोट!!    नयाँ लुगा लाउन पाउँदा नानी बाबुहरू खुश हुन्छन् नै। हाम्रो नेपालाँ चै नानीका बा पनि खुस्  लाजिम्पाट महलको सहबासमा रहेका पुत्र प्रकाशले तेस्री भगाएपछि निरस–क्रुद्ध देखिएका नानीका बा बुधबार नयाँ रंगीचंगी स्टकोटमा ठाँटिएको देख्दा त्यसको तरंग फेसबुक–ट्वीटरसम्मै आइपुग्यो। हेर्नोस् त उनलाई लेखक नारायण वाग्लेले समेत ट्वीटमा ‘फेसन कन्सियस’ नेपाली नेता भनेर प्रशंसा गरे। प्रशंसा नगरून् पनि किन ? नानीका बा ले एक सातामै तेस्रो पटक नयाँ पहिरन फेरेका थिए। तर भांग्राको टोपीमा गुँयलाको फूल भन्या जस्तो उनी नयाँ लुगा चै लाउँछन् तर कहाँ कुन लुगा लाउनुपर्छ भन्ने अक्कल चै फुस्सा! पत्रकार वाग्लेले यही विषय सोसल मिडियामा उठाए– मुख्य समस्या के हो भने पुकदाले कुन बेला कुन लुगा लाउनुपर्छ भन्ने मतलबै गर्दैनन्। रंगीचंगी सर्ट लाएर उनी आधिकारिक विशेष समिति बैठकमा पुगे। पुकदा सबैभन्दा राम्रोसँग पोशाक लाउने नेपाली राजनीतिकर्मी हुन् । नयाँ सर्टमा आज मैले उनको तस्विर देखेँ जुन यो हप्तामा मात्रै उनको तेस्रो फरक पहिरन हो। कान्तिपुर दैनिकले जुन महिनामा यो कार्टुन प्रकाशित गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ जनबोलीमा ‘नानीका बा’ भन्न थालिएको भन्ने हाम्लाइ लाग्या छ  कार्टुन साभार: वात्सायन/कान्तिपुर www.tguff.com

Nepali Nagarik · Aug 29, 2012 1:10 PM · 10,354 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all