प्रचण्ड यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन - वैद्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्पले नै सर्पको खुट्टा देख्छ    http://onlinekhabar.com/2012/0...   बैद्यले भने- ‘खुमबहादुरलाई लाग्ने अख्तियार प्रचण्डलाई किन नलाग्ने ?’ १३ भदौ, काठमाण्डौ । जनयुद्धको तयारी गर्ने भन्दै एकीकृत माओवादीबाट छुट्टीएर नेकपा-माओवादी बनाएका मोहन वैद्यले प्रचण्डलाई अख्तियारले समात्नुपर्ने बताएका छन् । पार्टी चलाउन पैसाको समस्या परेपछि प्रचण्डले मोहन वैद्यलाई आर्थिक सहयोग गर्ने प्रस्ताव गरेको भन्ने समाचारका सन्र्दभमा जनआस्थाले सोधेको प्रश्नमा बैद्यले भने-’यो सब प्रचण्ले नीच बनेर चलाएको हल्ला हो, उनी यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन ।’ आफुले कहिले पनि प्रचण्डसँग आर्थिक सहयोग नमागेको भन्दै बैद्यले भने-’प्रचण्ड अरुलाई पैसा बाँड्दै हिड्ने धनपति कहिलेबाट बने ? उनले कहाँबाट कमाएर ल्याए त्यसरी बाँडने पैसा ? मलाई पैसाको अफर गर्ने साहुजी कसरी बने भनेर जनतालाई जवाफ दिनुपदैन ? शहिद परिवार, घाइते र अपाङ्गचाहि खर्च चलाउन नसक्ने अनि त्यही पार्टीको नेताचाहिं माफिया शैलीमा पैसा अफर गर्दै हिड्ने ? बैद्यले प्रचण्डप्रति आक्रोश पोखे- खुमबहादुरलाई लागेको अख्तियारले नयाँ भ्रष्टाचारीलाई लाग्नुपर्दैन ?’ आफुहरु जनयुद्धको तयारीमा रहेको भन्ने हल्ला पनि प्रचण्डले नै चलाएको बैद्यले दावी गरे । जनतामा उत्तेजना र त्रास पैदा गर्ने अनि उनीहरु जनयुद्धमा जान लागेको भन्दै दमन गर्ने तयारीस्वरुप हल्ला चलाइएको बैद्यको दावी छ । जनयुद्धमा संर्घष गरेको पुरै टीम आफ्नोतिर आएप्छि प्रचण्डले बाँकी रहेका कुडाकर्कट सम्हालेर बसेको बैद्यले टिप्पणी गरे । प्रचण्डको एकता भारतबादी र पूँजीबादीसँगमात्र सम्भव भएको तर आफुहरुसँग एकता हुन नसक्ने बैद्यले ठोकुवा गरे ।

nepcha1 · Aug 28, 2012 10:19 PM · 6,910 views

1 Reply

अरुले ठोक्न सक्दैन - पार्टी बाटनै सुरु गर्नु गरौ बैध्य बा ( यो सुभ कार्य हजुर बाटै सुरुहोस - अल्लाह को बिरुद्द मा अरु गए ज्यान को जोखिम भए जस्तै हो ) जनता बिस्तारै हजुरको पछी लाग्छन |

MaGorkhe1 · Aug 29, 2012 6:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all