Now this guy "Umesh" is blaming US residents Nepali for कृष्ण केसी 's suicide !!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत By Salokya, on August 28th, 2012 अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे। आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण बिना हुन्न। यो आत्महत्यापछाडिको कारण खोज्ने हो भने पनि सामान्य नेपालीको ठूलो पीडा उजागर हुन्छ। कृष्ण केसी कास्की घर भएका ३७ वर्षका युवक थिए। दुई वर्षअघि अमेरिकामा पैसा कमाउन हिँडेका उनले दलाललाई २५ लाख रुपियाँ तिरेका थिए। मेक्सिकोको अवैध बाटोबाट छिर्न धेरै समय लागेकोले उनी डेढ वर्षअघि मात्रै अमेरिका पुगेका थिए। घर धितो राखी चर्को ब्याजमा १२ लाख रुपियाँ ऋण लिएका थिए। जसोतसो काम गरी घर आफ्नो नाममा ल्याए पनि बाँकी ऋण तिर्न बाँकी थियो। उनीजस्तै अवैध ढंगले मेक्सिकोको बाटो अमेरिका छिर्न खोज्ने लाखौँ रुपियाँ दलाललाई खुवाइसकेका हजार भन्दा बढी नेपाली बोलिभिया, ब्राजिल, चिली, इक्वेडर जस्ता दक्षिण अमेरिकी देशमा सेटिङ नमिलेर अलपत्र परेका छन्। अमेरिका जसोतसो पसिहालेका कृष्णको त त्यो हालत भयो भने पस्नै बाँकीहरुको अवस्था कस्तो होला? कल्पना मात्रै गर्न सक्छौँ हामी। आखिर किन यस्तो भइरहेको छ ? देश खत्तम भएर अधिकांशको भनाई हुन्छ- देश खत्तम छ, त्यही भएर। नेताहरु आफ्नो स्वार्थका लागि मरिमेट्छन्। जनताका लागि केही गर्दैनन्। कुनै ठूलो उद्योग धन्दा नखुलेको कति वर्ष भइसक्यो, विदेशी लगानी ठप्प छ। भएका लगानीकर्ता भाग्दैछन्। देशमा रोजगारीको अभाव छ। अनि विदेश नगई के गर्ने त? हो, पक्कै पनि देशको स्थिति नाजुक छ। त्यसका लागि हामी पनि दोषी छौँ, हामीले नेतालाई सचेत गराउन सकेनौँ भन्ने त आदर्श वाक्यहरु हुन्। एक्लै कसैले केही गर्न सक्दैन। स‌ंगठित गर्न सक्ने नेता नै छैन। भएका नेताहरुको त्यो ताल छ। कोही गर्छु नै भनेर आए पनि गर्न सक्ने स्थिति छैन हाम्रा यति धेरै अपेक्षा छन्। तर वैदेशिक रोजगारका वैधानिक बाटोहरु पनि छन्। त्यो बाटो प्रयोग गर्न नचाहनु, त्यसैलाई प्रोत्साहन दिन नसक्नु कमजोरी हो। अनि नेपाल त्यति साह्रो खत्तम पनि भइसकेको छैन। २५ लाख रुपियाँ हुने हो भने नेपालमै राम्रो काम गरेर जीविका चलाउन सकिन्छ। उद्यमशीलताको अभाव छ नेपालीमा। त्यसका लागि तालिम, प्रशिक्षण दिने र बढावा दिने काम हुनुपर्ने हो सरकारी निकायबाट, त्यो पटक्कै छैन। लाखौँ तिरेर विदेशमा गएर मरीमरी कमाउने ध्याउन्ना मात्रै छ हामीमा। समाजको व्यवहार  हाम्रो समाजको व्यवहार पनि अचम्मको छ। नेपाल मै केही गर्छु भनेर ऋण खोज्यो भने कसैले पनि दिँदैन। भेट्टाउन गाह्रै पर्छ। तर अमेरिका जान लागेको वा विदेश जान लागेको भनेपछि भने ऋण दिन तयार हुन्छन्। २०/२५ लाख तिरेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्नेहरुसँग त्यत्रो पैसा हुन्न। त्यो उनीहरुले चर्को ब्याजमा ऋण लिएको पैसा हो। अमेरिकाको बढाइचढाइ बखान  अनि अर्को एउटा ठूलो कारण यो पनि हो। केही अमेरिका रिटर्नहरुको गफ सुन्नुपर्छ, थाहा हुन्छ भन्न खोजिएको के हो। उनीहरु नेपालको यसरी आलोचना गर्छन् कि नेपाल त सुँगुर बस्न पनि योग्य ठाउँ हैन। अनि यसरी अमेरिकाको बढाइचढाइ बखान गर्छन् कि अमेरिका कहिल्यै नदेखेकाहरु हो न हो, अमेरिकामा डलर फल्ने रुखै हुन्छ भन्ठान्छन्। हो, अमेरिकामा स्वतन्त्रता छ, न्याय प्रणाली बलियो छ, नेपालबाट गएकाहरुले रोजगार पनि पाउँछन्। तर त्यो ठाउँ सुखैसुख मात्र हुने स्वर्ग पक्कै पनि हैन। त्यहाँ पनि दुःख छ, संघर्ष गर्नुपर्छ। नेपालमा भन्दा बढी नै दुःख र संघर्ष गरिसकेपछि त्यहाँ पैसा कमाउने हो। यो कुरा अजासु अमेरिकारिटर्नहरु भन्दैनन्, खाली राम्रा कुराहरुको मात्र अतिरन्जित बखान गर्छन्। दुःख र स‌ंघर्षका कुरा गर्दा आफू तल पर्ने हीन भावना हुन्छ उनीहरुको मनमा। त्यसैले बियर पार्टी गर्दै नेपाली साथीहरु माझ अमेरिकालाई स्वर्ग भएको बखान गरी लोभ्याउँछन्। उनीहरुलाई थाहा हुन्न, उनीहरुको यस्तै बढाइचढाइ बखानका कारण हजारौँ नेपाली जसरी पनि अमेरिका छिर्ने नाममा लाखौँ रुपियाँ दलाललाई खुवाएर दुःख पाइरहेका हुन्छन्। सही कुरा नभन्नाले उनीहरु यस्ता मानव तस्करहरुका फोकटिया ब्रान्ड एम्बसडर बनिरहेका हुन्छन्। हो, अमेरिकामा जरुर कमाउन सकिन्छ। तर रातोदिन मेहनत गरी। आफ्‌नो निजी जीवनलाई परित्याग गरी १२/१४/१६ घण्टासम्म काम गरी। अमेरिकामा काम पाइन्छ तर अमेरिका २५ लाख रुपियाँ दलाललाई खुवाएर आउने ठाउँ बिल्कुल हैन, हुँदै हैन। खोई यो कुरा हामीले बुझाउन सकेको? हामीले बुझाउन नसक्दा के भइरहेको छ ? ती मानव तस्करहरु, दलालहरु मोटाइरहेका छन्। अनि कृ्ष्ण केसीहरुले रुखमा झुण्डिनु परिरहेको छ। दक्षिण अमेरिकी देशहरुमा हजारभन्दा बढी नेपाली अलपत्र परिरहेका छन्। त्यसैले अर्को पटक अमेरिकाको बढाइचढाइ बखान नेपालका साथीहरुलाई सुनाएर ‘शान’ देखाउनुअघि कृष्ण केसीहरुलाई पनि एक पटक सम्झने कि!

Tmobile · Aug 28, 2012 4:40 AM · 39,393 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

kaha jahiley ni raajniti ghusai rah yaar..

bittertruth · Aug 29, 2012 12:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all