मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या बाल्टिमोर,अमेरिका,अगष्ट २५ | मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् | शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए | धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए | फोन नउठेपछि राती नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराए र राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केको थियो | रातभर नफर्केपछि शनिवार बिहानै उनको खोजीमा निस्केका उनका आफन्त र नातेदारले कहीं फेला पार्न नसकेपछि घर फर्कदै गर्दा अपार्टमेन्ट नजिकै प्रहरीको गाडी देखे | उनीहरुले प्रहरीसंग सोधपुछ गर्दा अपार्टमेन्ट नजिकैको एक रुखमा पासो लगाई आत्महत्या गरेको अवस्थामा मृतक केसीको शव फेला परेको प्रहरीले जानकारी दियो | करीव ३५ वर्षीय मृतक केसीको शव पोष्टमार्टमका लागि हाल बाल्टिमोर डाउनटाउनस्थित एक अस्पतालमा राखिएको छ | नेपालको कास्की जिल्लास्थित कास्कीकोट गाविस वडा नम्वर ६ काउलेका मृतक केसी विगत करीब डेढ वर्षदेखि आफन्त र नातेदारसमेत रहेको एन्नापोलिस शहरमा बस्दै आइरहेका थिए | केसीका एक श्रीमती, एक छोरा (करीब ११ वर्ष) र एक छोरी ( तीन वर्षीया) नेपालमै छन् | भाई,भतिज,ज्वाईं र अन्य आफन्तसंगै एन्नापोलिसमा बस्दै आएका उनी करीब दुई हप्ता न्यूयोर्कमा बसेर तीन दिन पहिलेमात्र एन्नापोलिस फर्किएका थिए | यसअघि त्यहींको एक सेभेन इलेभेन स्टोरमा काम गर्दै रहेका उनी कागज बनाउने क्रममा न्यूयोर्क गएको उनका ज्वाईं भरत थापाले ग्लोब नेपाल डट कमलाई जानकारी दिए | उता न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाईटीका अध्यक्ष श्री पराजुलीले मृतक केसी रिजउडमै उनका आफन्त साजन केसीकोमा बसेको जानकारी दिंदै भने- म उनलाई सामान्य चिन्छु, गत शनिवार मेरी श्रीमतीले आयोजना गरेको एक कार्यक्रममा उनी निकै सक्रिय भएर सहयोग गरेका थिए | अलि रिजर्भ जस्तो देखिने उनको कागजी प्रक्रिया अघि बढिरहेको थियो | सोसल सेक्युरिटी र वर्क परमिट समेत प्राप्त गरिसकेका केसीले किन आत्महत्या गरे भन्ने बारे केही प्रष्ट हुन सकेको छैन | उनको कागजी प्रक्रियामा सहयोग गरिरहेका पराजुली भन्छन्- केसीको केस पेंडिंगमा थियो | मैले थाहा पाएसम्म उनी अलि डिप्रेश थिए र त्यसबाट छुटकारा पाउन केही औषधी सेवन समेत गर्दथे | मेक्सिको हुँदै अमेरिका छिरेका उनी नेपालदेखि नै अलि डिप्रेश थिए | तर मृतक केसीका भतिज लक्ष्मण केसीले चाहिं यस बारेमा केही बताउन चाहेनन् | ग्लोब नेपाल डट कमको फोन सम्पर्कमा उनले आफू अहिले केही बोल्न सक्ने अवस्थामा नरहेको बताए | ‘भोली चिकित्सकले पोष्टमार्टम रिपोर्टका लागि बोलाएको छ, त्यसपछि मात्र के भएको हो भन्न सकिन्छ’शनिवार साँझ ग्लोब नेपालसंग लक्ष्मणले भने | मृतक केसी न्यूयोर्कबाट फर्केर भतिज लक्ष्मणसंग उनकै कोठामा बस्दै आएका थिए | बिहीवार दिउँसो उनी घुम्दै ज्वाईं भरत थापाले काम गर्ने स्टोरमा पुगेका थिए | त्यहाँ आफुले पिज्जा अर्डर गरेर दुवै जनाले पिज्जा खाएको बताउंदै भरतले भने- त्यो बेला उहाँ राम्रै अवस्थामा हुनुहुन्थ्यो | अब आफू पहिले काम गरेकै सेभेन इलेभेन स्टोरमा फर्केर काम गर्न लागेको आफुसंगको कुराकानीमा बताएको भरतले जानकारी दिए | ‘तर शुक्रवार रातीदेखि हराएका ससुराको शनिवार बिहानै अपार्टमेन्ट नजिकै लाश देख्दा सपना जस्तै लाग्यो ‘ भरतले भावविव्हल हुँदै फोनमा भने |
cybernepali · Aug 25, 2012 11:25 PM · 4,574 views
sad to know
arni1101 · Aug 26, 2012 2:15 PM
Its easy to get depressed when you live in a different culture / country
rid · Aug 26, 2012 9:17 PM
It is every were ( gets worst in different culture and country ), we may not be using the word depression widely in Nepal. Sorry to hear. Depression Statistics (http://www.upliftprogram.com/d... Depressive disorders affect approximately 18.8 million American adults or about 9.5% of the U.S. population age 18 and older in a given year. This includes major depressive disorder, dysthymic disorder, and bipolar disorder. Everyone, will at some time in their life be affected by depression -- their own or someone else's, according to Australian Government statistics. (Depression statistics in Australia are comparable to those of the US and UK.) Pre-schoolers are the fastest-growing market for antidepressants. At least four percent of preschoolers -- over a million -- are clinically depressed. The rate of increase of depression among children is an astounding 23% p.a. 15% of the population of most developed countries suffers severe depression. 30% of women are depressed. Men's figures were previously thought to be half that of women, but new estimates are higher. 54% of people believe depression is a personal weakness. 41% of depressed women are too embarrassed to seek help. 80% of depressed people are not currently having any treatment. 92% of depressed African-American males do not seek treatment. 15% of depressed people will commit suicide. Depression will be the second largest killer after heart disease by 2020 -- and studies show depression is a contributory factor to fatal coronary disease. Last edited: 27-Aug-12 08:56 AM
MaGorkhe1 · Aug 27, 2012 8:55 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion