नेपालीलाई 'ठोक्नु पर्छ' भन्दै फेसबुकमा लेख्ने बेलायतीलाई सजाय WEDNESDAY, 22 AUGUST 2012 21:19 नागरिक 1 2 3 4 5 (2 votes, average 3.50 out of 5) काठमाडौँ, भदौ ६ (नागरिक)- फेसबुकको एउटा समूहमा नेपालीहरुलाई ठोक्नुपर्छ भनी कमेन्ट लेख्ने एक बेलायतीलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ। उनले गत जुलाई २३ मा त्यस्तो लेखेको भोलिपल्टै अर्को जातिप्रति घृणा फैलाउने हिंसा उक्साउने प्रतिक्रिया लेखेको आरोपमा नियन्त्रणमा लिइएको थियो। एल्डरसटस्थित ब्राइस गार्डेन्स निवासी काइल सिमन म्याक्लभोरले रसमोर फेसबुक ग्रुपमा नेपाली समुदायका सदस्यहरुलाई पिट्न आह्वान गर्दै कमेन्ट लेखेको गेटह्याम्पसायरले जनाएको छ। 'हामीले नेपालीहरुलाई ठोक्न ब्रिगेड सुरु गर्नु परेको छ', उनले लेखेका थिए। गत बिहीबार एल्डरसट म्याजिस्ट्रेट अदालतले उनलाई दोषी ठहर गरेको हो। सार्वजनिक सञ्चारमा आपत्तिजनक सन्देश प्रवाह गरे कारबाहीको प्रावधान छ। अदालतले उनलाई ३५ पाउन्ड जरिवाना र सामाजिक सञ्जालको प्रयोगबारे चेतावनी दिने सजाय दिएको हो। प्रहरीसँगको अन्तर्वार्तामा २० वर्षका म्याक्लभोरले आफूले त्यस्तो कमेन्ट लेखेको तर रिसले आँखा नदेखेको बेलामा त्यस्तो गरेको स्वीकार गरेका थिए। उनले अदालतमा पछुतोसमेत मानेका थिए। अभिनेत्री जोआना लुम्लेले गोर्खालीहरुलाई समान पेन्सन दिनुपर्ने र बेलायतमा बसोबास गर्न दिनुपर्ने अभियान चलाएपछि नेपाली समुदायको विरोधमा पनि आवाज उठिरहेको छ। 'प्लिज प्लिज नो मोर नेपलिज' नामको एउटा अर्को समूहप्रति पनि यस्तै चासो उत्पन्न भएको छ। यो समूहले भने आफूहरुले शान्तिपूर्ण विरोध गर्ने भन्दै घृणायुक्त र जातिवादी कमेन्टहरु हटाउने गरेको छ।
_____ · Aug 22, 2012 1:30 PM · 11,383 views
waiyyat. I bet nepali le nagareko bhaye jamana thuprai yuddha ma har khanthiyo hola bajjay haru.
dhotiKARAN · Aug 22, 2012 1:42 PM
ठोक्नु त पर्ने नै हो तर सार्वजनिक सम्पति तहस-नहस गर्ने अनि बन्द र हड्ताल गरि अनावास्क्यक दुख दिने राजनैतिक नेपाली जन्तुहरुलाइ | हो हो ठोक् | (:::sorry for those great Gorkhali brothers and families to whom some english hoodlums wrote that way, they know we fight with fortitude, they envy:::)
bittertruth · Aug 22, 2012 5:00 PM
ho yesma do mat chaina.
dhotiKARAN · Aug 22, 2012 5:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion