बीबीसी नेपाली सेवाका सुरेन्द्र फुयाल यौन शोषणमा सलग्न र समाजसेवी रबिन्द्र मिश्र उनलाई बचाउने कसरतमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान–श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएरमात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.) ० सबैभन्दा पहिला तपाई आफ्नो व्यक्तिगत परिचय दिन सक्नुहुन्छ? – मेरो नाम चरिना काब्रीडो हो। म एक फिलिपिनो केटी हुँ। म हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटार लाजिम्पाटमा बस्छु। म फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बै.क केन्द्रीय कार्यालयमा बैंकको परियोजनामा सन्चार परामर्शदाता सामाजिक मिडियामा परामर्शदाताको रुपमा काम गर्थें। मानवीय स्वभावनै हो, प्रेम, यौन र विवाह। यस्तै परिबन्दमा म नेपालको एकजना नाम चलेको पत्रकार सुरेन्द्र फुयालसंग प्रेम र यौन हुदै विवाहको चरणमा पुगंे। त्यहीँबाट मेरो जीवनमा धेरै उतारचढावहरू आए, जसका कारण आज मेरो जीवन लगभग तहसनहस भएको छ। ० सुरेन्द्र फुयालसंग चाहिं तपाइको भेट कसरी भयो, जसका कारण तपाइको जीवन तहसनहस भयो? – त्यो भेटको ठूलै कहानी छ। म पहिले क्लिन इनर्जी नेपालमा काम गर्थें। जुन सन् २००९ सालतिरकै कुरा हो। त्यो एसियाली विकास बैंकले सहायता गरेको परियोजना हो। यसमा काम गर्ने सिलसिलामा मैले सन् २००९ सालमै डिसेम्बर महिनातिर आफ्नो रिसर्च स्टोरी लेखेर यहाँको पत्रिकामा प्रकाशित गराएँ। त्यो लेखको तलतिर मेरो इमेल आइडी पनि राखिएको थियो। त्यही इमेलको आधारमा सुरेन्द्र फुयालले मलाई मेल गर्न थाल्यो। उसले मेरो रिसर्च मन पराएँ भन्यो। उसले शुरुमा व्यावसायिक कुराहरूनै गर्‍यो। पछि विस्तारै व्यक्तिगत कुराहरू पनि गर्न थाल्यो। ० व्यक्तिगत कुरा भन्नाले कस्ता कस्ता कुराहरू हुन थाले तपाइहरूबीच? – शुरुमा उसले सप्ताहन्तमा कहाँ ह्याङ आउट गर्छ्यौं भनेर प्रश्न गर्दथ्यो। काम सकेपछि केही समय त यसो इन्जोइ गर्नुपर्छ भन्न थाल्यो। मैले ह्याङ आउट गर्ने ठाउँ एभेरेष्ट होटल थियो। त्यहाँ मेरा धेरै फिलिपिनो साथीहरूसंग म ह्याङ आउटका लागि जाने गथर्ंे। त्यसपछि ऊ पहिलो पटक सन् २०१० को मार्च महिनामा मेरा साथीहरूसंगै एभरेष्ट होटलको जमघटमा सामेल भयो। त्यसपति हामीबीच नियमित भेटघाट हुन थाल्यो। अनि हामी बिभिन्न ठाउँमा डिनर जान थाल्यौं। हामी साइक्लिङ पनि जान थाल्यौं। ० भनेपछि त, शुरुवातनै रमाइलो ढंगले भएको रहेछ नि होइन? – त्यस्तै भन्नुपर्‍यो। हामी धेरै ठाउँमा साइक्लिङ गयौं, उसले नै मलाई यसबारेमा जानकारी गराएर सहभागी बन्न प्रेरित गर्थ्यो। काठमाडौं नजिकका धेरै गाउँ र डाँडाहरू हामीले घुमेर भ्यायौं। करीव तीन महिनाकेा यो क्रमपछि उसले मलाई प्रेम प्रस्ताव राख्यो। म पनि विस्तारै उसंग नजिक भइसकेकी थिएँ। मैले उसलाई उसको बैबाहिक स्थितिबारे सोद्धा स्पष्ट जवाफ दिन चाहेन। पछि उसले आफू विवाहित भएको तर श्रीमतीसंग डिभोर्स गरेर बसेका जवाफ दियो। उसले मसंगै बस्ने प्रस्ताव राख्यो। तर म यहाँ नेपाली परिवारसंग बसिरहेकी थिएँ। घरबेटी फिलिपिनो महिला जो नेपालीसंग विहे गरेकी। मैले घरबेटीसंग अनुमति लिएपछि सुरेन्द्र र म श्रीमान श्रीमतीको हैसियतले एकै कोठामा बस्न थाल्यौं। ० भनेपछि बिहेअघि नै तपाईंहरूको सेक्स सम्बन्ध रह्यो? – वस्तवमा तपाइहरूको हिन्दू संस्कारमा जस्तै हाम्रो क्रिश्चियनहरूको पनि रोमन क्याथोलिक संस्कारमा विहेअघिको सेक्स बर्जित छ। तपाई विश्वास गर्नुस्, सुरेन्द्रसंग सेक्स सम्बन्ध राख्नु अघिसम्म म भर्जिन (–कुमारी) थिएँ। उसले मलाई विहे गर्ने आश्वासनमात्र दिएन, अब हामी श्रीमान–श्रीमती भयौं भनेपछि घरबेटीलाई साक्षी राखेर हामी संगै बस्यौं र हामीबीच सेक्स सम्बन्ध यो। ० तर फिलिपिनो केटीहरूको त विहे अघिनै कुमारित्व भंग भइसकेको हुन्छ भन्छन् नि? – तपाइ विश्वास गर्नुस्, म सुरेन्द्र फुयालसंग सम्बन्ध राख्नु अघिसम्म भर्जिन थिएँ। फिलिपिनो केटीहरूको बारेमा जो तपाई कुरा गर्दै हुनुहुन्छ, त्यस्तो पटक्कै होइन। क्याथोलिकहरू कुमारित्वका विषयमा निकै कठोर छन्। मेरै कुरा गर्नुहुन्छ भने म पढाइमै व्यस्त भएँ, मैले व्वाइफ्रेण्ड बनाउने समयनै पाइँन। पछि काममा व्यस्त भएँ। एकैचोटी नेपाली युवक सुरेन्द्र मेरो जीवनमा आयो। उसले आफू नेपालको चर्चित पत्रकार भएको र सबैले चिन्ने भएकाले धोखा दिन नसक्ने कुरा बतायो। म पनि उसंग प्रभावित भएँ र हामीबीच सबै खाले सम्बन्ध कायम भयो। ० एउटै कोठामा बसेपछि तपाइहरू श्रीमान–श्रीमती भइहाल्नुभयो होइन? – त्यसपछि ऊ राती बीबीसी नेपाली सेवाको काम सकेर सधैं मेरोमा आउन थाल्यो। कहिले खाना आएर सेक्स गरेपछि मध्यरातमा हिड्थ्यो। अधिकांश समय मसंगै बस्थ्यो। यसै सिलसिलामा उसले मनिला घुम्ने चाहना राख्यो। मैले पनि उसलाई मेरो परिवारमा चिनाउने अवसर पाएँ। हामी मनिलाका धेरै टापुहरू पनि घुम्यौं। एक प्रकारले त्यो हाम्रो हनिमुन थियो। उसले त्यहाँ मेरो परिवार सबैसंग भेटेर मलाई विहे गर्ने कुरा गर्‍यो। मेरा अभिभावकहरूले पनि उसलाई मन पराए। उनीहरूले सुरेन्द्रलाई ज्वाइँकै मान्यता दिए। ० यति नजिक भइसकेको तपाइहरूको सम्बन्ध के कारणले एकाएक बिग्रियो त? – मैले उसलाई विश्वास गरें। तर उसले मलाई धोखा दिएको रहेछ। उसले श्रीमतीसंग डिभोर्स भएको भन्यो तर उसको डिभोर्स भएको रहेनछ। जब म गर्भवती भएँ, उसले गर्भपतनको प्रस्ताव राख्यो। मैले गर्भपतन गर्न नमानेपछि मात्र उसको असलियत छरपष्ट भयो। ० यसको मतलब सेक्स सम्बन्धमा मात्र तपाइहरूबीच कुनै समस्या थिएन, तर जब गर्भको कुरा आयो त्यसपछि समस्या भयो होइन? – वास्तवमा जब हामी संगै बस्न थाल्यौं, मैले शुरुदेखिनै बच्चा चाहेकी थिएँ तर उसले पर सारिरहेका थियो। उसले मनिला गएर मेरो परिवारलाई समेत भेटेपछि मैले बच्चा जन्माउने आफ्नो इच्छा राखें। पहिले पहिले परिवार नियोजनका साधन प्रयोग गर्थ्यो। तर मैले बच्चा जन्माउने कुरा गरेर उसलाई ढिपी गरें। सन् २०११ को सेप्टेम्बरमा हामी मनिलाको एउटा टापुमा घुम्न गएका बेला म गर्भवती भएँ। खासमा म गर्भवती भएको कुरा नोभेम्बरमा मात्र थाहा भएको हो। जब म गर्भवती भएँ , त्यसपछि मैले उसलाई अब तिम्रो घरपरिवारलाई भेटाउ, मलाई उनीहरूको माया ममता चाहिन्छ, म उनीहरूसंगै बस्छु भने। त्यसपछि सुरेन्द्र मसंग बाँउठिन थाल्यो। उसले अहिले नभेटौं भन्यो। उसले मलाई गर्भ तुहाउने कुरा गरेपछि मलाई उप्रतिको शंका जाग्यो। अनि मैले उसको फेसबुकमा साथीहरूमार्फत खोज्दै जाँदा ऊ विवाहित, श्रीमती र परिवारसंगै रहेको थाहा पाएँ। उसले मलाई आफ्नो फेसबुक छैन भनेर ढाँटिरहेको थियो। ० तपाइले त्यो पत्ता लगाएपछि के भयो? – मैले सबै कुरा पत्ता लगाएपछि तिमीले किन ढाँटेको भनेर सोधें। उसले ‘म मेरो श्रीमतीसंग सन्तुष्ट छैन, सेक्स गरे पनि प्रेम हुदैन’ भन्यो। उसले आफ्नो श्रीमती निकिता पौडेल आफ्नो लागि भन्दा पनि परिवारका लागि मात्र राखेको बतायो। तर पछि हाम्रो सम्बन्ध र म गर्भवती भएको कुरा उसको परिवारले पनि थाहा पाएपछि कथा अर्कोतिर मोडियो। त्यतिबेला म मनिलामा थिएँ। ० त्यति गर्दा पनि सुरेन्द्रलाई तपाइले छाड्नुभएन होइन? – मैले छाड्ने त कुरै थिएन, किनकि मैले त उसलाई मेरो कुमारित्व सुम्पिएकी थिएँ। म डिसेम्बरमा नेपाल आएपछि उसले मलाई खुट्टा समातेर माफी माग्यो। म वर्वाद हुन्छु, मेरो सामाजिक प्रतिष्ठा सकिन्छ, त्यसैले तिमी बच्चा फाल भन्यो। नयाँ बानेश्वरको बेकरी क्याफेमा हाम्रो त्यो संवाद धेरैले सुनेका थिए, किनकि म आक्रोशित भएकी थिएँ। उसले त्यो बच्चा पनि नस्वीकार्ने र मलाई श्रीमती पनि नस्वीकार्ने भनेपछि म कराउँदै सडकाम निस्किएँ। सबैले मलाई सडकमा कराएको देखेर सोद्धै थिए। तर म विक्षिप्त भएकी थिएँ। ० सुरेन्द्रले श्रीमती पनि स्वीकार गरेन, बच्चा पनि नजन्माउ भनेपछि तपाइको अघिल्लो कदम के थियो? – म विक्षिप्त भएर मनिला फर्किएँ। मेरो परिवारलाई सबै कुरा जानकारी गराएँ। यसबीचमा उसले मेरो विरुद्ध धेरै घृणित खेल खेलेछ। मेरो विरुद्ध एडीबी हेडक्वर्टरमा मेल पठाएर उल्टै मलाई बेश्या बनाएछ। मेरो जागिर पनि त्यही कारणले गयो। उसको परिवार बिगारेको आरोप ममाथि लगायो। मलाई ५ महिनाको गर्भवती भएको बेला एडीबीले जागिरबाट हटायो। यसबीचमा सुरेन्द्रकी बहिनी भन्ने निर्जला र निर्मला फुयालले पनि मलाई बच्चा फाल, हाम्रो दाइको जीवनबाट टाढा जाउ भनेर धेरै धम्की दिए। तर मैले सुरेन्द्रको कारणले मेरो कुमारित्व पनि गुमाएँ र जागिर पनि गुमाएँ। त्यसपछि मैले उसको विरुद्ध लडाइ लड्ने अठोट गरें। ० फिलिपिन्सबाट नेपाल फर्किएर लडाइँ शुरु गर्नुभयो होइन? – वास्तवमा मेरो जीवनमा धेरै नराम्रो घटना भयो। मैले जसरी पनि आफ्नो अधिकार स्थपित गर्नपर्छ भनेर लडाइँ शुरु गरें। लडाइ लड्दा लड्दै मेरो बच्चा खेर गयो। मैले त्यसबीचमा नेपालमा केही वकिलहरूसंग सल्लाह गरंे। मलाई मेरो परिवारले समर्थन दियो। म अहिले सुरेन्द्र विरुद्ध अंश मुद्दा, मानाचामलको मुद्दा र साइबर क्राइम सम्बन्धी मुद्दा लडिरहेकी छु। उसले अहिले मलाई बिभिन्न ढंगले तर्साउने, सताउने र मेरो विरुद्ध नेपालका बिभिन्न संयन्त्र प्रयोग गर्ने प्रयास गरिरहेको छ। तर मलाई विश्वास छ, नेपालको कानुनले सत्यको संरक्षण गर्नेछ र यहाँको अदालतले पीडितलाई न्याय दिनेछ। ० सुरेन्द्र र तपाइबीच शारीरिक सम्बन्ध भयो, गर्भ पनि रह्यो, त्यसबीचमा तपाइहरूबीच धेरै सम्बन्ध रहे, ती सम्बन्ध सम्भि्कदा अहिले कस्तो लाग्छ? – शुरुवाती सम्बन्धहरू राम्रै थिए। तर पछि उसले आफ्नो हर्कत देखाउन थालेको थियो। ऊ मसंग सेक्स बाहेक केही पनि चाहदो रहेनछ, जबकि म उबाट प्रेम र असल पति चाहन्थें। उसले मलाई धेरै पटक यौन दुर्व्यवहार गरेको थियो। तर मैले आफ्नो श्रीमान जस्तो सोचेर चुपचाप सहे । ऊ प्रायःजसो अप्राकृतिक मैथुन गर्न रुचाउथ्यो। अनि मलाई अप्ठेरो हुने गरी बिभिन्न आसनमा सेक्स गर्न बाध्य पार्थ्यो। तर पनि मैले उसलाई झेलिरहेकी थिएँ। यतिसम्म कि म महिनावारी भएर रक्तश्राव भइरहेका बेला पनि ऊ झम्टिथ्यो। एकपटक शिवपूरी हुदै चिसापानी गएकोबेला होटलमा उसले मलाई यौनसम्पर्क राख्न खोज्यो। म महिनावरी भएको छु भन्दा पनि छाडेन। जबर्जस्ती गर्न खोजेपछि मैले कोठामा ढोकाको चुकुल लगाएर बस्न परेको थियो। किचनमा, बेडरुममा, बाथरुपममा उसले जहाँ चाह्यो त्यहीँ तयार हुनुपर्ने रोबोट जस्तो बनायो मलाई। ऊ बास्तवमा सेक्सको बेलामा जंगली मान्छे जस्तो व्यवहार गर्थ्यो। उसंगको सेक्स मलाई यातना लाग्न थालेपछि मैले मेरी एकजना फिलिपिनो साथी जो अनमिनमा काम गर्थिन् उनलाई भनेकी थिएँ। उनले मलाई पुलिसमा जाहेर गर्न भनेकी थिइन्। तर मैले नै श्रीमान सम्झेर उजुरी गरिन। ० अहिले पनि तपाइ नेपालमै हुनुहुन्छ, तपाइको उद्देश्य अब के हो? – मेरो प्रष्टै छ, म नेपालकै अदालतबाट न्याय चाहन्छु। म उसलाई सजाय दिलाउन चाहन्छु र अदालतले मलाई न्याय दियो भने उसंग डिभोर्स लिएर क्षतिपूर्ति पाउन चाहन्छु। म नेपालमा यही मुद्दाका लागि बसिरहेकी छु। मलाई यो लडाइमा धेरै नेपालीहरूको सहयोग मिलेको छ। बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ। म यो मुद्दालाई लिएर सर्बोच्च अदालतसम्म जान तयार छु। सुरेन्द्रले मेरो इज्जतमात्र होइन लाखौ रुपैयाँ पनि सिध्यायो। उसको कट्टुदेखि मोजासम्म, सबै कपडा मैले किनिदिन्थें। अझै पनि ती उसले लगाउने गरेका कपडा मेरो कोठामा सुरक्षित छन्। मेरो बच्चा त खेर गयो, तर म अब विहे गर्दिन, बरु नेपाली बच्चा एडप्ट गरेर बस्न चाहन्छु। नेपालमा धेरै राम्रा मान्छेह छन्। ती मान्छेको अगाडि सुरेन्द्र जस्ता धोकेबाजलाई सजाय दिलाउनु मेरो उद्देश्य हुनेछ। अनि नेपालमा महिला मैत्री कानुन बनाउनुपर्छ भन्ने मेरो भनाइ हो, जसले गर्दा अरुले मेरो जस्तो पीडादायी अवस्था भोग्न नपरोस्। सँघु साप्ताहिक, २०६९ भदौ ४ गम्भीर आपत्ती तथा खण्डन -सुरेन्द्र फुँयाल भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष, अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आघात एवं खलल पुर्‍याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्। पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु। २०६९ भदौ ६ २०६९ भदौ ६ गते मेरो फेसबुकको इन्बक्समा सुरेन्द्र फुँयालले पठाउनु भएको खण्डन । -->

nepcha1 · Aug 21, 2012 10:02 AM · 6,672 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

What happened to the court case?

rid · Sep 17, 2012 4:41 PM

We need to constantly get updates , such person of such calibre shouldn't have indulge in this type of deed, but howere this case case also reminds me of MAdhur bhandakar case. Madhur Bhandarkar and Preeti Jain : Ek Choti Si Page 3 Story   A sexy sweet model from Delhi reaches the city of dreams, Mumbai with aspirations of “Main Madhuri Dixit Banna Chahti hoon” . She meets a young talented director among the many who asks her “Degi Kya?”. Remember the scene from Page 3 movie. The model is smart and not dumb like Tara sharma of Page 3 movie who refuses to this proposal in the beginning. But, the Director is even smarter; who spends some good time with the model and in lieu of that offers her tit and bit roles in his movies. The model turned struggling actress feels betrayed and hence gives birth to scandals. Legal spats starts between the director and the actor with the later accusing the director of rapes. Media finds a masala and so the people. The news flashes in TVs, newspapers and the actor becomes famous, though for wrong reasons. The actor also tries to take help of a local goon, but finds herself into more trouble and also spends some time in the Jail. She meets a famous bar girl turned bookie Tabbasum who becomes her friend. The media gets another masala. The recent story is that a Delhi based Photographer who once claimed to have nude pics of the model and stated earlier that the model harassed her, has turned to court again and also turned from his statement offering public apology to the model. A news channel makes a very good episode of the whole affair and increases its TRP rating. We all don’t know what would be its end, but I am sure the media are wishing that this story never ends and only the sequels are made.

hamara · Sep 18, 2012 4:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all