नेपालीलाई ८८ वर्षअघि ओलम्पिक स्वर्ण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नेपालीलाई ८८ वर्षअघि ओलम्पिक स्वर्ण SUNDAY, 19 AUGUST 2012 16:41 नागरिक 1 2 3 4 5   (0 votes, average 0 out of 5) विनोद पाण्डे- विधान लामाले सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलमा राखिएको तेक्वान्दोबाट कास्य पदक जितेका थिए जुन आधिकारिक मानिँदैन। १९६४ मा टोकियोबाट सुरु नेपालको गृष्मकालीन ओलम्पिक यात्रा सहभागिताभन्दा माथि उक्लन सकेको छैन। नेपालले २००२ मा साल्क लेक सिटीबाट हिउँदे ओलम्पिक खेल्न सुरु गरेको हो। पछिल्ला तीन हिउँदे ओलम्पिक पनि गृष्मकालीनझैं नेपाली खेलाडीका लागि अनुभव बटुल्ने स्थलमात्र बनेका छन्।  होइन, नेपालीले ८८ वर्षअघि नै ओलम्पिकमा पदक जितेका थिए। त्यो पनि स्वर्ण पदक।  १९२४ मा फ्रान्सको चेमोनिक्समा भएको हिउँदे ओलम्पिकमा नेपालीले जितेको स्वर्ण पदकबारे भर्खरैमात्र पत्ता लागेको छ। नेपाली खेलाडी तेजवीर बुरा (बुढा) ले पर्वतारोहण (अल्पानिजम) मा स्वर्ण जितेका रहेछन्। सन् १९२२ मेमा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गरेको थियो। १९२१ मा सगरमाथा चढ्ने रुट पत्ता लागेको अर्को वर्ष उनीहरू विश्वको सर्वोच्च शिखरतर्फ लम्केका थिए। बेलायती ब्रुस टोली नेता थिए भने फिन्चलाई अहिलेसम्मकै उत्कृष्ट पर्वातारोहीमध्ये एक मानिन्छ।  उनीहरूको टोली त्यसबेला ८ हजार २ सय ३० मिटर (२७ हजार फिट) सम्म पुगेको थियो। मे २५ मा तेजवीरसहितको टोली २६ हजार फिटमाथि चढेको थियो। तेजवीर केही सय फिट माथि पुगेपछि घोप्टो परेर ढलेको फिन्चको डायरीमा उल्लेख छ। फिन्चको किताबमा उल्लेख भएनुसार तेजवीरले ५० पाउन्ड तथा ब्रुस र फिन्चले ४०-४० पाउन्डको भार बोकेका थिए। आरोहणका क्रममा भारतीय सदस्यहरूको मृत्यु भएको पाइए पनि अन्य विवरण खुलेको छैन।  सगरमाथा आरोहणको इतिहास पल्टाउँदा ब्रुस र फिन्चले तेजवीरलाई २७ हजार फिटसम्म लैजाने र त्यसपछि आफूहरू दुईजना अघि बढ्ने योजना बुनेको देखिन्छ। तर, उनीहरू सफल भएनन्। त्यसको ३२ वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका थिए। ब्रुस टोलीको यही पर्वतारोहण अभियानले त्यस बेलासम्म सबैभन्दा बढी उचाइमा पाइला राखेको भनेर १९२४ को हिउँदे ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। यो अभियानका तेजवीरसहित २० जनालाई स्वर्ण पदक दिइएको थियो।  को थिए तेजवीर  ब्रिटिस-भारतीय सेनामा छैटौं गोर्खा राइफलको दोस्रो बटालियनका एनसिओ (तालिम गराउने, अनुशासन कायम गर्ने, सम्पत्ति सुरक्षा गर्ने) थिए तेजवीर। नेपाली भए पनि उनी कहाँका हुन् भन्ने केही खुलेको छैन। तेजवीरले पाएको उक्त पदक इङ्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा सुरक्षित छ। बल्ल पत्ता लाग्यो  आधुनिक ओलम्पिकका जन्मदाता जाँ पियेर कुबरतिनले १८९६ मा ओलम्पिक सुरु गराएका हुन्। त्यही वर्ष पर्वतारोहणमा स्वर्ण पदक दिने उल्लेख गरिए पनि १९२४ मा चोमोनिक्समा भएको पहिलो हिउँदे ओलम्पिकमा बल्ल यो पदक दिइएको थियो।  १९२४ को ५ फ्रेब्रुअरीका दिन त्यही सन् १९२२ को सगरमाथा अभियानका उपनेता लेफ्टेनन्ट कर्नेल स्ट्रटलाई टोलीका प्रत्येक सदस्यले पाउने गरी १३ स्वर्ण पदक प्रदान गरिएको थियो। त्यो टिमको टोली नेता (ब्रुस) ब्रिटिस भएकाले पदक बेलायतको खातामा लेखिएको थियो। तेजवीर समूहका सदस्यमात्र भएकाले पदक नेपालको नाममा छैन तर नेपाली खेलाडीले स्वर्ण जितेको भनेर लन्डन ओलम्पिकको वेबसाइटमा नै उल्लेख छ।  अन्तर्राष्टिय ओलम्पिक कमिटीको नियमानुसार विभिन्न देशका खेलाडी सम्मिलित कुनै एक टोलीले पदक जिते क्याप्टेनको राष्ट्रियताका आधारमा त्यो देशलाई पदक दिने प्रावधान छ। सम्भवतः ओलम्पिक इतिहासमै ब्रुस र तेजवीरको टोलीमात्र यो नियममा बाँधिएको हुनसक्छ। कुबरतिन आफैंले त्यो पदक प्रदान गरेको ओलम्पिक जन्मदाताको डायरीमा उल्लेख छ। युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट ब्ल्याङ्कको फेदमा त्यो पदक बाँडिएको थियो। पहिलोपटक उक्त पदक बाँडिदा पाउनेमा १२ बेलायती र अस्ट्रेलियाली फिन्च थिए। उक्त समयमा ब्रुस पर्वातारोहणका सिलसिलामा रहेकाले पदक समारोहमा उपस्थित थिएनन्। उनी फर्किएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय गरी तेजवीर र अन्य ७ शेर्पा भरिया (सम्भवतः भारतीय अथवा तिब्बती) लाई स्वर्ण पदक दिन माग गरेका थिए। उनैको अनुरोधमा तेजवीरसहित अन्य ७ ले स्वर्ण पाएका थिए। ब्रुस तिनै व्यक्ति हुन् जसले कुल्ली, भरिया र पोर्टर भनेर चिनिँदै आएका शेर्पालाई सम्मानस्वरूप 'द टाइगर्स' उपनाम दिएका थिए। ९० वर्षपछि सगरमाथामा पदक  कुबरतिनले स्ट्रटलाई पदक दिँदा सोधेका थिए, 'यसलाई सगरमाथामा पुर्‍याउन सकिन्छ कि सकिँदैन? जवाफमा स्ट्रटले मौका पाउनासाथ पुर्‍याउने वाचा गरेका थिए। त्यो वाचाको ८८ वर्षपछि ब्रुसको नेतृत्वमा रहेको टोलीले पाएको त्यो पदक सगरमाथामा पुर्‍याइएको थियो। ब्रुस, फिन्च र तेजवीर सगरमाथातर्फ अघि बढेको ९० वर्ष पुगेको भोलिपल्ट अर्थात यही वर्ष मे २६ मा पदक सगरमाथा पुर्‍याइयो। लन्डन ओलम्पिक २०१२ सुरु हुनुभन्दा ठीक दुई महिनाअघि।  ओलम्पिक पदक लिएर सगरमाथा आरोहण गर्ने केन्टन कुल थिए। सगरमाथामा उनको त्यो १० औं सफल आरोहण थियो। कुल आरोहण टोलीका निर्देशक ब्रिटिस रिचर्ड रवीन्सनले नागरिकसँग इमेल कुराकानीमा भने, 'तेजवीरसहित ९० वर्षअघिको आरोहण टोलीको वाचास्वरूप र उनीहरूको सम्मानका लागि स्वर्ण पदक सगरमाथा पुर्‍याइएको हो।'   १९२४ को हिउदे ओलम्पिकमा प्रदान गरिएको स्वर्ण पदक।   ९० वर्षपछि गरेको हिमाल आरोहणका लागि दिइएको स्वर्ण पदक तीन महिनाअघि सगरमाथा आरोहण गरेपछि प्रदर्शन गर्दै केन्टन कुल।   १९२२ मा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गर्दाको क्षण। यीमध्ये तेजवीर को हुन् भन्ने खुलेको छैन। तस्बिर सौजन्यः रिचर्ड रबिन्सन

_____ · Aug 20, 2012 10:03 AM · 3,095 views

4 Replies

तेजवीर समूहका सदस्यमात्र भएकाले पदक नेपालको नाममा छैन तर नेपाली खेलाडीले स्वर्ण जितेको भनेर लन्डन ओलम्पिकको वेबसाइटमा नै उल्लेख छ।  ? Link URL please ...

IT_Guy · Aug 20, 2012 10:23 AM

 

_____ · Aug 20, 2012 10:28 AM

 http://www.sports-reference.co... http://www.sports-reference.co... http://www.sports-reference.co... http://www.samsung.com/uk/lond... Last edited: 20-Aug-12 10:47 AM Last edited: 20-Aug-12 10:51 AM

_____ · Aug 20, 2012 10:42 AM

  Everest: Kenton Cool completes Olympic pledge Posted by Alex Messenger on 24/05/2012 Kenton, the medal and Everest. Photo: Cool collection. The second weather window on Everest has arrived. Amongst those reaching the summit was British climber Kenton Cool who, in making his tenth ascent of the mountain, also fulfilled a long-standing pledge to take an Olympic medal up Everest. The pledge was made at the closing ceremony of the first Winter Olympics held at Chamonix in 1924. Edward Lisle Strutt was there to accept his medal as deputy leader on the first full Everest expedition in 1922. Although unsuccessful, the climbers reached 8,230 metres, smashing previous altitude records. By then, many of the team had left for the 1924 attempt, so Strutt accepted the other medals on their behalf. In doing so, as Coubertin recalled in his memoirs, this “courageous Englishman… swore to leave it next time at the top of the highest summit.” The expedition was backed by the BMC. Kenton commented before he left for the summit: “If Everest allows me, Great Britain will fulfil its promise to the IOC in the early hours of Friday morning when I place this medal on her summit. I will do this just one day short of the 90th anniversary of the exact day that George Ingle Finch (Australia), Geoffrey Bruce (GB) and Tejbir Bura (Nepal) struck out and reached 27,300ft." The team left for the summit at 14:30 today and at 19:00 texted from 8,500m to say that they were going strong.They reached the summit at about 00:00. Kenton was climbing with cameraman Keith Partridge and his regular climbing partner and friend Dorje, one of the best young Sherpas in the Khumbu.They have now summited Everest five times together, and Dorje has summited nine times in total. This means that Kenton is now in double figures. He has broken his own British and European record for the most summits of Everest, having summited ten times. "To stand on the summit for the 10th time is simply amazing," Kenton said in a message sent via his expedition team. Teams from Adventure Consultants, Peak Freaks, Jagged Globe and Benegas Brothers also reached the top, with a final wave expected tonight.  The BMC ran a successful campaign on the BMC Facebook page alongside Kenton's ascent which also raised £1,000 for the charity Porters Progress UK.

_____ · Aug 20, 2012 10:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all