बुद्धिसागरले लेख्न त जानेकै हो बा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरा पिताले एकतारे त खुबै बजाउनुभो, रिदममा। तर, जीवन रिदममा कहिल्यै बिताउनु भएन। मसँग अहिले धेरै सपना छन्, ठुल्ठुला। तर मेरा पिताका सपना धेरै थिएनन्। म अहिले बुझ्छु। मेरा पिताको जीवन ससाना रहरहरूमा सीमित भो। मेरा पिताले धेरै चिज नभोगी, नदेखी, महसुस नगरी, जीवन बिताउनुभो। उहाँका सपना र रहर हामी सन्तानमा सरे। जसरी सँगै भिजाउँदा कपडाको निर सेतो कपडामा सर्छ, नचाहँदा-नचाहँदै। पिताले आफ्ना कुन्ठा सन्तानतिर सार्नुभएन। केवल सार्नुभयो त आफूले जीवनमा भोग्न नसकेको मिठो क्षण। संघर्ष गर्दागर्दै पिता मान्छेले जीवनमा नपाएका कुरा स्वर्गमा पाउँछन् भन्ने अप्सन लिएर बाँच्नुभो। मेरा पितालाई मान्छेको आत्माले काँक्राको बियाँजत्रो भएर मोक्ष प्राप्त गर्छ भन्ने लाग्थ्यो। मेरा पिताको आत्मा काँक्राको बियाँ भयो कि भएन, थाहा छैन। तर, हाम्रो काँक्राको बियाँजत्रो सपनालाई हुर्किने मौका दिनुभो। जल चढाइरहनुभो। अरू कसैका अगाडि लाजले झुक्न दिनुभएन। सकेको गर्नुभो। आफ्नो जीवनकालभरि हाम्रै पीरमा पर्नुभो। http://nagariknews.com/nagarik...

HairyBicep · Aug 18, 2012 10:47 PM · 10,914 views

1 Reply

 राम्रो छ. 

Euta_nepali · Aug 18, 2012 11:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all