भ्रष्टाचारी -कालो भाले श्यालको फन्दामा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भ्रष्टाचारी -कालो भाले श्यालको फन्दामा !                                               बिश्वको सबै भन्दा चर्चित बिषयवस्तु भ्रष्टचार र आतंकबाद l हरेक राष्ट्रलाई भ्रष्टचारले आतंक फैलाएको छ र शान्ति भंग बनाएको छ l हरेक व्यक्तिले चैनको स्वास फेरुन भनि सारा मुलुक यी अबुर्द (क्यान्सर )रोगलाई निमिट्यान्न पार्न सम्बेदनशील छन l मुक्ति पाउन भनि ब्रम्हाण्ड नै अरबौ धन खर्च गरि रहेका छन l व्यापक रुपमा यस्ले आफ्नो पखेटा फिजाई रहेको छ l भनीन्छ   'जब सम्म सास तब सम्म आस' यद्दपि यसलाई निरुत्साहित गर्न ठोस कदम नचाल्ने हो भने धमिराले काठ खोक्रो पारे झैँ बिश्व नै भिषण आक्रमणमा परि सक्ने थियो l सबै राष्ट्र भ्रष्टचार र आतंकबाद बिरुद्दमा लडी रहेका छन् तर पनि पुरै निर्मुल पार्न सकी रहेका छैनन किनभने यसले यस्तो जरा गाडेको छ जुन जरालाई उखाल्न निकै संघर्ष गर्नु पर्ने हुन्छ l भ्रष्टचारको चपेटामा हाम्रो मुलुक पनि पूर्ण रुपमा फसेको छ l तल्लो स्तर देखि उपल्लो स्तर सम्म उम्किन नसक्ने गरि दलदलमा जाकिएको छ l हालसालै हाम्रो मुलुकको सर्बोच्च न्यायालयले एक ऐतिहासिक निर्णय गर्दै भ्रष्टचारमा संलग्न राजनैतिक दलका तीन जना काला भालेहरुलाई बिभिन्न चरणमा खोरमा जाकेको छ l यत्र तत्र सर्बत्र न्यायालयले स्याबासी पाएको छ l मुलुक भित्र र बाहिर बसोबास गर्ने नेपाली मूलका सबैको हर्षको सिमा नाघेको छ l नेपाली मूलका सबैलाई भाले भन्ने शब्द बारेमा अर्थ्याई रहनु नपर्ला भन्ने ठान्दछु तर पनि बिदेशमा जन्म तथा बाल्यकाल देखि नै  बसोबास गरेका नयाँ पिढी भाले शब्दसंग अनबिज्ञ हुन् सक्दछ त्यसैले भाले शब्दलाई अर्थ लगाउदा पाठक वर्गले वहियात ठान्नु हुदैन भन्ने विश्वास लिएको छु l भाले अर्थात् पुरुष वर्गको कुखुरा ,पुलिंग जाती र कुखुरा जातीको लोग्ने मानिस l जब भाले अलिक घोर्ले अर्थात् जवान हुन्छ उसले टिकी नसक्नु पार्दछ l छोई नसक्नुको हुन्छ मानौ कि उ नै बिश्वको सबै भन्दा शक्तिशाली भएको उसलाई भान हुन्छ l उसको नजदिक आउने अन्यहरुलाई सक्ने अवस्था सम्म छेउमा आउन  सम्म दिदैन ,लखेटदछ र ठुन्ग्दछ l जब आहाराको खोजि गर्न उ निस्कन्छ कैयौ दिन देखि भोको पेट लिएर हिडेको र छटपटीमा तड्पी रहेको मौका पर्खेर ढुकिरहेको श्यालको फन्दामा पर्दछ र श्यालले एकै आहार बनाई दिन्छ l मात्तिएको भालेको ईहलिला समाप्त हन्छ l   भाले कसैलाई नगन्ने र नटेर्ने हुन्छ ,जति नै फुर्ति र अहंकार गरे पनि उ कि मानबको सिकार बन्दछ वा श्यालको फन्दामा पर्ने पर्दछ l यो त पंक्षीमा मात्रै यस्ता भाले हुदैनन l मानिसमा पनि यस्ता भालेहरुको जन्म भएको हुन्छ l उसले अकुत सम्पति कमायो भने कसैलाई गन्दैन र भ्रष्टाचार द्वारा कमाएको पैसा हुन साथ भाले बन्दछ  l अन्त्यमा श्यालको फन्दामा परे झैँ जालीमा पर्दछन l सर्बोच्च  अदालतले चरणबद्द रुपमा अकूत सम्पति आर्जन गरेको बिषयलाई गम्भीरता साथ खोतली चिरफार गरि तीन काला भालेहरुलाई दण्ड सहित झ्याल खानामा थुन्ने आदेस तोकेको निर्णयले बिगतमा काग्रेससंग सम्बन्धित राजनीतिक दलको नेताहरुको चरित्रले दललाई नै क्षति पुगेको र छबीमा आंच आई सकेको छ l अकुत सम्पति सम्बन्धि थुन्ने आदेस निर्णय हुन साथ काला भालेका समर्थकहरुको तोडफोडमा उत्रेको समाचारले न्यायालयको धज्जी उडाएको र संसारलाई स्तब्ध बनाएको छ l पाँच बर्ष अघि यो स्तम्भकार नेपालमा रहदा काठमाडौँको कलंकीमा एक बगलीमारा(गोजिमारा )लाई प्रहरीले पिट्यो भनि उल्टै बगलिमाराहरुले यातायात केहि घण्टा सम्म थप्प पारिदिएको आफैले भोगेको छ अनि देशको कानुन को के हैशियत रह्यो त ? अदालतको निर्णय प्रति सारा संसारले सम्मान गर्दछन l हुन् त हाल मुलुक आशंतिको भुमरीमा फसेको छ l  दण्डहिनताले सगरमाथा नाघी सकेको छ l मुलुकको राजनीति गुण्डागर्दी ,धम्कि ,त्रास ,हत्या ,हिंशा ,अपहरणको जस्ता अपराधिक गतिविधिमा चुर्लुम्ब डुबी सकेको छ l र हाम्रो जस्तो गरिब र पिछडिएको मुलुकमा न्यायालय पनि भ्रष्टचारबाट मुक्त छैन भन्ने समाचार बेलाबेलामा सुन्नमा नआएको पनि हैन l तर प्रश्न छ यी काला भालेहरु जसले २०४७ साल भन्दा अगाडी चप्पल र एक जोर वस्त्र भन्दा अरु जोर लगाउन धौ धौ अवस्था भएका नेताहरु २०४८ साल पश्च्यात पटक पटक बिभिन्न मन्त्रालयका मन्त्रि बनि देशको ढुकुटी रित्तो परि ब्रम्हलूट गरि कमाएको अकूत सम्पति जफत गरि खोरमा जाकिनु स्वाभाविक हुन्छ किनभने कालो भाले आखिरमा श्यालको फन्दामा पर्ने पर्छ l ढिलो चाडो जे भएता पनि शुभ समाचार सबैले सुन्न पाए l अधिकांश यी राजनैतिक दलका काला भालेहरुको दृष्टिकोण र ध्येह केवल मुद्रा (द्रब्य )कमाई पुस्तौ पुस्ता सम्म संचित गर्नु र सत्ताको बागडोर आफ्नो हातमा पार्नु सिवाय अरु कुनै बिकल्प नरहेको छ l यो पंक्तिकारले नेपालका एक राजनैतिक दलका व्यक्तिसंग भलाकुसारी गर्ने अवसर केहि समय अगाडी प्राप्त गरेको थियो र ति व्यक्तिले स्पस्टसंग जवाफ दिए कि  अधिकांस राजनीतिमा लाग्ने मानिसहरु केवल मुद्रा कसरि आर्जन गर्नेमा मात्र चिन्तित रहेको र देश प्रति मरिमेट्ने र राष्ट्रियताको कुरा गर्यो भने खिल्ली उडाउने छन् भनि जानकारी दिदा आश्चर्य लाग्नु स्वाभाविक हुन्छ l ४ बर्ष सम्म पनि संबिधान नलेखी करिब सात (७) अरब चिलिम पारेको सर्बबिदितै छ l भनिन्छ कुमालेको चक्र एक पटक सबै तिर घुम्छ ,हिजो सम्म भूमिगत र जंगल पसेका नेकपा (माओबादी )राजनैतिक दल हाल दक्षिण एसिया कै सबै भन्दा धनाड्य राजनैतिक दल भएको खुलाशा राष्ट्रिय प्रजातन्त्र पार्टी (दल)का अधक्ष्य कमल थापाले अमेरिका भ्रमणको बेलामा दिएका छन् l हालै माओबादी दलका नेताहरु विरूद उनीहरुले कमाएको अकुत सम्पति छानबिन होस् भनि सयौ उजुरी पारेको छ र फेरी कालो भाले श्यालको फन्दामा पर्न सक्ने प्रबल सम्भावना हुन् सक्दछ l सारा संसारले गम्भीरताका साथ निहाली रहेको छ l अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाको घर भएको राज्य सिकागोका गभर्नर(राज्यपाल )ले केवल अमेरिकाको सिनेट पदको लागि आफुलाई पैसा खुवाएमा जिताउने जस्तो अभिव्यक्ति मात्र गरेका तर अकुत सम्पति जोड्न सम्म नभ्याएका रड ब्लागो जेविचलाई अदालतले १४ बर्षको कारागारको फैशला सुनाएको छ l उनिले आफुलाई कालो भाले ठानि जे गरे पनि सदर हुन्छ भन्ने अहंकारले उनको राजनैतिक जीवन समाप्त भयो  र हाल उनि खोर भित्र छन् l ईतिहासमा -कालो भाले श्यालको फन्दामा परेको हाम्रो सामु -जर्मनीका हिटलर जसले सम्पत्ति र विश्वलाई एक बनाउछु भनि गरेको परिकल्पना ,अकूत सम्पति आर्जन र बागडोर टिकाउन गरेको जघन्य अपराधले उसको ईतिहास नै समाप्त पारिदियो किनभने उसले आफुलाई कालो भाले सम्झिए ! उम्लिए ,अहंकार र विश्व बिजयी बन्ने मिथ्या सपना देखे त्यसै गरि लिबियाका गद्दाफी सयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन् आउदा सयुक्त राष्ट्र संघको पुस्तक मिल्काई दिए र दम्भ गरे आफु नै सर्ब श्रेष्ठ भने किनभने उनि पनि आफुलाई कालो भाले सम्झिए l कठै जीवनको अन्तिम क्षणमा सुनौलो बन्दुक साथमा हुदाहदै पनि कसैले नजदिकबाट गोलि प्रहार  गरि रगताम्य पारी प्राण लगी दिए किनभने राष्ट्रलाई आफ्नी निजि कित्ता सम्झे र अकूत सम्पति जोडे र कसैलाई नगन्ने भए l आखिरमा आफ्नै जनताले फ्याली दिए र श्यालको फन्दामा कालो भाले पर्यो l नेपाली मूलका मानिसहरु विदेश माटोमा पनि नेपालका अधिकांश रबाफ ,फाई फुट्टी जस्ताको त्यस्तै भित्र्याएका छन र त्याग गर्न सक्ने छैनन् l हामी बुद्धका सन्तान बिश्व शान्तिमा विश्वास राख्ने हामी नेपालीहरु जहाँ गए पनि हामी सबैसंग नेपालीपन र नेपालीमन भएको हुनाले शान्तिको बिउ छर्ने कार्यमा व्यस्त भएमा हामी सबैको भलो हुनेछ l भाले जस्तै अहंकार गरेमा श्यालको फन्दामा कुनै न कुनै दिन परिने छ किनभने कुमालेको चक्र घुमी फिरी आउने छ l  विजय थापा  हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका

BijayThapa · Aug 17, 2012 9:24 AM · 1,451 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all