जिन्दगीलाई बुझ्नै सकिन मैले, कति सोधुँ ? फेरी सोधिन मैले . दुखियारीको घरमा दैब नबस्ने रे निष्ठुरीको पाउमा शिर राखिन मैले. औंसी चन्द्रमामा चांदीको घेरा खै? पित्तलको घेरा पनि देखिन मैले. खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै , छुरौटेहरु माझ ब्यथा पोखिन मैले. Last edited: 15-Aug-12 01:05 PM
rahulvai · Aug 15, 2012 12:58 PM · 18,668 views
वाह ठुल्दाई वाह .... फेरी क्या चसक्क गयो.... ".....खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै , छुरौटेहरु माझ ब्यथा पोखिन मैले. " ठुल्दाई हजुर को पंक्ति मा मैले पनि थपे ल ...अन्यथा नमान्नु होला ... भोलिमा रुमल्लिएको आज देखिन मैले , मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले . तिम्रो अगाडी आफ्नो मुटु फेरी फेरी रेटिन मैले , मायाको भुंग्रोमा बिश्वासको झिल्को भेटिन मैले . आस्थाको बाढीमा भक्तिको थोपा पाइन मैले, सबैको संगीतमा आफ्नो कथा कहिले गाइन मैले. जिन्दगीलाई बुझ्नै सकिन मैले, कति सोधुँ ? फेरी सोधिन मैले . - थाने
ThahaChaena · Aug 15, 2012 1:25 PM
माया मात्र खोजेको थिए बुझेनौ कहिले तिमीले निष्ठुरीलाई के थाहा र ? माया माग्नै छोडी दिए मैले
pokhrelikanchi · Aug 15, 2012 1:41 PM
सारै मिठो छ रहूल्दै :) तपाई को छेउ छौ लगेर येसो लेखना सिक्दै छु
pokhrelikanchi · Aug 15, 2012 1:43 PM
आहा कति राम्रो दुबैको प्रसंसा शब्द भेटिन मैले
kalikopoi · Aug 15, 2012 1:45 PM
Chhoto Mitho.
Kiddo · Aug 15, 2012 2:11 PM
मैले पनि अलिकति थपिदिएँ ठुल्दाई "अरुको आलिंगन मा त बांधियौ तिमि तर आफैंलाई पनि अंगाल्न भ्यायिन मैले चाख्दा नशालु रैछन यी अविरल बग्ने आँसुहरु त्यसैले मधुशाला कैले धाइन मैले हृदय को चीसोपन कसरि तताउने हो कुन्नि चिता को आगो मा पनि राहत पाइन मैले "
behoove_me · Aug 16, 2012 8:44 AM
चिसो चिसो सिरेटोमा , मुटु जलिरहेछ याहा , पिडा र छटपटाहट देखेर , अट्टहासको हासो हास्ने हरु हो , एक दिन तिमि पनि कात्रो मा बाधिएर देउघाटको त्रीबेनीमा जलिहरेको हुनेछौ, तिम्रा आफ्नै भनाउदाहरुले तिमलाई पोलीरहेका हुनेछन
juction4love · Dec 24, 2012 7:59 PM
Wah wah Kati meetha thuldAi
intelligentguy · Dec 24, 2012 10:09 PM
Great poem thuldai. It was always good seeing and reading the few good writer's post. Didn't know that behoove writes poem too. Good seeing and nice reading sir/mam.
Karnali Blues · Dec 25, 2012 8:01 AM
जिन्दगीलाई बुझ्नै सकिन मैले, कति सोधुँ ? फेरी सोधिन मैले Wah wah Wah wah Wah wah Wah wah Wah wah मैले पनि कहाँ बुज्न सके र जिन्दगि लाइ ठुल्दाई "मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले" legendary!!!
namit_thapa · Dec 25, 2012 11:17 AM
नाम हो भन्थे जिन्दगि , नाम कमाए कसैले, दाम हो भन्थे जिन्दगि, दाम कमाए कहिले कहिँ चिप्लिएर वदनाम पानि कमाए खुसि हो भन्थे जिन्दगि, खुसि मा रमाए कसैले दुखः हो भन्थे जिन्दगि, दुखः समाए कहिले कहिँ झुक्किएर बेहोसी मा रमाए खै, के हो जिन्दगि, के हो के हो Last edited: 25-Dec-12 04:02 PM
timi_mero_sathi · Dec 25, 2012 2:19 PM
"कहिले कहिँ चिप्लिएर वदनाम पानि कमाए कहिले कहिँ झुक्किएर बेहोसी मा रमाए" aaba chai sajha ma pheri kabita ko basna aauna thale ko cha... jaos aaru pani jaos....
namit_thapa · Dec 25, 2012 4:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion