भारत निर्माणमा नेपालीको योगदान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  भारत निर्माणमा नेपालीको योगदान                    प्रा. विद्यावीरसिंह कंसाकार ३         भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र गर्नलागेका भारतीय नेताहरूले अंग्रेज सेनाको बन्दुकमा हाल्ने कारतुसमा सुँगुरको बोसो हालेको छ भन्ने हल्ला फैलाएपछि त्यहाँ रहेका हिन्दु र मुसलमान सैनिकहरूले अपवित्रता महसुस गरेर विद्रोह गरे । उक्त विद्रोहलाई दबाउन अंग्रेज सरकारले सहयोग मागेपछि प्रधानमन्त्री जंगबहादुर आफैं १२ हजार नेपाली फौज लिएर लखनऊ गएर सिपाही विद्रोह दबाउन सघाए । यसले गर्दा अंग्रेज सरकार कास्मिरदेखि कन्याकुमारी र अफगानिस्तानदेखि बर्मासम्म फैलिएको विशाल भारत राष्ट्र बनाउन सफल भए । नेपालले अंग्रेजलाई सहयोग गरेर सिपाही विद्रोह अर्थात भारतको स्वतन्त्रताको प्रथम युद्ध बिथोलिदिए भनेर भारतीयहरूले आरोप लगाउने गरेका छन् । नेपालले सहयोग नगरेको भए अंग्रेज सरकार भारत छाडेर जान्थे र भारत पहिलेजस्तै सानातिना राज्य-रजौटामा विभाजित भएर रहन्थ्यो होला, यस्तो अनुमान पनि गर्न सकिन्छ । नेपालको सहयोग भारत एकीकरणका लागि वरदान सिद्ध भएको भन्दा फरक पर्दैर्न होला । भारत स्वतन्त्र हुनुभन्दा अगाडि पञ्जाब र बंगालमा हिन्दु-मुस्लिमबीच भएको जातीय दंगामा गोर्खाली फौजले निष्पक्ष भएर हिन्दु बाहुल्य क्षेत्रमा अल्पसंख्यक मुस्लिमहरू र मुस्लिम बाहुल्य क्षेत्रमा अल्पसंख्यक हिन्दुहरूको ज्यान जोगाएका ज्वलन्त उदाहरणहरू छन् । त्यतिबेला उल्टो बंगाल सरकारले गोर्खाली सेनाले पक्षपात गर्‍योे भनेर गोर्खालीहरूको व्यापक विरोध गरी 'हिन्दुहरूलाई हिन्दुस्तान, मुस्लिमहरूलाई पाकिस्तान र गोर्खालीहरूलाई कब्रस्तान' भन्नेे नाराबाजी चलाएको थियो । भारतमा बसेका नेपालीहरूले 'अंग्रेजका भरौटे', 'भाडाका टट्टु' भन्नेजस्ता अपमान सहनुपरेको थियो । भाडामा बसेको घरबाट निकालिने, घर-बाटामा लुटिनेजस्ता दुव्र्यवहार भोग्नुपरेको थियो । भारत र पाकिस्तानको विभाजन हँुंदा रेलमार्गबाट पाकिस्तान जान चाहने मुस्लिम शरणार्थीर्को र पाकिस्तानबाट भारत जान चाहने हिन्दु शरणार्थीको स्थानान्तरण भारतमा गरिंदा शरणार्थीहरू गन्तव्य स्थानमा पुग्दा रेल डिब्बाहरूमा जीवित व्यक्ति नभई लासहरूमात्रै पुग्थे । कप्तान आरई आट्किन्सको नेतृत्वको गोर्खाली फौजले रेलमा सुरक्षा पुर्‍याएपछि मात्र हिन्दु र मुस्लिम शरणार्थीहरू आ-आपmना गन्तव्यमा सकुशल पुगे । भारतमा चलिरहेका स्वतन्त्रता आन्दोलनको फलस्वरूप बेलायतले सन् १९४२ मा भारतलाई सत्ता सुम्पने निर्णय गर्‍यो । तर भारतीय फौजमा रहेका १० लाख नेपालीको विषय धेरै वर्षसम्म अनिणिर्त रह्यो । यस विषयमा भारत स्वतन्त्र हुनुभन्दा एक वर्षजति अघिमात्र चासो बढ्न थाल्यो । अंग्रेज सरकारलेे आपmना थुप्रै उपनिवेश जस्तै इराक, एडेन -यमन), सिलोन -श्रीलंका), बर्मा, मलाया -मलेसिया), सिंगापुर, हङकङ, माल्टा, जिब्राल्टर, बेलिज, गायना, वेष्ट इन्डिज, जमैका आदिको सुरक्षा गर्नुपरेको थियो । विश्वयुद्धका दौरान धेरै अंग्रेजहरूको मृत्यु भएकाले बेलायतवासीहरूले सेनामा भर्तीे हुन कम चासो राखेको र उनीहरू ज्यादै खर्चिलो भएकाले प्राप्त गर्न सजिलो/सस्तो नेपालीहरूको भर्तीलाई प्राथमिकता दिइएको थियो । त्यसैले अंग्रेज सरकारले सबै गोर्खाली फौज आप"mूले राख्ने र कुनै पनि भारतलाई नदिने निर्णय गरेको थियो । अंग्रेजको पालामा भारतीय फौजमा ६० प्रतिशत मुस्लिम थिए । भारत स्वतन्त्र भएपछि अधिकांश मुस्लिम पाकिस्तानमा गए र बाँकी रहेका मुस्लिमलाई विश्वास गर्न नसकिने थियो । भारतमा लडाकु जातिमध्येका सिखहरू स्वायत्त राज्यको माग गरिरहेका थिए र उनीहरूको अविभाजित स्वायत्त पञ्जाब राज्यको मागलाई भारत या पाकिस्तान जसले स्विकार गर्‍यो, त्योसँग मिल्न जाने निर्णय गरेका थिए । त्यसैले सिखहरूलाई पनि विश्वासमा लिन नसकिने हुनाले सेनामा लडाकु र विश्वासी भएकाले गोर्खालीलाई लिनसक्ने देखेर भारतीय नेता जवाहरलाल नेहरूले गोर्खाली भारतीय सेनाका लागि अपरिहार्य देखे । भारतसँग सम्बन्धित कुनै पनि विषयमा निर्णय लिनु अगाडि भारतको भावी सरकारको राय लिनुपर्छ भन्ने बेलायतको लेबर पार्टी सरकारको निर्णयअनुसार गोर्खाली सेना सबै बेलायती सेनामा राख्ने विषयमा नेहरूसँग कुरा गर्दा उल्टो भारतले गोर्खाभर्ती भारतको भूमिमा गरिएको हुनाले भारतको हुन्छ र बेलायतलाई एकजना पनि नदिने भने । बेलायतचाहिं आपmना उपनिवेशहरूको रक्षार्थ कुनै पनि उपायबाट कम्तीमा २५ हजार गोर्खाली सेना चाहन्थ्यो । स्वतन्त्रतापछिकोे हिन्दु बहुल भूूमि भारत भयो र मुस्लिम बहुल भूूमि पश्चिममा आधा पञ्जाबसहित पश्चिमी पाकिस्तान र बंगालमा पूर्वी पाकिस्तान गरी विभाजन गरियो । अन्डमान निकोबार टापुहरूका विषयमा कसैले सोचेको थिएन । बेलायतका सेनापति लर्ड मन्टगोमरीले नेहरूलाईर् भेटेर बेलायतलाई गोर्खाली फौज नदिने भए सामरिक महत्वको अन्डमान निकोबार टापुहरू आपmनो पूूर्व-पश्चिममा रहेका उपनिवेशहरूको रेखदेख र रक्षाका लागि आफूले राख्ने भने । सामरिक महत्वको कुरा सुनेपछि नेहरूले आपmना सहयोगीहरूसँग सल्लाह गरी भारतले अन्डमान निकोबार टापुहरू आफूले राख्ने र त्यसको सट्टा १० बटालियन गोर्खाली फौजबाट चार बटालियन बेलायतलाई दिने सहमति जनाए । लामो अवधिसम्म गोर्खाली सिपाहीहरूको भविष्य अनिणिर्त राखेका कारण गोर्खालीहरूको अंग्रेजहरूप्रतिको विश्वास घट्यो र जनमत गर्दा चार बटालियनमा रहेका धेरै गोर्खालीहरूले भारतीय सेनामा रहने पक्षमा मत दिए । भारत स्वतन्त्र भएको करिव तीन महिनापछि अर्थात् १० नोभेम्वर १९४७ मा नेपाल, भारत र बेलायतबीच गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियोे । नेपालीहरू धेरै भारतीय सेनाको गोर्खा बटालियन र आसाम राइफल्समा छन् भने त्यसबाहेक सीमा सुरक्ष्ााबल, अर्धसैनिक बल र अन्य फौजहरूमा पनि छन् । त्यस्तै पुलिस र मिलिटरी पुलिसमा पनि कार्यरत छन् । थुप्रै नेपालीहरूले दरवान र चौकिदार भई भारतका सहर-बजारहरूको सुरक्षा तथा त्यस्तै घरेलु नोकर, होटल, रेष्टुराँ, कारखाना, खानी आदिमा पनि मजदुरका रूपमा कार्यरत भई ठूलो योगदान पुर्‍याएका छन् । विश्वप्रसिद्ध दार्जिलिङको चियाखेतीको सुरूवातदेखि नै नेपालबाट गएका मजदुरहरूको गहन योगदान रहेको तथ्य कसैले बिर्सन सक्दैन । नेपालीहरूले आसाममा जंगल फडानी गरी कृषी र पशुपालन तथा चियाखेतीका लागि जमिन तयार गरेका थिए ।    भारतका लागि नेपालको अपूर्व योगदान गौतम बुद्धको हो । सिद्धार्थ गौतमले ज्ञानको खोजीमा भारतमा गई बुद्धत्व प्राप्त गरी सत्य, शान्ति, सहिष्णुता, अहिंसा, भ्रातृत्व र सहअस्तित्वको सिद्धान्त प्रतिपादित र प्रचार गरेर आपmनो सम्पूर्ण जीवन भारतलाई समर्पित गरेर भारतको प्रतिष्ठा बढाइदिए । भारतको बोधगया, नालन्दा, सारनाथ, कुशीनगर आदि बौद्ध तीर्थस्थलको रूपमा विकसित भई संसारभरिका बौद्ध धर्मावलम्बीहरूका साथै अन्य पर्यटकहरूको प्रमुख आकर्षण केन्द्र रहेको छ । महावीरको जैन धर्म र गुरुनानकको सिख धर्म बुद्धको उपदेशबाट प्रेरित भएकोमा कुनै शंका छैन । भारतले बुद्धको सिद्धान्तबाट उत्प्रेरित भएर बनाएकोे शान्तिपूर्ण सहअस्तित्व र अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने असंलग्न परराष्ट्र नीति व्यवहारमा छिमेकी देशहरूका लागि कहिल्यै लागू भएन र गरेन । तर नेपाललेे असंलग्नताको नीतिअनुरूप कहिल्यै आपmनो भूमि भारत वा चीनविरुद्ध उपयोग गर्न दिएको छैन र दिने छैन । नेपाल-भारतबीच द्विपक्षीय सम्झौता भारतले राम्रोसँग नअपनाएको दृष्टान्त कोशी र गण्डक योजनाबाट नेपालले पाउनुपर्ने जायज सुविधा र फाइदाको उपभोग गर्नवाट बञ्चित रहेको सर्वविदितै छ । नेपालजस्तो आत्मियता भएको नजिकको छिमेकीसँग ६० भन्दा बढी स्थानमा रहेका सीमा विवादहरूको भारत स्वतन्त्र भएको ६५ वर्षपछिसम्म निराकरण नहुनु ज्यादै दुःखको कुरा हो । परस्पर लेनदेनका आधारमा सीमा विवादको निराकरण गर्न सकिने यथार्थ बिर्सनु भएन । नेपाल र नेपालीहरूले भारतको विभिन्न क्षेत्रमा गरेको योगदानलाई बिर्सेर भारतले नेपाललाई शंकाका दृष्टिले हेर्न छाडेको छैन । नेपालप्रतिको व्यवहारमा हेपाई र रूखोपन रहेकाले गर्दा भारतले नेपालीहरूको मन जित्न नसकेको हो भन्दा अत्युक्ति नहोला । भारतको नेपालसँगको सशंकित मनस्थितिमा परिवर्तनको आवश्यकता छ भन्नेमा दुईमत हुनसक्दैन ।  http://www.ekantipur.com/nep/2...

_____ · Aug 15, 2012 5:57 AM · 1,731 views

1 Reply

Seems like we are mexican in US :(

facebook · Aug 15, 2012 6:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all