भारतीय सेना नेपाल भित्र्याउने योजना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 काठमाडौ, साउन २८ । एमाओवादी नेतृत्वको सरकारको नेपालमा भारतीय सेना भित्र्याउने योजना क्रमशः अगाडि बढिरहेको जानकारहरुले बताएका छन्। पछिल्लो पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय र नेपाली सेनाका बीचमा संयुक्त सैनिक अभ्यास गर्न अनुमति दिनु भएको रहस्य खुलेको छ। नेपाली सेनासँग मिलेर अभ्यास गर्ने नाममा भारतीय सैनिकहरु नेपालका बिभिन्न ब्यारेकहरुमा आएर बस्ने र चीनको सीमामा गस्त ीगर्ने भएका छन्। नेपाल र भारतको इतिहासमा कहिल्यै नभएको नेपाल र भारतबीचको संयुक्त सैनिक अभ्याससम्बन्धी निर्णय प्रधानमन्त्री भट्टराईले गत वैशाख ७ गतेको नै मन्त्रिपरिषदको बैठकबाट गराइसक्नु भएको जानकारहरुको भनाई छ। ०६९ वैशाख १३ गतेदेखि १६ गतेसम्म पोखरामा दुई देशका सहसचिवको नेतृत्वमा भएको वार्तामा मन्त्रिपरिषदले पारित गरे अनुसार कै एजेण्डामा हस्ताक्षर भएको थियो। त्यसमा दुई देशबीच संयुक्त सैनिक अभ्यास गर्ने लेखिएको थियो। स्मरणिय छ –सीमा विवाद भएका देशहरुकाबीच सैनिक अभ्यास गर्ने गरिँदैन। सैनिक गोप्यतालाई देशको सबैभन्दा ठूलो गोप्यता मानिन्छ। तर नेपाली सेनाका सबै गोप्यताहरु भारतीय सेनालाई जानकारी गराइएको छ। नेपाल र भारतबीच पूर्ब मेचीदेदि पश्चिममा महाकालीसम्म नै धेरै ठाउँमा सीमा विवाद छ। सीमाको रक्षा गर्न काम सेनाको पनि हो। तर उसले सीमाको रक्षाका लागि सिन्को सम्म पनि भाँचीरहेको छैन। प्रतिआतङ्कवाद र जङ्गली लडाइँ, छापामारविरुद्धको लडाइँ र हिमाली भेगमा लडदा प्रयोग गरिने ट्याक्टिसहरु भारतीय सेनासँगबाट सिक्ने गरिएको छ।  नेपाल सरकारको अनुमति लगत्तै दुवैदेशका गरी १६ सय सैनिकले बाराको अमलेखगञ्जको जङ्गल र आसपासमा आगामी मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म जङ्गली अभ्यास गर्ने भएका छन्। यस अघि तत्कालीन पर्यटन मन्त्री हिसिला यमीले नेपालका बिमानस्थलहरुमा भारतीय एयर मार्शल राख्न अनुमति दिनु भएको बताइएको थियो। जसका बारमा ठूलो बिबाद कायम नै छ। त्यसैगरी एमाओवादी र मधेशी दलको सरकारले त्रिभुबन अन्तराष्ट्रिय लगायतका नेपालका १६ भन्दा बढि बिमानस्थलहरु भारतीयहरुलाई ब्यबस्थापन गर्न दिने गोप्य सहमति पनि गरिसकेको थाहा भएको छ। सर्बोच्चको आदेशपछि हाल सो योजना थाति रहेको छ।  

Sajivan · Aug 12, 2012 11:56 AM · 14,271 views

2 Replies

Souce is this article ?

dolphin · Aug 12, 2012 11:58 AM

listen this gazal http://www.youtube.com/watch?v... Last edited: 13-Aug-12 10:22 AM Last edited: 13-Aug-12 10:25 AM

prabhat41 · Aug 13, 2012 2:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all