काम गरौं काम मिहिनेतको बलमा सडकबाट महल पसे नेपालगञ्जका एक पौरखी। हिमालखबर मंगलबार , २३ साउन २०६९ ११:५४ एम २०४५ सालमा किराना पसल उधारोले डुबेपछि दुईचार पैसा जुटाएर ठेलामा फलफूल बेच्न थालेका रतिलाल पराजुली (६५) अहिले नेपालगञ्जमा करोडपति बनेका छन् । शहरमा उनका दुई वटा घर, दुई वटा घडेरी र बसपार्कमा फेन्सी स्टोर छन् । यो उमेरमा नपुग्दो केही छैन । घरपरिवार सबैले आराम गर्न भन्छन्, तर उनी भन्छन्, “काम गर्दा कसरत पनि पुग्छ, दुई–चार पैसा पनि हुन्छ । काम गर्न छाडेँ भने त म गरीबलाई पनि धनीको रोग लागिहाल्छ नि !” पसल डुबेपछि पनि हरेस नखाई बसपार्क वरपर बदाम र फलफूल बेचेका उनले त्यसको १० वर्षपछि नै रु.६० हजार लगानी गरेर जुत्ता कारखाना खोलेका थिए— बाजे जुत्ता उद्योग । बाहुनको छोरो भएर जुत्ता बनाउँदा धेरैको नाटीकुटी सहनु पर यो, तर कुरा काट्नेहरूले काटिरहे उनले बनाएका सात–आठ डिजाइनका जुत्ताले सुर्खेत र नारायणगढसम्मको बजार लिए । सरकारले तोकेको कर पनि खुरुखुरु तिरिरहेको बाजे जुत्ता उद्योगमा नौ जनाले रोजगारी पाएका छन्, जो दैनिक ४० जोरसम्म जुत्ता उत्पादन गर्छन् र रु.४०० देखि ६०० कमाउँछन् । तलुवा, तना लगाउन सिपालु पराजुली बाजे पनि कामदारहरूसँगै काममा खट्छन् र उनीहरूसँगै खान्छन् । अर्काको चियोचर्चो गरेर बस्नेहरूलाई पराजुलीको जवाफ छ, “मान्छेको जात र कामको प्रकार जति धेरै भए पनि एकै हो । लाखौं खर्चमा १५–२० वर्ष पढ्दा पनि जागिर नपाइने जमानामा काम गर्न लजाएर कोही उँभो लाग्दैन । त्यसैले सबैले सकेको काम गरौं ।” काममा विश्वास गरेकै कारण सडकबाट महलमा पसेका रतिलाल पराजुलीका तीनमध्ये एक छोरा पसल सम्हाल्छन् भने दुई जना पढ्दै छन् । दुई छोरीको विवाह भइसक्यो । -देवी सापकोटा/कृष्ण अधिकारी हिमाल खबरपत्रिका १६–३० कार्तिक २०६८ from my side: Please pay attention to Brand
_____ · Aug 11, 2012 8:54 AM · 1,336 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion