उदांगिँदैछ देशद्रोहीहरुको खुनी चेहरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  उदांगिँदैछ देशद्रोहीहरुको खुनी चेहरा   भरत दाहाल -- बाबुराम भट्टराईका मानसपिता तथा विस्तारवादी नीतिका कुटिल गुरु एसडी मुनीले पुष्पकमल दाहाल र बाबुरामले २०५९ सालमा भारतको प्रधानमन्त्री कार्यालय र त्यसपछि त्यहाँको गुप्तचर संस्था आईबी र रअ समक्ष प्रतिबद्धता पत्र चढाएका थिए भनी आफ्नो भर्खरै प्रकाशित पुस्तक 'नेपाल इन ट्रान्जिसन' मा उल्लेख गरेको विषयलाई लिएर काठमाडौंका केही धनाढ्य सञ्चार गृह र 'स्वतन्त्र' लेखक, विश्लेषक तथा पत्रकारहरुले निकै ठूलो चर्चाको विषय बनाएका छन्। पुष्पकमल र बाबुरामहरु 'जनयुद्ध' पूर्वदेखि नै विदेशी गुप्तचरहरु थिए र उनीहरुले सञ्चालन गरेको 'जनयुद्ध' एस.डी. मुनीको विस्तारवादी देश लगायतका साम्राज्यवादी शक्तिहरुको योजनामा उठान गरिएको थियो भन्ने तथ्यलाई सचेततापूर्वक ढाकछोप गर्ने कुनियतले सुरु गरिएको यो चर्चाको मुख्य उद्देश्य विदेशी शक्तिहरुको अपराधलाई जोगाउनु र दाहाल–भट्टराईसँग व्यक्तिगत रिसइबी  साध्नुमा मात्र केन्द्रित रहेको छ।  जसले एस.डी.मुनीको बकपत्रलाई ढाल बनाएर दाहाल–भट्टराईको उछितो काढ्न खोजिरहेका छन्, तिनीहरुले के कुरा लेख्न सक्दैनन् भने पुष्पकमल र बाबुरामहरु विदेशीको हातका लठ्ठी मात्र हुन्। नेपालमा विगत अढाई दशकदेखि जे भइरहेको छ, यससँग नेपाल र नेपाली जनताको कुनै साइनो छैन। माओवादी 'जनयुद्ध', 'दरबार हत्याकाण्ड', 'बाह्र बुँदे समझदारी', 'नगरिकता ऐन', 'लोकतन्त्र' नामको डकैतीतन्त्र जस्ता घटनाहरु नेपाललाई असफल राज्यमा परिणत गरेर यहाँभित्रबाट चीनविरोधी रणनीति अघि बढाउने वृहत योजनाका अंगहरु मात्र हुन् भन्ने यथार्थ यिनीहरु लेख्न चाहँदैनन्।  थप प्रमाणहरु  एस.डी.मुनीको बकपत्रलाई भर्खरै उद्घाटन भएको रहस्य जस्तो गरी चर्चा गर्नेहरु त्यसभन्दा पहिले नै दाहाल–भट्टराई को थिए र उनीहरुलाई कसले कस्तो उद्देश्यका लागि काँध हालेको थियो भन्ने कुराबारे पहिल्यैदेखि जानकार छन्। त्यसैले एमाओवादीका नेताद्वय, एस.डी. मुनी र उनको देश तथा काठमाडौंका चर्चाकारहरुको चरित्रलाई पर्दाफास गर्नका लागि थप केही महत्वपूर्ण प्रमाणहरुको उल्लेख गर्न जरुरी छ।  १. २०५३ सालमा एउटा भेटघाटका लागि भारत बोलाएको एउटा कार्यक्रममा यो पंक्तिकारले बाबुराम भट्टराईलाई दिल्लीसँगै जोडिएको फरिदावाद सहरमा भेटेको थियो। पुष्पकमल अर्को कार्यक्रममा व्यस्त रहेको भनी उनीसँग भेट्न नसकेको यो पंक्तिकार बाबुरामसँग भने टेम्पोमा बसेर सहर घुमेको थियो।  २. पार्टीभित्र यो पंक्तिकारको अन्तर्विरोध  सुल्भि्कन नसक्ने अवस्थामा पुगेपछि त्यसलाई मिलाउन भनी २०५४ साल (सायद मंसिर–पुस महिना) लखनउ बोलाइएको थियो। त्यहाँ पंक्तिकारसहित पुष्पकमल, बाबुराम, पोस्टबहादुर बोगटी, लेखराज भट्ट, यानप्रसाद गौतम, हेमन्तप्रकाश वली, हिसिला यमीलगायत दुई दर्जन जति व्यक्तिहरुको उपस्थिति थियो। भारतको कृषि मन्त्रालयअन्तर्गतको एउटा अतिथि आवास गृहमा दुई दिनसम्म चलेको सो भेटघाटमा बाहिरबाट आवतजावत सबैका लागि खुला थियो र भवनको वरिपरि भारतीय सुरक्षा गार्डहरुको पहरा थियो।  ३. २०५६ सालमा सिलगढीमा भएको नौ वटा वाम दलको भेटघाट (सिलगढी बैठक) भारतीय शासक वर्गसँग समन्वय गरी आयोजना गरिएको थियो। पुष्पकमल, माधव नेपाल, नारायणकाजीलगायतकाहरुको पार्टीको प्रमुख भूमिका रहेको भनी प्रचार गरिएको सो बैठकका दौरानमा भारतीय सत्ता र यहाँका 'वाम' दलहरुका बीचमा समन्वय गर्ने शक्ति पश्चिम बंगालको मार्क्सवादी पार्टी थियो। पुष्पकमलका भूतपूर्व सम्धि राजनारायण प्रधान (सिलगढी)ले स्थानीय रुपमा व्यवस्था गरेको उक्त बैठकका दौरानमा नेपालका मुख्य तीन जना 'वाम' नेताहरुसँग भारतीय गुप्तचर संस्थाका अधिकृतहरुले वार्ता पनि गरेका थिए।  ४. पुष्पकमल दाहालको विज्ञापन एजेन्ट बनेर काम गर्ने शर्तमा २०५५–२०६२ सालसम्म माओवादीबाट पटक–पट गरी रु. ६२ लाख हजम गर्ने नारायणकाजी श्रेष्ठलाई २०५७ सालमा एमाओवादी नेता टोपबहादुर रायमाझीले रु. ५ लाखको चेक दिल्लीमै हस्तान्तरण गरेका थिए।  ५. २०५८ साल जेठ १९ गते  तात्कालीन राजा वीरेन्द्रको परिवारलाई समाप्त पारेपछि नारायणहिटी दरबारभित्र रहेको सेनालाई दाङ, सोलु, सल्लेरी, अछामको मंगलसेनमा सरुवा गरिएको थियो। दरबार हत्याकाण्डको बेला ड्युटीमा रहेका साक्षी सैनिकहरुलाई मार्ने विदेशी योजना अन्तर्गत पुष्पकमल र बाबुरामहरुले २०५८ साल मंसिर ८ गते शाही सेनामाथि पहिलो आक्रमण गर्दा त्यही दाङ र सोलु सल्लेरी ब्यारेकलाई निशाना बनाएका थिए। मंगलसेनमा त गिरफ्तारीमा परिसकेका सैनिक जवानहरुको घाँटी रेटेर एक जनालाई पनि जीवित रहन दिइएन। दरबार हत्याकाण्डको २० दिनपछि भाकपा मार्कसवादी महासचिव प्रकाश करात, पुष्पकमल, बाबुराम र भारतीय गुप्तचर निकायका बीचमा भेटघाट भएको थियो।  ६. जनयुद्ध सुरु भएपछि तात्कालीन माओवादीले भारतमा गरेका बैठक, भेला, सम्मेलन र भेटघाटहरु त्यहाँको भाकपा (माओवादी)को आधार क्षेत्रमा भएका थिएनन्। सबै कार्यक्रमहरु भारतीय सत्ता सञ्जाल एकदमै चुस्त रहेका दिल्ली, लखनऊ, सिलगढी, कलकत्ता, अमृतसर, भरिण्डा, फरिदावादजस्ता सहरहरुमै भएका थिए। अधिकांश कार्यक्रमहरु र जमघटहरु दिल्लीका भव्य गेस्टहाउसहरुमा हुन्थे भनि देखि जान्ने हजारौं एमाओवादी, माओवादी कार्यकर्ताहरु अझै पनि मरेका छैनन्।  पाप धुरीबाट कराउँछ  'पाप धुरीबाट कराउँछ' भन्ने लोकोक्तिझैं मुनीको बकपत्रलाई मिलाएर खण्डन गर्ने नाममा बाबुरामको मस्तिष्कबाट अर्को पाप कराएको छ। उनले २०५९ मा चढाएको याचनापत्र राष्ट्रसंघ, अमेरिका, युरोप, भारत सबैलाई लेखेको र उनीहरुको पत्रिकामा प्रकाशित भइसकेको वक्तव्य हो भनी जिकिर गरेका छन्। अर्को अपराध गरेर उन्मुक्ति प्राप्त गर्न खोज्दा भट्टराईको दिमागले कुन तथ्यलाई सन्तुलनमा राख्न सकेन भने राष्ट्रसंघ, युरोप, अमेरिका आदिलाई पठाएको पत्रमा 'भारतसँग विशेष सम्बन्ध राख्ने' र त्यसका सबै आकांक्षाहरु 'पूरा गरिदिने' कुराहरु लेखिएका छैनन्। एस.डी. मुनीको बकपत्रले भारतसँग पुष्पकमल–बाबुरामले कसम खाएको कुरा उल्लेख गरिएको छ, जबकि भट्टराईको 'शान्तिका लागि' सबैलाई पठाएको पत्र हो भन्दै आफ्नो गुप्तचरी खुनी चेहरालाई अझ पनि लुकाउने कुचेष्टा गरेका छन्। मुनीले उल्लेख गरेको याचना पत्र र बाबुरामले उल्लेख गरको 'शान्ति पत्र' को मनसाय, उद्देश्य, भाषा, विषयवस्तु केही पनि मिल्दैन।  २० हजार नेपालीहरुको कंकाल पेटमा हालेर निर्भयतापूर्वक ढलक ढलक गर्दै देशको ब्रम्हलुट मचाउने शासक बन्नेसम्मको सहुलियत यी दुई खुनीहरुले त्यसै पाएका होइनन् भन्ने कुरा दुनियाँले बुझेको छ। यिनीहरु खुनी गुप्तचर हुँदैनथे भने साम्राज्यवाद–विस्तारवादको न्यायालयबाट उहिल्यै झुन्ड्याइने थिए। आफ्नै लगानी र योजनामा उठाइएका सद्दाम हुसेन, विन लादेन, प्रभाकरणहरुलाई नछोड्ने साम्राज्यवादी–विस्तारवादीहरुले 'विश्वक्रान्ति' सम्पन्न गर्न हिंडेका 'कम्युनिस्ट', त्यो पनि 'माओवादी कम्युनिस्ट'लाई सहुलियत दिएको स्वाङ पारेर दाहाल–भट्टराईले अरुलाई के पागल बनाउलान, आफैं महापागल बनिरहेका छन्। जसले 'जनयुद्ध'लाई 'क्रान्ति'का लागि सुरु गरिएको हो भनी व्याख्या गर्छ, जसले दरबार हत्याकाण्डलाई आन्तरिक पारिवारिक विवादका नतिजा हो भनी उपदेश दिन्छ, जसले बाह्र बुँदे समझदारीलाई यहाँका दलहरुको प्रयासको फलका रुपमा चित्रण गर्दछ, जसले 'शान्ति प्रक्रिया'को नाटकलाई नेपालको द्वन्द्वको समस्या समाधान गर्ने कदमका रुपमा अपव्याख्या गर्दछ, जसले नागरिकता ऐनलाई यहाँको नागरिकता समस्या हल  गर्ने उपाय हो भनी उपदेश दिन्छ, जसले दलहरुका बीचको कचिंगललाई 'आस्थाको भिन्तता'का रुपमा प्रस्तुत गर्ने कोसिस गर्दछ र जसले आजको डकैतीतन्त्रलाई जनताको शासन प्रणालीका रुपमा परिभाषित गर्दछ, त्यो शक्ति र व्यक्ति, दायाँबायाँ कतैबाट पनि सोच्नै नपर्ने कोटीको देशद्रोही हो। बाहिर छरपस्ट रुपमा आइरहेका यति गम्भीर विषयहरुमा मौन रहने वा त्यसलाई ढाकछोप गर्नेहरु देश र जनताका शत्रुहरु हुन्। एक दिन यी सबैको धुरीबाट पनि पाप कराउने छ।  सान्दर्भिकता सकियो  एस.डी. मुनीको बकपत्र भविष्यको योजनासहित भारतीय सत्तासँगको समझदारीबाटै आएको छ। यो यस्तो समयमा बाहिर आएको छ, जुन बेला एमाओवादी विभाजन भएको छ र वैद्यहरुको पार्टी पुनर्गठनपछि अब त्यहाँ निख्खर गुप्तचरहरुको मात्र राज छ। त्यहाँभित्र अल्मल्याउनु पर्ने पंक्ति बाहिरिइसकेपछि बाँकी रहेको गुप्तचर ग्याङलाई 'मधेसवादी' जस्तै कित्ताका बनाएर राख्नु मुनीको बकपत्रको एउटा उद्देश्य हो। मुनीको पुस्तकले संकेत गरेको अर्को अर्थ के हो भने पुष्पकमल र बाबुरामबाट पूरा गराउने लक्ष्य राखिएका योजनाहरु 'विप्पा' पछि अवरुद्ध भएका छन् र उनीहरुको पहिलेको हैसियत पनि समाप्त भएको छ। गुदी सबै सकिएर बोक्राका रुपमा मात्र बाँकी रहेका अनुचरहरुलाई काखी च्यापेर राखेर नोक्सानी मात्र बेहोर्नुभन्दा उनीहरुलाई नंग्याएजस्तो गरेर अरु शिखण्डीहरुलाई पालो दिएर काम अगाडि बढाउनु उचित हुन्छ भन्ने त्यसको आशय हो। मुनीको बकपत्रको तेस्रो महत्वपूर्ण पक्ष हो– 'शान्ति प्रक्रिया' को नौटंकी 'माओवादी' ब्राण्डसँग जोडिएर आएको हुँदा यो ब्राण्डलाई जगैदेखि नभत्काएसम्म षड्यन्त्रको अर्को चरण अघि बढ्न सम्भव छैन। पुष्पकमल र बाबुरामको 'शान्ति प्रक्रिया'लाई गुप्तचरीसँग जोडेर उदांगो पारिदिएपछि 'शान्ति र संविधान'को नारासँग नेपालीहरुको मोहभंग हुन्छ र नेपालीहरुलाई अर्को नाराको शिकार बनाउन सकिन्छ भन्ने आशा भारतीय विस्तारवादले राखेको देखिन्छ। मुनीको चौथो मनसाय हो– बकपत्रद्वारा माओवादी स्कुलिङको वृत्तभित्र चरम घृणा पैदा गराई मारकाट गराउनु र अप्ठ्यारोमा पर्दै गएका पुष्पकमल–बाबुरामलाई संरक्षण दिएजस्तो गरेर उनीहरुका हातबाट वास्तविक माओवादीहरुको कत्लेआम गराउनु।  नेपालभित्र र बाहिरका जुन शक्तिले जुन स्वार्थका ला िजस्तो प्रकारको खेल खेलेको भए पनि पुष्पकमल र बाबुरामहरु समाजका सर्वाधिक घृणित, पतित र नैतिकताबाट पूर्णरुपमा च्युत पात्रहरु हुन् भन्ने तथ्य प्रमाणित भएको छ र के कुरा पनि सत्य सावित भएको छ भने साम्राज्यवादको आफ्नो भन्ने कोही हुँदैन। काम फत्ते हुनासाथ वा काम फत्ते हुने सम्भावनाको अन्त्य हुनासाथ त्यसैले निर्ममतापूर्वक सबैको घाँटी निमोठीदिन्छ। बाबुरामलाई म्वाइँ खाएर पुल्पुल्याएर पालेका हिजोका गुरु मुनीले आज उनको घाँटी रेटीदिनु यसको राम्रो उदाहरण हो। हिजोसम्म दिल्लीका 'ज्वाइँ' बनाइएका यिनीहरु आज त्यसैबाट तातो तेलमा 'झ्वाई' पारिएका छन्। यिनीहरु न राजनीतिक प्राणी रहे, न त देशका भरपर्दा नागरिक। यिनीहरुको परिचय बाँकी रह्यो, अर्काको शरीरको मासु काटेर साँवा ब्याज असुल्ने 'साइलक' का रुपमा मात्र। -- drishti

_____ · Aug 9, 2012 9:06 AM · 13,067 views

4 Replies

नौटंकी हैन भन्ने हरुमा माओबादीका कार्यकर्ता मात्रै हुन् , जो नेताले भनेको १००० प्रतिसत सही मानेर हिडेका छन् , २५ अरब हिना मिना गर्यो दाहाल ले भने पनि ति कार्य कर्ता यो कुरा बुझ्न सक्दैनन् किनकि उनीहरु रोबट मा परिबर्तन भएका छन् .

maGorkhe1 · Aug 9, 2012 9:51 AM

 तेही भएर एनी हरु ले सेना को मेजर हरु लै निशाना बना को थियो होला. अब यो सर्वबिदिद्त भै सकेको छ कि दरबार हत्याकाण्ड मा भारतीय को संलान्ग्नाता थियो. किनकि दरबार हत्याकाण्ड को हफ्ता बाबुराम को लेख कान्तिपुर मा छापे कि उसलाई राजा नभएको मुलुक चाहिन्छ जस कारण युवराज घिमेरे लै थुने को थियो.      बिचरा ज्ञानेन्द्र लै सबै ले शरापे को ज्यान मारा भनेर. 

Sajivan · Aug 9, 2012 7:18 PM

It would be wrong to assume that the event like Birendra bansha naas...was not made aware to all the key people/parties of nepal. India probably promised Girajan and Makune that they will find a way to overthrow monarchy and they would like their consensus on that....Girija probably said...yes please....please get rid of his power. They probably told Maoists....we will get rid of the King ....in that process it could just be a overthrow of the power or assasination....Mao..probably agreed to that. Then they promised Gyane and Paras...that they would get rid of King and Gyane would be the possible next king....and Gyane and Paras agreed to it for the hope of becoming the King and inheriting Birendra's wealth. (This worked perfect for India because Gyane and paras could be portayed as murderers afterwards) They paid off main key army folks and they were ready for anything for the right amount. So i would like to conspire that every key party/person in Nepal was involved with Birendra Bansa Naas. It is quite becoming obvious that Raj Tantra was exterminated with a goal of making Nepal an identity less country.

sidster · Aug 9, 2012 7:47 PM

Sidster that was a good analysis. Once Gyanendra accepted Kingship that meant his downfall. Checkmate - just like in chess

rid · Aug 9, 2012 8:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all