२२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  २२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र THURSDAY, 09 AUGUST 2012 09:24 नागरिक  1 2 3 4 5   ' सुरेन्द्र पौडेल, काठमाडौं, साउन २५- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करहरूको प्रलोभनमा परी अमेरिका जान भनी हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्। तस्करहरूले मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमामा पुर्‍याएर छाडिदिएको अलपत्र परेकाहरूले बताएका छन्।    तस्करहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिई ल्याटिन अमेरिकी राष्ट्र पुर्‍याई अलपत्र पारेको उनीहरूले टेलिफोनमा बताए। अमेरिका प्रवेश गराइदिन्छु भन्ने तस्करहरूले छाडी फरार भएपछि आफूहरूको विचल्ली भएको उनीहरूले बताए। 'हामी ९० जना अहिले ब्राजिलको साओ पाओलोमा अलपत्र परेका छौं, खान र बस्ने कुनै ठेगान छैन,' तस्करहरूको फन्दामा परी ब्राजिलमा अलपत्र परेका पोखराका २२ वर्षीय रविन गुरुङले टेलिफोनमा नागरिकसँग भने, 'कोही पुलमुनि सुतेका छौं, कोही टेन्टमा।' दुई महिनाअघि गुरुङसहित ८ जना काठमाडौंबाट कतारको दोहा हुँदै ब्राजिलको सम्पाल पुगेका थिए। त्यसपछि उनीहरूलाई अमेरिका जाने सपनामा त्यहाँ पुगेका अन्य नेपालीसँग भेट गराइएको थियो। अमेरिकातर्फ लैजाने क्रममा बोलिभियामा अप्ठ्यारो परेपछि तस्करहरूले उनीहरूलाई पुनः ब्राजिल फर्काई साओ पाओलोमा छाडेका थिए। स-सानो समूह बनाई तस्करहरूले ब्राजिलबाट बोलिभिया प्रवेश गराउने गरेको उनले जानकारी दिए। गुरुङका अनुसार बोलिभियाबाट ९० जना फर्केर साओ पाओलो आए पनि ठूलो संख्यामा नेपाली बोलिभियामै अलपत्र परेका छन्। ब्राजिल फर्की अलपत्र परेकामा ७ जना महिला रहेको गुरुङले जानकारी दिए। ती महिलामध्ये चार जना पोखराकी शर्मिला गुरुङ, पार्वती गुरुङ, सरिता गुरुङ र संगिता छन्त्याल छन्। तस्करहरूले अमेरिका प्रवेश गराइदिएवापत २० लाख रुपैयाँ लिने डिल गुरुङसँग गरेका थिए। आरके दाइ र विपीन भन्ने व्यक्तिले नेपालबाट आफूहरूलाई पठाएको उनले बताए। 'नेपाल फर्कनसक्ने स्थिति छैन, यहाँ चिनेको कोही छैनन्, साथमा ल्याएको पैसा पनि सकियो,' गुरुङले भने। ब्राजिलको साओ पाओलोमा मात्र ९० नेपाली भए पनि अलपत्र पर्नेको सबैभन्दा ठूलो संख्या बोलिभियामा रहेको चार वर्षदेखि ब्राजिलमा व्यापार-व्यवसाय गर्दै आएका पर्वतका केशवप्रसाद बास्तोलाले टेलिफोनबाट जानकारी दिए। उनी अहिले ल्याटिन अमेरिकी राष्ट्रमा अलपत्र परेका नेपालीको उद्धारमा लागेका छन्। बास्तोलाका अनुसार तस्करहरूले अमेरिका लैजाने भन्दै ल्याटिन अमेरिकी देश चिलीमा ५०, इक्वेडरमा १५ र बोलिभियामा झन्डै ९ सय हाराहारीमा नेपाली अलपत्र पारेका छन्। ब्राजिलसहित चारै देशमा अलपत्र परेकासँग आफ्नो सम्पर्क भएको उनले बताए। 'ब्राजिलबाट नेपाल फर्कन एक जनाको जहाज टिकट झन्डै २ लाख रुपैयाँ लाग्छ, उनीहरूसँग केही छैन,' बास्तोलाले भने, 'कहाँ राख्ने, के खुवाउने, कसरी नेपाल पठाउने, केही सोच्न सकिएको छैन।' अलपत्र परेका नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग कुराकानी गर्न दोभाषे खोज्ने क्रममा आफ्नो भेट अलपत्र परेकासँग भएको अंग्रेजी, स्पेनिस र पोर्चुगिस भाषा जानेका बास्तोलाले बताए। ब्राजिललगायत ल्याटिन अमेरिकी राष्ट्रमा स्पेनिस र पोर्चुगिस भाषा बोलिने भएकाले त्यहाँको प्रहरीले उनको सहयोग लिँदै आएको छ। अलपत्र परेका तनहुँका ४५ वर्षे एक जनालाई पाँच दिनपछि मंगलबार खाना खुवाएको उनले बताए। अलपत्र परेकामध्ये केहीको स्वास्थ्य स्थिति अत्यन्त गम्भीर रहेको जानकारी पनि उनले दिए। दिलीप गुरुङ नाम गरेका नेपाली दलाल सुरुका केही दिन अलपत्र परेकासँग रहे पनि अहिले उनी पनि फरार रहेको बास्तोलाले बताए। प्रहरीको अनुरोधमा उनी बोलिभिया गई त्यहाँ अलपत्र परेका नेपालीलाई समेत भेटेर गत साता ब्राजिल फर्केका हुन्। अलपत्र परेकालाई स्थानीय प्रहरीले 'सोसियल वर्कस्' को जिम्मा लगाएको उनले बताए। उनीहरूलाई बिहान ८ बजे चिया दिएर घरबाट बाहिर निकालेपछि दिउँसो चार बजेपछि मात्र प्रवेश गर्न दिने गरिएको छ। 'घामपानी केही भन्न पाएका छैनन्, बिहान चिया, बेलुकी एक छाक खाना र सुत्न दिइएको छ,' बास्तोलाले अलपत्र परेकाको अवस्था बताए, 'यहाँको नियमअनुसार उनीहरूलाई बिहान ८ बजे घरबाट बाहिर पठाउने र दिउँसो चार बजेपछि मात्र प्रवेश दिने गरिन्छ। उनीहरू दिनभर सडकमा बस्न बाध्य छन्। तीन महिनादेखि उनीहरू प्रहरी निगरानीमा छन्,' उनले बताए। तस्करहरूले अमेरिका छिराउन नेपालीलाई काठमाडांैबाट कतारको दोहा, दोहाबाट ब्राजिल, ब्राजिलबाट बोलिभिया, बोलिभियाबाट पेरु, पेरुबाट इक्वेडर, इक्वेडरबाट कोलम्बिया, कोलम्बियाबाट पानामा, पानामाबाट कोस्टारिका, कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला, ग्वाटेमालाबाट मेक्सिको हुँदै चोरबाटो अमेरिका छिराउने गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बास्तोलाले बताए। उनका अनुसार तस्करहरूले नेपालीलाई काठमाडौंबाट दोहा, दोहाबाट ब्राजिल र ब्राजिलबाट बोलिभिया हवाईजहाजबाट लग्ने गरेको र बोलिभियाबाट मेक्सिकोसम्म सडक मार्ग प्रयोग गरी लैजाने गरेका छन्। मेक्सिकोबाट चोरबाटो प्रयोग गरी जल तथा स्थल मार्गबाट अमेरिका छिराउने गरेका छन्। यसरी काठमाडौंबाट अमेरिका छिराउँदा तीन महिनासम्म लाग्छ। 'अलपत्र परेकाको राहदानी खाली (बिनाभिसा) छ, कसरी यहाँसम्म आइपुगे, आश्चर्यलाग्दो छ,' बास्तोलाले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाई तस्करहरूले ल्याएको देखिन्छ।' अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकअनुसार तस्करहरूले लामो समयदेखि नेपालीलाई अवैधानिक बाटो प्रयोग गरी गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका छिराउने गरेका छन्। यसरी तस्करहरूलाई मोटो रकम बुझाई गैरकानुनी मार्ग प्रयोग गरी मेक्सिकोबाट प्रवेश गर्न खोज्ने ६५ जना नेपालीलाई अमेरिकी प्रहरीले सन् २००७ मा पक्राउ गरेको थियो। सन् २०११ मा आइपुग्दा यो संख्या बढेर १ सय ४ पुगेको छ। मेक्सिकोको नेसनल इमिग्रेसन् इन्स्टिच्यूटको अध्ययनले प्रत्येक वर्ष कम्तीमा १ लाख ५० हजार विदेशी नागरिक अवैधानिक रूपमा मेक्सिकोको सीमा पार गरी अमेरिका प्रवेश गर्ने देखाएको छ। बास्तोला आफैं चार वर्षअघि यसरी नै अमेरिका जाने क्रममा ब्राजिल पुगेका थिए। ब्राजिल पुगेपछि मेक्सिकोबाट अमेरिका छिर्दा मर्ने/बाँच्ने ठेगान नहुने थाहा पाएपछि त्यहीं व्यापार व्यवसाय थालेका थिए। http://www.nagariknews.com.np/

_____ · Aug 9, 2012 9:02 AM · 17,118 views

12 Replies

बिदेस पुग्ना साथ् चमत्कार हुने बिस्वास कहिले मेटिने होला ? २-४ लाख ले सानो तिनो ब्यबसाय गरेको भए पनि हुन्थ्यो नि ? २२ लाख ले त राम्रै ब्यबसाय सुरु गर्न सकिन्थ्यो होला , उध्यम्सिलताको कमि मात्रै हैन चाहनाकै कमि छ |

MaGorkhe1 · Aug 9, 2012 10:52 AM

 They probably just don't wanna stay because of all the drama they play in Nepal.  Last edited: 09-Aug-12 05:25 PM

jsp · Aug 9, 2012 5:19 PM

This kind of real-life story reminds the value of Nation like US - better opportunities. I wish these 1000 will find their way home and also wish those currenlty living in US would use their stay productively.

snowfed_river · Aug 9, 2012 6:18 PM

22 lakh rupian hai bullshit that's shit load of money pretty much like 25000 dollar where is the source

intelligentguy · Aug 9, 2012 7:05 PM

22 Lakh is enough to open up a farm with 2000 Khasi. What is wrong with those Janajatis?? An example of a cunning janajati taking advantage of lesser informed janajati. Big loss for these guys and even bigger loss for the nation.

sidster · Aug 9, 2012 7:18 PM

sids, what's up with racial remarks? there are other castes involved with manpower.

snowfed_river · Aug 9, 2012 7:30 PM

"manpower" is an exaggaration in this case. Its more like human smuggling. Nothing racial here....just pointing out that the naive Janajatis were taken advantaged of by their kind.

sidster · Aug 9, 2012 7:38 PM

22 lakh rupian bhayo bhane Kam nai garno pardaina gao Tera basio sastoma vada garera hotel ma bihana belukako Mashu bhat khako 200 rupian garda pani 25 barsa Kati ananda le pugcha

intelligentguy · Aug 10, 2012 5:28 AM

Unless the people living in USA and abroad stop talking about their fake lavish life abroad to the people back home, this will continue. You should tell them how much the mental and physical pressure you bear here at work ( both low level job and high level job) USA मा बस्नेहरु ले नेपाल मा गएर कति फुइ गर्छ आफ्नो सोझो गाउले लाई (USA मा एस्तो छ तेस्तो छ भनेर सपना देखौछ) त्यो त मलाई मात्र होइन सबै लाई थाहा होला | १६ १७ घण्टा काम गरेको दुख भन्नु पर्छ नेपालमा आफ्नो  नातेदार हरुलाई |  

mno · Aug 10, 2012 8:12 AM

Sidster, don't ruin your credibility by making stupid remarks.  I have enjoyed and agreed with most of your comments.  Now making ignoramus inferences can lable you as one of those ignoramus dumbasses that nobody takes seriously.  I am sure you are not a dumbass, so this friendly comment hai.

Nepali_American · Aug 10, 2012 8:42 AM

MNO, People who can come up with 22 Lakhs to come to USA are not sojho gaule. These people should be considered as wealthy people. The poor people are the ones who sell thier small piece of inhereted land for 1 lakh and buy a plane ticket to Arab. Most likely these were all Lahure Family with extra cash who wanted dreamt of "LAVISH" lifestyle of US and were willing pay any amount and do anyting to get here. Last edited: 10-Aug-12 10:26 AM

SAP Dude · Aug 10, 2012 10:24 AM

Who ever screw them up made tons of money.   

jsp · Aug 10, 2012 11:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all