feri banda

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको चेतावनी, वार्तामा आउन सरकारको आह्वान THURSDAY, 09 AUGUST 2012 00:06 नागरिक    2 1 2 3 4 5  (0 votes, average 0 out of 5) काठमाडौ, साउन २५ (नागरिक)- भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयले यातायाय व्यवसायीलाई आफ्ना मागलाई लिएर वार्तामा आउन आव्हान गरेको छ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना माग पुरा नभएको भन्दै यही साउन २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेपछि मन्त्रायलले बुधवार प्रेस विज्ञप्ति जारी गरी मागबारे छलफल गर्न आह्वान गरेको हो।   व्यवसायीले ०६८ भदौमा गरेको सहमतिको कार्यान्वयन नगरेको, ट्राफिक जरिवाना थप गरेको, यातायात मन्त्रालय छुट्टै गठनको माग राखेकोमा यातायातलाई अन्तै गाभेको भन्दै विरोध जनाएका हुन्।   'व्यवसायीसित मागबारे छलफल गर्ने भनेर आजै विज्ञप्तीमार्फत उनीह्रुलाई आव्हान गरेका छौ', भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले भने,'सम्भव भएसम्म हामी माग पुरा गर्न तयार छौ'।   यसबारे महासंघले भने मन्त्रालयले आफ्ना माग पुरा नगरेसम्म छलफल नगर्ने जनाएको छ। महासंघका महासचिव डोलनाथ खनालले नागरिकसित भने,' मागमध्य पनि नेपाल सरकारले ट्राफिकलाई दिएको अधिकार प्रत्यायोजनको सुविधा खारेज नगरेसम्म हामी वार्तामा जादैनौ'। उनले ट्राफिकलाई थप जरिवाना गर्न सक्ने अधिकार दिदा ट्राफिकले व्यवसायीलाई सानो गल्ती गरेपनि हजार रुपैया सम्म जरिवाना लिएको भन्दै आक्रोश पोखे।

rali145 · Aug 9, 2012 12:20 AM · 1,703 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all