now kantipur publication is under Maoists !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  कान्तिपुरबाट पब्लिकेसनबाट निर्देशक थापाको सेयर खारेज   काठमाडौं, साउन २५ कान्तिपुर पब्लिकेशनमा माओवादी लगानी आउने भएपछि  ६१ करोड लिएर निर्देशक रामेश्वर थापा अलग हुने भएको छ। कान्तिपुरको मुल्याङकन साढे दुई अर्ब रुपैयाँ देखिएपछि थापाले आफ्नो भागमा ६१ करोड पाउनुहुने भएको हो। चार वर्ष अघि कान्तिपुरमा प्रवेश गर्दा साँढे ३७ करोड लगानी गर्नुभएका थापाको २४.६ प्रतिशत सेयर रहेको छ। मुख्य लगानीकर्ता कैलाश सिरोहिया र थापाबीच अलग हुने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङ्कनसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुर औपचारिक रुपमा टुक्रिएको हो। वरिष्ठ चार्टड एकाउन्टेन्ट बिजयकुमार अग्रवालको नेतृत्वमा रहेको चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा।ली।को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरेको थियो। कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि मध्यस्थकर्ताका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले निर्देशक थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर गराउनुभएको थियो। सहमति पत्रमा हस्ताक्षर गरेसँगै थापा कान्तिपुरबाट औपचारिक रुपमा बाहिरिनु भएको छ। सिरोहियाबाट थापाले सेयर हिस्सा वापतको रकम पाएपछि कान्तिपुर पब्लिकेशनको प्रिन्टलाईनबाट थापाको नाम हटने बताइएको छ। आइतवारसम्म भने थापाको नाम प्रिन्टलाईनमा रहेको छ। चार वर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ। चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो। स्रोतका अनुसार कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो। पछिल्लो समय माओवादीहरुले सञ्चार क्षेत्रमा लगानी वढाउँदै लैजाने क्रममा कान्तिपुरमा पनि लगानी गर्न अध्यक्ष सिरोहियासँग कुराकानी अगाडी वढाएपछि थापा झस्केको थापा निकट स्रोत बताउँछ। यहिबाटै सिरोहिया र थापाबीच मनमुटाव वढ्दै गएको बताइएको छ। थापा कान्तिपुरमा माओवादी लगानी थप्न नहुने पक्षमा थिए। तर थापालाई वाइपास गर्दै सम्पादक मार्फत माओवादी नेता वर्षामान पुनहरुसँग लगानी वार्ता अगाडी वढेपछि थापा अलग हुने मनस्थितिमा पुगिसक्नुभएको थियो।  

Tmobile · Aug 8, 2012 4:25 PM · 11,513 views

1 Reply

ho ra bhane, aba jana astha justo hospital nai kinna saknni le kantipur nakinnla ra bhane?

brajesNEPALI · Aug 8, 2012 10:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all