http://www.titanherald.com/np/... सान जोशे, अगष्ट ८ । मध्य अमेरिकाको कोस्टारिका राज्यमा गत आइतवार ७ जना नेपालीसहित उनीहरुलाई त्यहाँसम्म पुर्याउने मानव तस्करलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। कोस्टारिकाको सुरक्षा मन्त्रालयले जनाएअनुसार ती नेपालीहरु दक्षिण अमेरीकाबाट गैरकानूनी तवरले कोस्टारिकाको पानामानिइन सीमाबाट आइपुगेका हुन्। कोस्टारिकाको सुरक्षा मन्त्रालयका प्रहरी निर्देशक इड्वीन मिरान्डाले बताएअनुसार ती नेपालीहरुलाई त्यहाँको स्थानीय प्रहरीलाई बुझाइएको र मानवीयताको नाताले उनीहरुलाई आवश्यक सहयोग प्रदान गरीएको छ। नेपालीहरुको कागजपत्र जफत गरीएको र त्यसको अनुसन्धान भइरहेको उक्त सरकारी अधिकारीले जनाएका छन्। ती नेपालीलाई त्यहाँ पुर्याउने मानव तस्कर कोस्टारिकाका नागरीक लेडेजान रुइज भएको जनाइएको छ।
cybernepali · Aug 8, 2012 4:00 PM · 1,954 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion