USASOC NCO and Soldier of the Year announced FORT BRAGG, N.C. (USASOC News Service, Jun. 29, 2012) – The U.S. Army Special Operations Command announced the winners of this year's Noncommissioned Officer and Soldier of the Year during a ceremony at the USASOC Headquarters, June 29. The NCO of the Year was Sgt. 1st Class Jeremy White, U.S. Army John F. Kennedy Special Warfare Center and School. The Soldier of the Year was Spc. Saral Kumar Shresta, United States Army Special Forces Command (Airborne). The runner-up for NCO of the Year was Staff Sgt. Sean M. Tedder, U.S. Army Special Forces Command (Airborne). The runner-up for Soldier of the Year was Spc. Andrew D. Pottoff, 75th Ranger Regiment. "It isn't the fact that we take men and women who want to be Soldiers; it's that we take men and women and turn them into Soldiers," said Command Sgt. Maj. George Bequer, USASOC command sergeant major. The competition, which started on June 25, featured representatives from seven subordinate commands within Army Special Operations Forces. The competitors were judged and graded on various events such as: the Army Physical Fitness Test, Combatives, Land Navigation, a Stress Fire range and concluded with a military board featuring a panel of the command sergeants major throughout the command. The NCO and Soldier of the year will represent USASOC at the Sergeant Major of the Army’s Noncommissioned Officer and Soldier of the Year "Best Warrior" competition in October. They will also represent the Command at many military functions over the next year. The Runner-up NCO and Soldier of the Year must be prepared to assume the responsibility for representing the command if for some reason either of the winners cannot complete their year’s tenure. "It is important that we maintain the tradition of striving for excellence," said Lt. Gen. John F. Mulholland, USASOC Commanding General. "Know how proud we are of you and what you represent." This year's competitors were: United States Army John F. Kennedy Special Warfare Center and School Sgt. 1st Class Jeremy White Spc. Dalan Deng United States Army Special Forces Command (Airborne) Staff Sgt. Sean Tedder Spc. Saral Kumar Shresta United States Army Special Operations Aviation Command Sgt. George Sanchez Sgt. Angel Colon Military Information Support Operations Command Sgt. Cardia Summers Pfc. Madison Love 95th Civil Affairs Brigade (Airborne) Sgt. 1st Class Steven Barron Spc. Vikram Parmar 75th Ranger Regiment Staff Sgt. Paul Baker Spc. Andrew Pottorff 528th Sustainment Brigade (Airborne) Staff Sgt. Timothy Goodale Spc. Christopher Wessel http://www.soc.mil/UNS/Release... Last edited: 06-Aug-12 10:49 AM
_____ · Aug 6, 2012 10:22 AM · 17,002 views
I am proud to be Nepali-American. Spc. Saral is BRAVO, real GORKHALI.
Stewie-FamilyGuy · Aug 6, 2012 10:32 AM
_____ · Aug 6, 2012 10:47 AM
नेपाली युवकलाई अमेरिकामा 'सोल्जर अफ दि इयर' अवार्ड MONDAY, 06 AUGUST 2012 18:06 नागरिक 10 1 2 3 4 5 (5 votes, average 4.20 out of 5) काठमाडौँ, साउन २२ (नागरिक)- अमेरिकी सेनाको स्पेसल अपरेसन्स कमान्डले वर्षका उत्कृष्ट सैनिकलाई प्रदान गर्ने सोल्जर अफ दि इयर अवार्ड नेपाली युवक सरलकुमार श्रेष्ठले पाएका छन्। यो कमान्डलाई अमेरिकाले शान्तिकालमा, द्वन्द्वकालमा र युद्धकालमा गरी सबै समयमा परिचालन गर्ने गर्छ। सरल अमेरिकी सेनाको स्पेसल फोर्सेज कमान्ड (एअरबोर्न) मा कार्यरत छन्। उनका पिता डा. रमेशकुमार श्रेष्ठ काठमाडौँको नक्सालमा बस्ने सरलका भाइ श्याम श्रेष्ठले बताए। कमान्डको मुख्यालयमा गत साता आयोजित समारोहमा उनलाई सोल्जर अफ दि इयर घोषणा गरिएको हो। फोर्सका सात वटा सबओर्डिनेट कमान्डहरुका प्रतिनिधिहरुमध्येबाट शारीरिक तन्दुरुस्ती परीक्षण, लडाकूपन, जमिनमा परिचालन हुने क्षमता जस्ता विविध विषयका आधारमा कमान्डका सर्जेन्ट मेजरहरुको प्यानलले उत्कृष्ट सैनिक छनौट गरेका हुन्। सोल्जर अफ दि इयर घोषित सरलले अब अक्टोबरमा हुने 'बेस्ट वारियर' अवार्डक लागि प्रतिस्पर्धा गर्नेछन्।
_____ · Aug 6, 2012 11:06 AM
Congrats Bro
facebook · Aug 6, 2012 11:14 AM
Wow. Congratulations to Mr. Shrestha.
Nepali_American · Aug 7, 2012 4:16 AM
congratulation mr shrestha, being physically incompetent to americans, u prove it how hard work and determination are honoured.
BrajesNEPALI · Aug 7, 2012 12:23 PM
मल्ल सैनिकका साहसी सन्तान अमेरिकामा SUNDAY, 19 AUGUST 2012 16:52 नागरिक 1 2 3 4 5 (1 vote, average 5.00 out of 5) मणि दाहाल- अमेरिकी सेनामा 'सोल्जर्स अफ दि इयर' उपाधिबाट सम्मानित सरल श्रेष्ठका पुर्खा कान्तिपुरका मल्ल राजाका सैनिक थिए। गोर्खाली सेनाले दोस्रोपटक कीर्तिपुर आक्रमण गर्दा जयप्रकाश मल्लले सरलका पितापुर्खालाई कीर्तिपुरको सहयोगार्थ पठाएका थिए काठमाडौं नक्सालकी कमला श्रेष्ठलाई अमेरिका पढ्दै गरेको छोराले एक दिन फोनमा भने, 'ठूलो कामका लागि प्रयास गर्दैछु, सफलताका लागि भगवानसँग प्रार्थना गरिदिनुहोला।' त्यस समयमा धेरै कर गरे पनि आफूले के गर्न लागेको हो भनेर छोरा सरलले आमालाई सुइँको दिएनन्। पछि थाहा भयो- उनी अमेरिकी सेनामा छनौट हुन लागेका रहेछन्। फिल्म र टेलिभिजनमा लडाइँका दृश्य देखेर डराउने कमला छोराले छानेको पेसाले खुसी भइनन्, उल्टै उनलाई यसले चिन्तित पो पार्‍यो। तीन वर्षपछि उनको मन फेरिएको छ। सरलले प्राप्त गरेको सफलताबाट कमला दंग छिन्। अमेरिकी सेनाका सर्जेन्ट सरल दुई महिनाअघि अमेरिकाको 'सोल्जर्स अफ दि इयर, २०१२' घोषित भएका छन्। 'छोराले पाएको सफलतामा खुसी नहुने यो संसारमा कुनै आमा होला?' नक्सालस्थित निवासमा नागरिकसँग कुरा गर्दै कमलालले भनिन्। अमेरिकी सेनाको अपरेसन स्पेसल कमान्डले प्रत्येक वर्ष आफ्नो उत्कृष्ट सैनिकलाई 'सोल्जर्स अफ द इयर'को उपाधि दिन्छ। फोर्सका सात सबओर्डिनेट कमान्डका प्रतिस्पर्धीलाई उछिन्दै सरलले सफलता प्राप्त गरेका हुन्। सरल स्पेसल फोर्सेज कमान्ड (एअरबोर्न) मा कार्यरत छन्। यो कमान्ड अमेरिकाले शान्तिकाल, द्वन्द्वकाल र युद्धकाल जुनसुकै बेला परिचालन गर्छ। प्रतिस्पर्धामा सहभागी सैनिकले शारीरिक तन्दुरुस्ती परीक्षा, लडाकुपन, जमिनमा परिचालन हुने क्षमता जस्ता विविध विषयमा आफूलाई उत्कृष्ट साबित गर्नुपर्छ। कमान्डको सर्जेन्ट मेजरहरूको प्यानल टोलीले उत्कृष्ट सैनिक छनोट गर्छ। योसँगै सरल अक्टोबरमा हुने 'बेस्ट वारियर'को अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन्। 'सोल्जर अफ दि इयर' ब्रिगेड स्तरको प्रतिस्पर्धा हो भने 'डिपार्टमेन्ट अफ आर्मी बेस्ट वारियर्स' सबैभन्दा उच्च प्रतिस्पर्धा हो,' नागरिकलाई पठाएको इमेलमा सरलले लेखेका छन्। --- सन् २००९ सेप्टेम्बर १५ मा सेनामा प्रवेश गर्दा सरल अध्ययनका लागि अमेरिका पुगेको तीन वर्ष पनि भएको थिएन। नेब्रेस्का राज्यस्थित वेलभ्यु विश्वविद्यालयबाट कम्प्युटर इन्फर्मेसन साइन्स नेटवर्किङमा ब्याचलर गरेका सरलले सैनिक सेवा रोज्दा धेरै आश्चर्यचकित परेका थिए। बेलायती र भारतीय सेनामा नेपाली सहभागी हुनु नौलो होइन तर अमेरिकी सेनामा नेपाली मूलका कम छन्। पाटन क्याम्पसमा राजनीतिशास्त्र पढाउने सरलका बुबा प्राध्यापक रमेशकुमार श्रेष्ठ भने मिश्रित जाति बसोबास गने अमेरिकी समाजको सेनामा नेपाली छिर्नुलाई अनौठो मान्दैनन्। अध्ययनका लागि अमेरिका पुगेको व्यक्ति आफूजस्तै 'मिलिटरी एसेसन भ्यालिड टु नेसनल इन्ट्रेस्ट (माभ्नी)'को कार्यविधि र नियम पछ्याउँदै अमेरिकी सेनामा भर्ना हुनसक्ने सरलले बताए। त्यो नियम र कार्यविधि अनलाइनमा पाइन्छ। रमेश भारत र बेलायतभन्दा अमेरिकी सेनामा प्रवेश फरक भएको बताउँछन्। बेलायत र भारतमा नेपालीले प्रवेश पाउने भए पनि अमेरिकी सेनामा त्यस्तो छैन। 'सरल अमेरिकी नागरिक भइसक्यो,' उनले भने, 'विद्यार्थी भिसामा अमेरिका पुगे पनि ऊ अमेरिकी सेनामा छानिने निश्चित भएपछि त्यहींको नागरिकता दिइयो।' 'अमेरिका शक्तिशाली बन्नुमा गोर्खाली (नेपाली) अतिरिक्त विश्वका सबै जातिको योगदान छ,' रमेशलाई अन्तर्राष्ट्रिय सम्बन्धबारे पढ्दा प्राध्यापक वासुदेव मल्लले भनेको थिए। रमेशले यसबीच विश्वमा ठूलो परिवर्तन भएका देखेका छन्। सूचना प्रविधि र यातायातको विकासले विश्व सानो गाउँ बनेको छ। उनले यो क्रममा धेरैका लागि आकर्षणको केन्द्र बनेको पश्चिमा देशमा लर्को लाग्नेको ताँतीमा छोरा पनि लाग्नुलाई आश्चर्यका रूपमा लिएका छैनन्। सरल भने बेलायती सेनाका तर्फबाट ओसिनिया र नागाल्यान्डमा दोस्रो विश्वयुद्ध लडेका बुढाहजुरबा सुन्दरकुमार श्रेष्ठको किस्सा सुन्दै हुर्किनु सेनामा भर्ना हुने स्रोत ठान्छन्। 'बुढा हजुरबाले प्राप्त गरेको उपलब्धिप्रति हाम्रो परिवारलाई गर्व छ, म उनलाई मेरो प्रेरणाको स्रोत ठान्छु,' सरलले लेखेका छन्। सरलका पुर्खा सेनामा रहेको इतिहास भए पनि उनका पिता रमेश र हजुरबा मदनकुमार सेनामा गएनन्। ---- उनका पुर्खा कान्तिपुरका मल्ल राजाका सैनिक थिए। गोर्खाली सेनाले दोस्रोपटक कीर्तिपुर आक्रमण गर्दा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशले कीर्तिपुरलाई सहयोग गर्न सरलका पुर्खासहितको टोली पठाएका थिए। 'गोर्खाली आक्रमणका लागि नयाँ रणनीति अपनाउँथे, कान्तिपुरबाट गएको टोलीले कीर्तिपुरका भारदारलाई त्यस विषयमा सचेत गराएको थियो,' रमेशले भने, 'कान्तिपुरबाट सहयोग गर्न गएकाले भारतमा छापामार शैलीमा हुने गरेका आक्रमणबारे कीर्तिपुरका भारदारलाई सचेत गराएका थिए।' रमेशका अनुसार त्यसबेला गोर्खाली सेनाले एकातिर ठूलो समूह राँकोसहित आक्रमण गर्न आएको जस्तो देखाए। अर्कातर्फबाट झुक्याएर आक्रमण गरे। 'राँकोसहित आक्रमण गर्न आएको हुल त गोर्खाली सेनाको नभएर सिङका दुवैतिर मसाल बोकाएको गाईबस्तुको बथान पो रहेछ,' उनले भने, 'एकपटक पराजित भएर भागेको गोर्खालीले के नै गर्लान् र भनेर ढुक्क कीर्तिपुरका भारदारले गोर्खाली सेनाको छापामार रणनीतिबारे खासै चासो दिएनन्।' कान्तिपुरको टोलीले छापामार रणनीतिबारे जानकारी गराए पनि कीर्तिपुरेले ध्यान दिएनन्। त्यसपछि कान्तिपुरे टोली कान्तिपुर नफर्की विरक्तिएर दक्षिण लाग्यो र बिहारको बेतियामा बस्न थाल्यो। गोर्खालीले कीर्तिपुरमात्र होइन, कान्तिपुर, ललितपुर र भादगाउँका मल्ल राजालाई पनि पराजित गरे। पृथ्वीनारायण शाहको मृत्युपछि प्रतापसिंह शाह राजा भए। दरबारमा भएको मनमुटावका कारण पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाह बेतिया बस्न थालेका थिए। प्रतापसिंह शाहको मृत्युपछि रणबहादुर शाहको नायवी चलाउन बहादुर शाह काठमाडौं फर्कंदा उनीसँगै सरलको पुर्खा नेपाल फर्केको थियो। 'त्यसपछि हाम्रो पुर्खा मरुटोलमा बस्न थाल्यो,' रमेशले भने, 'भारदारहरू दरबारनजिकै बस्ने चलनअनुसार सिंहसत्तलबाट २ सय मिटर नजिकै बसेको रहेछ।' नौ पुस्तापछि त्यही पुर्खाका सन्तान सरल अमेरिकी सेनामा प्रवेश गरी अमेरिकी नागरिक नै बनिसकेका छन्।
_____ · Aug 20, 2012 5:40 AM
awesome! proud of you!
texasranger · Aug 20, 2012 6:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion