पौडिबाज श्रेयाको नयाँ राष्ट्रिय किर्तिमान १७ साउन, काठमाडौं । नेपाली पौडिबाज श्रेया धितालले सय मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी श्रेयाले निर्धारित दुरी पार गर्दै १ मिनेट १०:८० सेकेण्डमा पुरा गर्दै आफ्नै कीर्तिमान भंग गरेकी हुन् । उनले चीनको साङ्गघाईमा आयोजित १४औं फिना वल्र्ड च्याम्पियनसिप- २०११ मा उक्त दूरी १ मिनट १०:८२ सेकेन्डमा पुरा गर्दै लुना प्रधानको नाममा रहेको राष्ट्रिय किर्तिमान भंग गरेकी थिईन् । राष्ट्रिय किर्तिमान कायम गरेता पनि उनी ४८ जना खेलाडीमध्ये ४७ स्थानमा रहंदै हिट चरणबाट नै बाहिरिन् । खेल अघि उनले ओलिम्पिक्समा आफ्नो प्रतिस्पर्धा आफै संग मात्र हुने बताएकी थिइन् । सांघाईमा भएको प्रतियोगितामा १५० स्थान भित्र पर्न सफल भएकोले नै श्रेया लन्डन ओलम्पिकको लागि छानिएकी हुन् । नेपालको पांच प्रतिस्पर्धी सहभागी यसपालिको ओलिम्पिक्समा अब पौडीका प्रसिद्धजंग शाह, १०० मिटर दौडमा पुरुष तर्फ तिलकराम थारु र महिला तर्फ प्रमिला रिजालले खेल्न बांकी छ । शुटींगकी स्नेहा राणाको खेल गत शनिबार नै समाप्त भैसकेको छ। http://onlinekhabar.com/2012/0...
_____ · Aug 1, 2012 9:48 AM · 1,769 views
वसन्तका अभिभावकलाई बधाईको ओइरो) बेचु गौड १ वसन्तका बाबु धनबहादुर र आमा गोमा नवलपरासीस्थित घरअगाडि । तस्बिर: बेचु/कान्तिपुर सुनवल (नवलपरासी), श्रावण १७ - भारतीय सैनिकमा कार्यरत सुनवल-८, सिरानटोलका वसन्तबहादुर राना लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन् । यता घरमा बाबु धनबहादुर र आमा गोमामायालाई गाउँलेको बधाई थाप्न भ्याइनभ्याई छ । 'घरी पत्रकार आउँछन्, घरी खेलप्रेमी, छोरा ओलम्पिकमा खेल्न पाउने भयो भन्दै बधाई दिनेको ओइरो लाग्छ,' धनबहादुरले भने, 'छोराले यस्तो गर्ला भनेर पत्यार थिएन ।' परिवारका अनुसार उनको सानैदेखि खेलकुदमा रुचि थियो । निरन्तर प्रयासले ठूलो उपलब्धि हासिल गरेकामा आफूलाई भाग्यमानी ठानेको बाबुले बताए । 'गौरव महसुस भएको छ,' उनले भने, 'सम्पूर्ण नेपालीले गौरव मान्नुपर्छ ।' २९ वर्षअघि स्याङ्जाको बासतारा बानेथोकबाट झरेका उनले भने, 'छोराले धन कमाउन सकेन तर नामचाहिँ कमायो ।' रूपन्देहीको सिमलार-१, चम्कीपुरमा २०४६ मा जन्मेका वसन्तबहादुर जेठा छोरा हुन् । परिवार बसाइँ सरेर सुनवल आएका थियो । पढ्दापढ्दै बुटवलमा १० वर्षअघि खुलेको गोर्खा भर्तीमा भर्ना हुन जाँदा दौडमा पहिलो भएर छोरा छनोट भएको धनबहादुरले बताए । वसन्तका भाइ रेशम फुटबलका राम्रा खेलाडी हुन् । अवसर नपाएर गाउँमै मसला उद्योग सञ्चालन गरेर बसेको बाबुले बताए । भारतीय सेनामा काम गरेका जेठो छोराले पैसा धेरै पठाएन । तर उसको पदकले दराज भरिएको छ । 'उसको कमाइ यही हो,' उनले भने, 'प्रमाणपत्र त कति छन् कति ।' छोराको उपलब्धिले आमा निकै हषिर्त छिन् । 'रुस पुगेर खेलमा जितेको खबर पठाएको थियो,' आमाले भनिन्, 'पत्रिकामा छापिएपछि गाउँलेले तपाईंको छोरा ओलम्पिकमा खेल्ने भयो, भन्दै सुनाए,' छोराको प्रगतिले गद्गद् बनेकी आमाले भनिन्, 'सानैदेखि विद्यालयबाट फर्केपछि खेल्न जान्थ्यो, त्यही लगनशीलताले उसलाई यहाँसम्म पुर्‍यायो ।' वसन्त वर्षमा एकपटक घर आउँछन् । कहिले दुई वर्षमा । आमाले भनिन्, 'माया लागेका बेला कहिले आफंै फोन गर्छु ।' गत माघमा महायज्ञ हुँदा पूजा गर्न घर आएका थिए । त्यसपछि आएका छैनन् । परिवारका सदस्यलाई फोनमा आफ्नो खेल ११ अगस्तमा हुने जानकारी दिएको उनले बताइन् । वसन्तले ओलम्पिकमा ५० किलोमिटर हिँडाइमा प्रतिस्पर्धा गर्नेछन् । http://www.ekantipur.com/nep/2...
_____ · Aug 1, 2012 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion