माओबादीले नै भन्छ प्रचण्डले २५ अर्ब घोटाला गर्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Can you imagine how much is 25 BILLION? http://www.himalkhabar.com/?p=... रु.२५ अर्ब हिनामिना गर्ने दाहाल नै हुन्: चन्द नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लडाकु शिविरको रु. २५ अर्ब हिनामिना गरेको बताएका छन् । मोहन वैद्य माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ नेपालले नवलपरासीको कावासोतीमा १४ साउनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो दाबी गरेका हुन् । दाहालले आफूले गरेको हिनामिना लुकाउन लडाकुका डिभिजन कमाण्डरहरुलाई राजिनामा दिन लगाएको चन्दको भनाइ छ । लडाकु शिविरमा अर्बौ रुपियाँ भ्रष्टाचार गरेको कुरा उठेपछि ३ साउनमा एमाओवादीको सातौं विस्तारित बैठक नै अवरुद्ध भएको थियो ।

nepcha1 · Jul 29, 2012 3:42 PM · 14,160 views

4 Replies

अन्स बन्डामा कमि भएको हो ? Last edited: 21-Sep-12 06:01 PM

magorkhe1 · Jul 29, 2012 5:22 PM

 

nepcha1 · Sep 21, 2012 5:17 PM

 http://www.onlinekhabar.com/20...   सुमार्गी र प्रचण्डको सम्बन्धमा संकट ! १७ असोज, काठमाण्डौ । चोरको बाउ चण्डाल भन्ने उखानलाई ब्यबहारमा उतार्दै एमाओवादी अध्यक्ष प्रचण्डका क्यासियर ब्यापारिक साझेदारका रुपमा चिनिने अजेयराज सुमार्गीले प्रचण्डलाई नै चक्मा दिनेगरि तर्साएका छन् । प्रचण्डले लडाकू र पार्टीबाट उठाएको अरबौं रकम सुमार्गीमार्फत बिभिन्न परियोजनामा लगानी गरेको बजार हल्ला निकै पुरानो हो । ज्ञानेन्द्रदेखि प्रचण्डसम्मलाई प्रभावमा पार्न सक्ने तीनै धुर्त सुमार्गीले यतिबेला प्रचण्डलाई पनि जिल्लाएको खवर जनआस्था साप्ताहिकले छापेको छ । समाचारमा दावी गरिएअनुसार प्रचण्ड र सुमार्गीवीच सम्मत्तिको स्वामित्वका बिषयलाई लिएर झगडा बढेको छ । सुमार्गीमार्फत बिभिन्न ठाउँमा भएका लगानीलाई ब्यबस्थितरुपमा आफ्ना निकटहरुको नाममा नामसारी गर्ने भन्दै प्रचण्डले हिसाव मागेपछि सुमार्गीले हिजोआज प्रचण्डको फोनै उठाउन छाडेका छन् । प्रचण्ड सचिवालयका एक सदस्यको हवाला दिंदै समाचारमा जनाइएअनुसार नेपालमा एकाध मिडिया र घरहरुमा लगानी भएपनि धेरै लगानी मुलुक बाहिर नै छ । नेपालमा सम्पत्तिको हकवाला तलमाथि पर्न साथ हल्ला हुने भन्दै सुमार्गीले स्वामित्व हस्तान्तरण गर्न नमानेपछि यतिखेर प्रचण्ड डराईरहेका छन् । zसुमार्गीले भने लण्डनमा रिसोर्ट खोल्दा प्रचण्डबाट आएको सवै रकम सकिएको भन्दै उताको लगानीबाट हिसाव मिलाउन प्रचण्डलाई भनेको आफु निकटस्थहरुलाई बताउँदै आएका छन् । बेलारुसतिर बस्ने एक धनाढ्य गैरअवासीय नेपालीसँग मिलेर लण्डनको हिथ्रो बिमानस्थलेदेखि ६७ किलोमिटर टाढा एक रिसोर्ट खोलिएको छ जसमा प्रचण्डले सुमार्गीमार्फत लगानी गरेको बताइएको छ । हालकी मिस नेपाल सृष्टि श्रेष्ठका पिता प्रकाश श्रेष्ठसँगको साझेदारीमा त्यो रिसोर्ट खोलिएको बताइएको छ । प्रचण्ड, सीता र प्रकाश लण्डन गएर त्यो रिसोर्ट हेरेको र मन परेपछि आफुले पैसा पठाएको सुमार्गीले दावी गरेका छन् ।

nepcha1 · Oct 2, 2012 10:27 PM

moubadi lai karbahai garne kasai ka bau ko himmat cha...hoina bhane garnu paro ni..

stopthewar · Oct 3, 2012 8:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all