१) कहिलेकाहीं.... जिन्दगीका पानाहरु ...टिनका छानाहरु जस्तै आफुमा खिया लगाएर, आफूबीच छिर्ने पानीका थोपाहरुका स्पर्शमा रमिरहेका हुन्छन् | त्यही पानाहरु, कहिलेकाहीं.. शब्दको लालचमा हदैसम्मको लचकता अपनाएर कुरूप इतिहासको किताबमा बिलाउँछन् | २) कहिलेकाहीं.... जिन्दगीको गोरेटो, गन्तब्यको अबैध अभिलाषामा फैलदा-फैलदै मानवताको न्युनतम मुल्यांकन गर्न मजबूर हुन्छन् | त्यही गन्तब्यमा पुगेर गोरेटोहरु, कहिलेकाहीं.... हाईवये बन्छन् , उपलब्धीको उपलक्ष्यमा हरेक लेनबीच मृत्यु ओंछ्याउन | ३) कहिलेकाहीं... जिन्दगीको अर्थ बेमतलवी शब्दकोषमा बकम्फुसे व्याख्याको शिकार हुन्छ | त्यही अर्थ , कहिलेकाहीं..... अर्को "अर्थ" को परिभाषामा साटिन लालाइत पनि हुन्छ .. सक्ने साटिदै जान्छन नसक्ने बेचिदै ...... ४) कहिलेकाहीं.... जिन्दगीको आश, आफ्नो लाश हुने प्रक्रियालाई हेर्दै भयको घनिभूत माधकतामा तर्कका अफिमहरु उमार्दै, आफ्नो अस्तित्वको प्रमाण दिन खोज्छन् | त्यही आश, कहिलेकाहीं... बाँच्नुको दिक्दारीमा उन्मुक्तिको पासो लगाई .....आत्मदाहको वैकल्पिकता नभेट़ाउन विवश हुन्छ | कहिलेकाहीं... जिन्दगी सिर्फ स्मृति बन्छ | ....र मानसपटलबाट हराउँदै जान्छ ||
jhaukiri · Jul 29, 2012 1:00 AM · 12,700 views
बहुत सुन्दर रचना !
Geology Tiger · Jul 30, 2012 10:33 AM
समिक्छकले 'बहुत' को सट्टा 'एकदम' अथवा 'असाध्यै' भनेको भए सुनमा सुगन्ध हुने थियो
bokaman · Jul 30, 2012 10:40 AM
bokaman साथीले "समिक्छक" सट्टा "समीक्षक" लेखिदिनु भएको भए अझ सुगन्ध थपिने थियो !!
jhaukiri · Jul 30, 2012 11:34 AM
मनै आनन्दित भयो ! सुन्दर, अति सुन्दर रचना
namit_thapa · Jul 30, 2012 12:23 PM
धन्यवाद !!
jhaukiri · Jul 31, 2012 11:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion