लाहुरे बन्ने रहर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  लाहुरे बन्ने रहर SATURDAY, 28 JULY 2012 11:24 नागरिक1 2 3 4 5   (0 votes, average 0 out of 5) मनोज घर्तीमगर, पोखरा, साउन १२ -ब्रिटिस आर्मीमा भर्ती भएर अरूभन्दा उच्च शैलीमा जीवन बिताउने सपना बोकेर थुप्रै युवा यतिबेला पोखरामा दौडधूप गर्दैछन्। लाहुरे हुन चाहिने शारीरिक अभ्यास गर्न मिर्मिरेसँगै पोखरा रंगशाला पुग्छन् उनीहरू। लाहुरे भएपछि अरूभन्दा राम्रो जीवन बाँच्न पाइने र सम्मान पनि हुने ठान्छन्।  सपना पूरा गर्न पोखरा रंगशालामात्र हैन, यहाँका चोकचोक र डाँडाकाँडामा शारीरिक अभ्यास गरिरहेका देशभरिका युवा भेटिन्छन्। बर्सेनि पोखरामा खुल्ने ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुने सपना संगालेका थुप्रै युवा कडा अभ्याससाथ सुनौलो भविष्य कल्पँदैछन्। कतिपय तालिम केन्द्रमै भर्ना भएका छन् भने कतिपय आफ्नै पाराले अभ्यास गर्दैछन्।  लाहुरे बन्ने सपना बोकेका पोखराका सन्दिप थापामगर उत्साहित छन्। साढे १७ वर्ष पुगेका उनी पहिलोपटक अभ्यास गर्दैछन्। 'पहिलोपटक लागेको छु, निकै उत्साही छु,' उनले भने।  मगर, गुरुङ, राई, लिम्बु, समुदायका अधिकांश युवो बाजेबज्यै बिशेष गरी मामा र अन्य मान्यजनबाट विभिन्न अवसरमा 'लाहुरे भएर, कर्णेल, जर्नेल भएर, धेरै धन कमाएस्.....' भनेजस्ता आशीर्वाद पाउँछन्। त्यही आशीर्वादले उनीहरूलाई लाहुरे हुन प्रेरित गर्छ।  'मलाई त बाजे, बज्यै, मामाहरूले लाहुरे भएस् भन्दै आशीर्वाद दिन्छन्,' पोखराका नवीन गुरुङले भने, 'उहाँहरूको आशीर्वादले पनि लाहुरे हुन्छु कि भन्ने लागेको छ।' भर्ती हुन लालायित भिडमा भेटिए पर्वतका विश्वास गुरुङ। उनी दुई महिनाअघि पोखरा झरेका हुन्। विश्वासका बुबा भारतीय र बाजे बेलायती सेनामा जागिरे थिए जसले उनलाई पनि हौस्यायो।  भर्तीका लागि चाहिने उमेर बाँकी हुँदासम्म हरेस नखाई भिडिरहन्छन् युवा। पटकपटक भिड्दा अनुत्तीर्ण भएका युवाले हिम्मत हारेका छैनन्।  प्युठानका ईश्वर थापामगर गत वर्ष असफल भए। छनोट नहुनुलाई दुःख हैन, अनुभवका रूपमा उपयोग गर्दै उनी पुनः तयारीमा जुटेका छन्। गाउँकै तीनचारजना लाहुरेको उच्चस्तरको जीवनशैली देखेका ईश्वरको सानैदेखिको सपना हो- लाहुरे बन्नु। 'जसरी भए पनि लाहुरे बन्ने हो,' डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढिरहेका उनले भने, 'पोहोर असफल भएँ, अहिले आशा राखेको छु।'  नुवाकोट, खिमताङका खिमान तामाङ ब्रिटिस आर्मीमा भर्ती नभए बल्ल अरूतिर प्रयास गर्ने सोचमा छन्। 'जसरी पनि लाहुरे हुन चाहन्छु,' पाँच महिनादेखि तालिम गरिरहेका खिमानले भने, 'ब्रिटिस भएन भने इन्डियन र त्यो पनि नभए नेपाल आर्मी भएर पनि धोका पूरा गर्नु छ।' सुरुमा मगर, गुरुङ, राई, लिम्बुलाई मात्र भर्ती लिने गरेकाले ठकुरी, बाहुन, नेवार, क्षेत्री, र अन्य समुदायका युवा अरु जात लेखाएर लाहुरे बन्थे। पछिल्लो केही वर्षदेखि सबै जातिलाई खुला प्रतिस्पर्धाबाट सहभागी बनाउन थालिएको छ।  कैलाली धनगढीका विमल जोशी र दार्चुला दुर्गास्थानका खेमराज भट्टले ब्रिटिस आर्मी भएपछि जीवन सहज हुने बुझेका छन्। पोखरास्थित स्यालुट गोर्खाको होस्टेलमा बसेर दुवै पाँच महिनादेखि अभ्यास गरिरहेका छन्। 'हाम्रो समुदायमा सकभर सरकारी जागिर खानुपर्छ भन्ने मान्यता छ, तर मेरो रहर लाहुरे बन्ने छ,' आइए पास गरेका खेमराजले भने। सबै जातिलाई भर्ती लिने निर्णयले खुब खुसी छन् धनगढीका विमल जोशी पनि। 'क्षेत्रीबाहुन पनि गोर्खाली हुन् भन्ने देखाउन म भर्तीमा आएको हुँ।'   प्रतिक्रियाहरू (0)

_____ · Jul 28, 2012 7:19 AM · 13,185 views

5 Replies

http://www.youtube.com/watch?v...

texasranger · Jul 28, 2012 4:49 PM

 Look at the knowledge level of Nepalese journalists....Why do not they do some research before writing craps??? I have seen so many people of other casts like Thakuri and Chhetri as british army who never hid their surname to join....ABA YO TORPE PATRAKAR LAI KASLE BUJHAI DINE BRITISH ARMY MA SABAI BHANDA PAHILA ENLIST GARIEKA CAST HARU CHHETRI, MAGAR, GURUNG AND THAKURI HO BHANERA....BICHARA LE SAB BAJAR MA SUNEKO HALLA KO ADHAR MA LEKHE JASTO CHHA.

NALAPANI · Jul 28, 2012 5:10 PM

This is cyber age and the writer thinks he can write whatever and people will believe ....He don't know a bit about Gurkhas  History ! http://nepalkhukurihouse.com/t... The Gurkhas History The majority of the early Gurkhas were from the Thakuri/Rajput (which includes the Shah dynasty and Rana dynasty of Nepal), Chetri and Brahmin ethnic groups, whereas the modern Gurkha soldiers are mainly from the Limbu, Rai, Gurung and Magar ethnic groups. They joined the Gurkhas during 17th century expansion of the Gurkha kingdom.[4] However, even today the Thakuris and Chetris make up the majority of Gurkha officers in Nepal, while the backbone of the Gurkha army is mainly Limbu, Rai, Gurung and Magar people, this combination of warriors from different ethnic groups made the Gurkhas a dominant military force in the history of the Indian subcontinent since the 18th century.   History of Gurkha: http://www.himgurkhaderby.co.u... .........the majority of the early Gurkhas were from the Thakuri/Rajput, Chetri and Brahmin ethnic groups, whereas the modern Gurkha soldiers are mainly from the Limbu, Rai, Gurung and Magar ethnic groups. They joined the Gurkhas during 17th century expansion of the Gurkha Kingdom. However, even today the Thakuris and Chetri make up the majority of the Gurkha officers in Nepal, while the backbone of the Gurkha army is mainly Limbu, Rai, Gurung and magar people, this combination of warriors from different ethnic groups made the Gurkhas a dominant military force in history of the Indian subcontinent since the 18th century.  

fantush · Jul 28, 2012 5:57 PM

  Guff na hanah keta ho...Gurkha haru bahneko subb newar ho..

vasudev · Jul 28, 2012 11:14 PM

- I think it's about time for the Chettris/Thakuris of Nepal to denounce their Rajput lineage.Hello...Chettris/Thakuris of Nepal are almost exclusively of Khas origin. -For some reason we say "बाहुनछेत्री" as if it means the same.Bahun and Chettri are as different as English is to French.

Daaku · Jul 29, 2012 2:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all