निन्द्रा नपरेको बेलाको गन्थन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रातको १२:०८ बजेछ |  करिब ९  बजे तिर ३२ औन्सको कोरोना बियर तुर्यईदा NY MD हेरियो | पुरानो उखान ले नया रुप लिएको छ " काम छैन बुहारी पाडाको चाक कन्यौना जा" को सट्टा " काम छैन बुहारी इन्टरनेट मा झुंडीई " |  के दिदैंन यसले , के पाउनु हुन्न यहा ? संसार यसैमा झुन्दिएको छ , मै मात्र किन अपवाद ? कहा तेती मात्रै हो र चौरासी नाघेकी बजैले पनि ए कान्छु तेरो फेसबुक होकी सेस बुक छैन भनेरे सोधनी भै सक्यो ? फेस्बुके मित्रताको लहरोले ब्रम्हाण्ड नै जेली सक्यो | सोसलाईज गर्ने माध्यम कि त फेसबुक भएको छ | दैनिकी अपडेट नगरे खाना अरुचि हुने भै सक्यो ? हैन यो त स्टाटस को कुरा पो भै सकेछ ? तर बजैलाइ भने लाम्घारेको ( घन ठोक्ने बिस्वकर्मा ) को नातिले रिक्वेस्ट पठाएछ, अनि तातेछ बजेका कन्सिरी | त्यो प्राइमरी स्कूल जाने पनातिले थामथुम गरेछ रे ? किनकि बजैको स्टाटस को कुरो आर्कै छ | गनथन गरि हालियो , कसैले कहिँ प्वाक्क टिप्पणी गरि हालेछ कस्तो खाते कुरा गरेको भनेर ? बुझन नसकिएको कुरा - कहा कहा कस्तो कस्तो अबस्थामा यो खाते शब्दको पर्योग गर्दा ठिक हुन्छ  | एसो १० -१२ ओटा प्रसंग मा लेखि दिनु भए म पनि बेला मौकामा यसको प्रयोग गर्न सक्थे कि ? कि त्यो यु-ट्युब मा देखाए जस्तो - गल्ति आफ्नै छ , हिड्ने ढंग आफ्नो छैन  रिस मार्नु पर्यो कहिँ न कहिँ भनि , अनि चिच्याउछ  फक यु फक यु भनेर ? कहिँ यही फक यु भन्ने ले भने जस्तै नेपालि मा खाते भनि दिएको त हैन ? निन्द्रा नलाग्नु र खाते शब्दको तालमेल कहिँ छ र ? अबस्य नै छ किनकी तान तुन गर्ने पर्यो , परिक्षामा उत्तर पुस्तिकामा लेखे जस्तो , तेही कुरा घुमाइ घुमाइ दोहोर्याई तेहेर्याई पाना भर्ने काम जस्तो | निन्द्रा परेंन ? किन परेंन , कहा वाट चटामरी को याद आएछ अनि बिचमा खाते कुरा जोदिएछ | मध्य रातमा जोडिनु पर्ने कुरा  लेखि रहनु पर्दैन होला, बुझ्ने लाइ सृखंड अरुलाई खुर्पाको बिड | खास निन्द्रा नलाग्नु मा पुराना कुरा खोतल्न पुगियो - नारायण गोपाल ले गाउनु भएको गीतमा ' सम्झिने मन छ म बिर्सु कसरि " को ठाउमा " बिर्सिने मन छ म सम्झु  कसरि " | यो अनिन्द्रा  पनि न रात भन्छ न दिन , ठाउ कु ठाउ केहि भन्दैन बज्र पात गर्छ | भन्ने बेलामा संस्कृतका विद्वान ले " क्षमा हि परमो धर्म " भनेर लेखि दिए , त्यो त अरुलाई उपदेस दिने बाटो मात्रै हो , हातिको खाने दात र देखाउने दाँत जस्तो | बास्तबमा मेरा दाइले संस्कृतका नीति श्लोक मात्रै बाच्न जान्ने हैनन् अरु पनि खर्ल्कै निलेका छन् , कहा कसरि प्रयोग गर्नु पर्छ जानेका छन् | मेरो मस्तिस्कका एउटा आदर्स व्यक्तिमा परेको मान्छे - उनले ति सबै शास्त्र चाहिएको बेला धोति लगाए | खास यही धोति लागाएको कुरा आज फेरी उम्लिए | खुकुरी को चोट अचानो ले मात्र बुझ्छ |   तेहीकुरा लिएर माथा पच्चीस गरे पछी रात पनि दिन मा बदलिदो रहेछ |  ग्यान ठुलो वाट स्यानो मा मात्रै झर्ने कुरा र गल्ति सानो को मात्रै हुने कुरा  हाम्रो मुलभूत सामाजिक पक्ष हुन् | बल्ल  था पाए किन  माथा पच्चीस किन भएछ भनेर ? दिमाग बायु पंखी घोडा जस्तै हो | | यही होला निद्रा नपर्ने कारण ?  त्यो TV मा रतिक्रियाले निन्द्रा लगाउछ भन्थ्यो ,  सुन्त्नै पर्यो | लौ लागे २४ घन्टे औसधि पसल तिर , नत्र नाईट क्वील ले काम चलाउनु पर्ला ?  

MAgorkhe1 · Jul 25, 2012 12:54 AM · 281 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion