चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पर्बतमा जन्मियो , मधेसमा हुर्कियो कर्म पायो नेपाल सहरमा | जागिर खायो नेपा बैंक लिमिटेडमा , सधै खाजा खाइ मा चटामरी, हाकु छोइला आदि इत्यादि खाइयो | का बाट आज चटामरी सम्झना आयो ? सिप भनेको तेस्तै हो आफ्नो - तल तल मेटाउन पाए हुन्थ्यो ? लौ कोहि हुनु हुन्छ कि ज्ञाता ?

MAgorkhe1 · Jul 24, 2012 10:37 PM · 40,818 views

20 Replies

गोर्खे ब्रो हाम्रो राहुलभाइ ( ठुल्दाइ) लाई अनुरोध गरु न एक चोटि, ठुल्दाइले जस्तो अच्छा चटामरी बनाउन तिमीलाई कसैले सिकाउन सक्दैन ल मैले ठोकेर भन्दिए

Geology Tiger · Jul 24, 2012 10:56 PM

ठुल्दाईको मम खान फिलि आउने निमन्त्रणा नपाएको हैन अनि फर्किदा झोलीमा पनि राखी दिने मिठो बचन पनि सुनेको हो | भाग्यले कुनै बेला सिरिसजिकोमा पुगिएको बेला - चटामरी  चाखन पाइएको थियो  तर त्यो पनि डेढ दसक भै सक्यो | कोशीस गर्ने नै छु  यदि पकवान बिधि पाए| Last edited: 24-Jul-12 11:39 PM

MAgorkhe1 · Jul 24, 2012 11:38 PM

पाटन क्याम्पस मान भवन मा हुदा बागमती खोला बगर तिरको परालले छाएको माटाको ओत लाग्ने ठाउ जस्तोमा बसेर खाइएको स्वाद जिब्रोमा बसी राखेको रहेछ , कुबेलामा जिब्रो रसायो | काठमान्डू मा हुदा डरै डरले केहि खाइएन भन्दा नेपाल बैंक को साथि का छिरिदा फ़ुटपातको एक कप चिया पीईयो डराइ डराइ ( मेरो क्यानडा बाट घर गएको कजन्ले बोतलको पानीले साफा गरेको भाडामा मात्र खान्छु भने जस्तो त गर्नु भएन ) पीए , केहि भएन तर चटामरिको पसल देख्दा खुट्टा भने किलागाड़े झैँ भारि भएका थिए | एक दिन धोको पुग्ला बनि आस गरेर बसेको छु | 

magorkhe1 · Feb 23, 2013 2:14 PM

चटामरि भनेर मलाई चाहिं होनचा को मास को बारा र हारती को छोइला-चिउरा याद आयो!  

riddle · Feb 23, 2013 2:52 PM

you can follow this link. hope this will help you. http://www.indobase.com/recipe... Ingredients: • 2 cup Long Grain Rice (presoaked)  • 1 cup Black Dal (presoaked)  • 1 tbsp Roasted Cumin Seed  • Salt to taste  • 1 cup Water  • Butter    How to make Chatamari: • Rinse the soaked rice and lentils mixture thoroughly. • Combine the above mixture with water in a blender to form a smooth batter-like paste. • Pour this into a large mixing bowl; add toasted cumin seeds and salt to taste; mix thoroughly. • Allow the batter to rest for at least six hours. • Now heat oil in a pan over medium-low heat and pour in some batter into it such that it spread out into a paper-thin pancake. • Cook until the bottom gets crisp; turn over and cook the other side. • Remove the cooked pancake. • Chatamari is ready to set. Serve with or without any toppings. Last edited: 23-Feb-13 04:27 PM

whoruntheworldgals · Feb 23, 2013 4:24 PM

@magorke1 bro: what a coincidence. I had chatamari today and I will never have it again.

jhapaliketo · Feb 23, 2013 10:10 PM

 तारेमाम,    त्यसो त म चतामरी  को एक्स्पर्ट हैन. तर घर परिवारमा बनाउने भएकोले देखेको छु चतामारी बनाएको . माथि विश्व कल्ले चलायो केटी जी ले राख्नु भएको रेसिपी संग बिमति राख्छु .  १. चामल को पिठोलाई अलिकति घिउ वा बटर ( अन्सालटेड) र मनतातो पानीमा पेस्ट बनाउने, पेस्ट बाक्लो पनि हैन पानी जस्तो पातलो पनि हैन .  २. तातेको तावा ( पान भन्छन क्या रे) मा यति मात्रमा हाल्ने को त्यसको फैलावट आफ्नो साइज को होस् र पातलो पनि . डोसा भन्दा बाक्लो, तर धेरै हैन .  ३. चतामरी भन्दा चतामरी मा राख्ने टपिंग को महत्व हुन्छ . चिकेन किमा, अण्डा र गेडागुडी को मिश्रणलाई मसला सहित त्यो पिठोको झोललाई पान मा फ़लाउना साथ् राख्नु पर्छ र टपिंग लाई नि फलाउने .  ४. पान लाई हावा मन्द आगो मा ढक्कन लगाई पकाउने .  ५. टपिंगमा भएको मासु र अण्डा मजाले पाके पछि चतामरी तयार .    लौ मित्र चतामरी खाएर छुट्टी मनाउनुस . 

rahulvai · Feb 23, 2013 11:27 PM

 Found this small documentary. Please Watch: http://www.cultureunplugged.co...

curfew · Feb 24, 2013 1:06 PM

एकादेशमा सिरिसजिले पकाउनु भएको चतामरिले स्वाद फेर्न पाएको थिए | स्वदेस र पुराना स्म्रितिहरुमा चतामारी पनि आएको थियो, र सोदी हाले  | राहुलेभाई ले भन्नु भए झैँ त्यो पिठो भन्दा पनि पिठो माथि राखिएका सामाग्रीको स्वादको बर्णन गर्ने सब्दनै आएन | २ - ४  ओटा  मात्र मटरकोसा दाना  दानानै भए पनि त्यसको स्वाद अझै जिब्रोमा तासिएको छ | पहिलो कोसिस कोसिस मात्रै भयो | टोड्के ( व्यंग ) तिर लागेर धन्यबाद दिन पनि बिर्सिएछु ! सबै लाइ धन्यबाद ज्ञापन गर्दछु | Last edited: 13-Jul-13 03:55 PM

Magorkhe1 · Jul 13, 2013 3:49 PM

mitraharu le bhani halynu bho, bharkharai gayera 2 chamcha Quick grits ma 2 eggs halera majjale fetnu. ani 1 quarter size chopped onion, 2 serrano peppers, pinch of paprika, ginger garlic paste and salt halera pheri fetnu, 2 spoon plain yoghurt, 3 sliced mushrooms (optional) + sausage  (optional) halera pheri phetnu. I prefer to let it ferment for 4/5 hours tara nagarepani huncha. ani majjale butter ma thulo pan ma 10 minute low flame (2/10)  ma pakaunu. kya daami huncha kya, it is not real chatamari tara kaam garcha kya....try it.  eh sacchi salsa ra mango salad darro compliment garcha hai   Last edited: 13-Jul-13 06:09 PM

Hydrogen Sulphide · Jul 13, 2013 5:49 PM

 चतामरी भन्ने बित्तिकै मलाई डिल्लीबजार को एउटा पसल याद आयो/ बागबजार बाट डिल्लीबजार तिर आउंदा ओरालो सकिए पछि दाया तिर एउटा पुरानो चटामरी पसल थियो./ हजुर हरु लाई अझ बढी याद छ कि ? 

adhikari_bandhu · Jul 13, 2013 9:38 PM

यो रेसिपी को पहिलो कोसिस मा स्वाद चै २५ प्रतिसत चटामरि को आयो | पिठोमा घिउ वा बटर हाल्न बिर्सिएर को स्वाद २५ % मात्रै आएको रहेछ , आउने सप्ताहन्तमा रेसिपिलाई प्रिन्ट गरेर अक्षरस फल्लोगरे पछि स्वाद को मात्रा बढ्दै जाला |   Last edited: 31-Jul-13 10:42 PM Last edited: 05-Aug-13 10:43 PM

maGorkhe1 · Jul 22, 2013 10:17 AM

यो शनिबार पनि अर्कै कुराले बित्यो |  कुनै बेला एउटा सिङ्गै पे चेक कारको ब्रेक बनाउन तिर्नु परेको करणले ब्रेक बनाउन सिकियो | तर कुराके भयो भने टाउकाको दबाइ नाईटामा लगाई पनि हुँदो रहेछ | सायद यो सिकारु हरु सबैले भोग्छन होला  कि म मात्रै हो ?   दुवै पार्किङ्ग ब्रेक  ले काम गर्न छोडेकोजेन तेन गरि फेरियो , एउटा मात्रै फेर्नु पर्ने दुवै फेर्न पुगियो, मुख्य समस्या भने त्यो क्यालिपर भन्ने रहेछ |  यु ट्युब मा हेर्दा आधा घन्टामा काम तमाम हुन्छ भन्थ्यो ठ्याकै ३ घण्टा लाग्यो | श्राद गर्नु भन्दा सिदा पुर्याऊँन गारो भने झैँ त्यो ब्रेक फ़्लुईड को पेच कस्न आधा घण्टा लाग्यो | नया हाबी भनौ वा हरिया नोट बचाउने उपाय : यो पनि लाटो बुङ्गो को कथा झैँ भयो आफैलाई !

Magorkhe1 · Sep 29, 2013 8:25 PM

 Kathmandu ko vayera pani zindagi chatamari khayena, specially tyo jamal area ko galiitira ko chatamari shops dhekera ghinai lagne, chatamari herda pani kasto kasto kukur ko vomit jasto, yo Gorkhe vannele lekheko kehi bhujdina Last edited: 29-Sep-13 09:25 PM

Iamback · Sep 29, 2013 9:20 PM

न तिम्रा बाउले खाए न हाम्रा बाउले खाए बाहुनले च्याउ खाओस न जानोस स्वाद : त्यो स्कच हेर्दा कुकुरको मुत भन्थिन आमैले पीए पछि मात्रै थाहा भयो स्वाद : गलत ठाउमा हात हाल्यौ ब्रो ! यो समय बिताई को मेलो गरेको हो बुझ्नु भो अब ?

MaGorkhe1 · Oct 1, 2013 7:48 PM

Last edited: 03-Oct-13 12:39 AM

Iamback · Oct 1, 2013 8:52 PM

दशैँ आयो बिदेसीइने हरुलाई खसी बोका बाहेक अरु कुराको केहि सम्झना आएन | खसीबोका कम पाल्ने अनि सबैले भाकल गरि सानैमा घाती निमोठ्ने हुदा मासु महगो र सबै भन्दा उत्कृस्ट खाद्य प्रदार्थ मानियो | दशैँ मा सबिलाई यही उत्कृस्ट चिज पस्किनु इज्जतको कुरा हुने भएर आएको हो कि यो संस्कृति ? हैन भने खसीको मासुको   भाउ किन सुन जस्तै महगो ? छाडौ यो चतामरिको कुरा लौ आऔ गरौ बाखिका छोराको कुरा |

Magorkhe1 · Oct 11, 2013 5:39 PM

जानकारीको लागि ............... दसैंको अन्तिम दिन , कोजागत पूर्णिमामा काठमाडौका प्राय चैत्य ( चिबा द्यो) हरुमा  यज्ञ गरी रात भरि चिलाख ( मशाल) बाली पूजा गरिने र साँझ चता मरि अझ त्यसमा २-३ टुक्रा छोयला र मुस्या पालु ( भटमास , अदुवा ) हाली वितरण गर्ने परम्परा अद्यापी छदै छ . काठमाडौ मा रहनु भएका मित्रहरुले  फ्री चटामरी खाने र पुण्य कमाउने अवसर लिन नभुल्नु होला ................

rahulvai · Oct 11, 2013 6:43 PM

चटामरिका पारखीहरुलाई: लामो अन्तराल पछी चटामरी खाने मौका मिल्यो अनी नौलो कुरा देखे :ननस्टिकी प्यान मा भन्दा फलामे तावा बेस अनी जती थोरै तेल तेती मिठो चतामरी हुँदो रहेछ | २/ ४ थोपा तेल हालेर आधा काटेको आलुले तेललाई छेउकुनो सबै तिर दले पछी तसिदैन रहेछ | यो कुरा हाम्रा मित्राका मा का मा ले बनाउनु हुने रेसिपी रे ?

magorkhe1 · Feb 10, 2014 6:27 PM

अनुप को युट्य्ब हेरे पछि चामलको पिठोमा all purpose पिठो अलिकति मिसाए पछि सजिलो भयो |

magorkhe1 · Mar 6, 2015 4:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all