मिस एएनए २०१२ सुष्मा भन्छिन्: अब समाजसेवामा लाग्छु असारको दोश्रो साता अमेरिकाको टेक्सासमा एसोसिएसन अफ नेपलीज इन द अमेरिकाज् (एएनए) ले आयोजना गरेको ‘मिस एएनए २०१२’ प्रतियोगिता जितेकी सुष्मा बोगटी अहिले नेपालमा छिन् । हरेक वर्ष आयोजना गरिने मिस एएनएको उपाधि पाएकोमा प्रसन्न मोरङ लेटाङकी यी सुन्दरी साढेतीन वर्षदेखि अमेरिकाको टेक्सासस्थित नर्थलेक कलेजमा अध्ययन गरिरहेकी छन् । उनी टेक्सासबाटै सञ्चालित इन्टरनेट रेडियो रेडियो युवा डट कम की कार्यक्रम प्रस्तोता तथा संचालक पनि हुन् । ऋषिराम कट्टेल मंगलबार , ९ साउन २०६९ १:४९ पम मिस एएनएको ताज पहिरिंदा कस्तो अनुभूति भयो ? धेरै खुशी भएँ, किनभने यो ताज पाउँछु जस्तो लागेको थिएन । प्रवासमा रहेर यस्तो उपाधि जित्नुलाई ठुलै उपलब्धि ठानेकी छु । अमेरिकामा नेपालीहरूको संगठनले गर्ने निकै प्रतिष्ठित प्रतियोगितामा पर्छ यो । यस्ता प्रतियोगितामा तपाईंको रुचि पहिलेदेखि नै थियो ? नेपालमा रहँदा यस्ता प्रतियोगिताप्रति मलाई त्यस्तो खासै चासो हुँदैनथ्यो । यहीं भएकी भए भाग पनि लिने थिइन होला । तर अध्ययनको सिलासिलामा अमेरिका पुगेपछि मेरो त्यहाँको जीवनशैली बदलियो । पढाई र काम बाहेक अरु केही भएन । त्यहाँ मेरो सामाजिक जीवन थिएन । म एकदम एक्लिँदै गए जस्तो लाग्यो । फेरि जीवनमा नाम हुने केही काम गर्नुपर्छ भन्ने सोचाइ पनि थियो । त्यसैले त्यसमा भाग लिन पुगें । अमेरिकामै यसअघि यस्ता कार्यक्रममा भाग लिनु भएन ? अमेरिका पुगेको साढेदुई वर्षपछि ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएकी र उत्कृष्ट ११ भित्र परेकी थिएँ । मिस एएनए भएपछि जीवनमा के परिवर्तन आयो त ? हिजो म गुमनाम थिएँ, आज यो प्रतियोगिताले धेरैमाझ चिनाएके छ । तर म आफैं हिजो जस्ती थिएँ उस्तै छु भन्ने महशुस गर्छु । उपाधि जितेर होइन, काम गरेर ठुलो बन्न सकिन्छ । यति हो, उपाधीले पहिचान बनाउन सघाउँछ । सुन्दरी प्रतियोगिता जित्नेहरू फिल्म क्षेत्रतिर आउँछन्, तपाईंको के विचार छ ? मलाई फिल्म क्षेत्रमा खास रुचि छैन; तर म्युजिक भिडीयो, विज्ञापनमा काम गर्न भने मन छ । ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएपछि एउटा म्युजिक भिडियोमा काम गरेकी पनि थिएँ । तपाईको जीवनको उद्देश्य चाहिं के हो ? समाजसेवा । मलाई समाजसेवाको क्षेत्रबाट केही गर्ने मन छ । म अहिले पनि अमेरिकामा नेपाली नेपडल्लास नामक संस्थामार्फत् समाजसेवामा सक्रिय छु । मिस एएनए हुनुअघि मेरो कुरा कमले सुन्थे भने अहिले धेरैले सुन्छन् । त्यसैले अब यस क्षेत्रमा काम गर्न धेरै अनुकुल हुन्छ जस्तो लागेको छ । मैले अमेरिकाको वाटर फ्रम हेभेन नामक संस्थाबाट मेरो गाउँ लेटाङका विद्यार्थीका लागि एउटा काम शुरू गरिसकेकी पनि छु । अमेरिका गएकाहरूमध्ये धेरै उतै पलायन हुन्छन्, तपाईं के गर्नुहुन्छ ? म अरु अध्ययनका लागि केही वर्ष अमेरिकामै बस्छु । त्यसपछि हेरौं के हुन्छ ।
cybernepali · Jul 24, 2012 9:50 AM · 5,942 views
Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} Junkyard a perfect place to shoot photos for Miss ANA lol
a2b · Jul 24, 2012 10:22 AM
And she blends in so perfectly!!
28th amendment · Jul 24, 2012 10:24 AM
^
chaurey · Jul 24, 2012 10:31 AM
लौ न सुष्माजी नेपाली बोकाहरुको पनि कल्याण गर्नु पर्यो एस कार्य पनि समाज सेवामै गन्न सकिन्छ
bokaman · Jul 24, 2012 10:37 AM
saab kti model bhayepachi samajshewa matrai garchu bhanchan!!! aru kehi garna aaudaina jasto cha!!!
alece · Jul 24, 2012 12:07 PM
सबै समाजसेवा,कोइ त massage सेवा नि गर्नु नि
shiva_linga · Jul 24, 2012 12:29 PM
3.5 yrs in Northlake??? Damn... I thought I was running late.
goddamn · Jul 24, 2012 1:08 PM
the dress kinda didnt go with the background. Pics would have come out better. I wonder who chose the place and who clicked the pics
mercynova · Jul 24, 2012 3:48 PM
@ mercy baby, whoever clicked the image clicked it with a cheap ass point and shoot. so, its not the blending of colors but the lack of vibrance that made the picture of that ugly girl uglier! thank you
28th amendment · Jul 24, 2012 3:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion