चोरले के गर्छ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चोरले के गर्छ चोरी नगरिकन, लौ हेर्नुस यो रामहरी अर्याल भन्ने चोरले के गर्यो | जब सम्म नेपालमा चोर र डाकाहरुलाई नियुक्ति दिने र क्षमता भएकोले अवसर पाउदैन, तब सम्म हाम्रो देशको बिकाश हुदैन |  The first thing this unqualified thief named Ramhari Aryal did is to feed his son-in-law. He was blamed for corruption as reported by nagariknews, despite that he got appointed. Now, what does these people do? So frustrating to read news these days. http://www.mysansar.com/2012/0... http://archives.nagariknews.co...

nepcha1 · Jul 23, 2012 8:32 PM · 3,471 views

3 Replies

 यो अर्को चोर प्रकाश दाहालले सबैलाई दोष दिए, आफ्नो पत्नी समेतलाई, तर उनि चाही सारै चोखो रहेछ 

nepcha1 · Jul 26, 2012 10:15 PM

 एनबी इन्स्योरेन्समा घोटाला विज्ञान अधिकारी/ सुदर्शन सापकोटा, काठमाडौं, साउन १२ - एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरुले व्यापक आर्थिक अनियमितता गरेको तथ्य फेला परेको छ। कम्पनी सञ्चालकहरुले ग्राहकबाट उठाएको रकम (बिमा शुल्क) आफूखुसी प्रयोग गर्नुका साथै आफ्नै घर भाडामा लिएर अग्रिम भुक्तानी गरेको भेटिएको हो।  चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको कम्पनीका सञ्चालहकहरुले घर भाडा लिँदा नियमविपरीत ३ करोडभन्दा बढी भुक्तानी गरेको फेला परेको छ। कम्पनीले एक वर्षमा २० लाख रुपैयाँभन्दा बढीको घरजग्गालगायत स्थिर सम्पत्ति निर्माण, खरीद र लिजमा लिन बिमा समितिको स्वीकृति लिएर गर्नुपर्ने व्यवस्थालाई नाघेर एकैवर्ष ५ करोड ९० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ। कम्पनीले एक वर्षको अवधिमा १० पटक गरेर केएसडी कम्पनीलाई घर भाडा भुक्तानी गरेको हो।  मासिक २ लाख ३० हजारका दरले प्रत्येक दुई वर्षमा १० प्रतिशतले बढ्ने गरी सम्झौता गरिएको छ। १५ वर्षका लागि गरिएको सम्झौता अनुसार, ५ करोड ७७ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ। कम्पनीले भने अग्रिम ५ करोड ९० लाख ५० हजार भुक्तानी गरेको छ। बिमा समितिले गरेको स्थलगत अध्ययन अनुसार, अग्रिम भुक्तानी गरिएको रकमलाई ५ प्रतिशत बैंक ब्याज दरले हिसाब गर्दा १५ वर्षमा १२ करोड २७ लाख रुपैयाँ हुन्छ। यसले कम्पनीलाई ६ करोड ५० लाख नोक्सान भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।  कम्पनीले स्थिर सम्पति खरिद तथा निर्माण कार्यमा आफ्नो खुद सम्पत्ति (नेटवर्थ) को ३० प्रतिशतभन्दा वढी रकम खर्च गर्न नमिल्ने व्यवस्थासमेत उल्लंघन गरेको भेटिएको छ।  कम्पनीको पछिल्लो वास्तविक नेटवर्थ गणना गर्न नमिल्ने अवस्थामा भएकाले २०६६/६७ मा कायम नेटवर्थ ६ करोड ५० लाख रुपैयाँ छ। यसको ३० प्रतिशत १ करोड ९५ लाख रुपैयाँ हुन्छ।  'कम्पनीले नियमविपरीत ३ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको छ,' प्रतिवेदनमा छ, 'यो रकम सञ्चालकबाट ब्याजसहित असुल गर्नुपर्छ।' कम्पनीले सर्वेयरको अन्तिम मूल्यांकन आउनुपहिले आन्तरिक दाबी भुक्तानी गरेकोसमेत खुलेको छ। कम्पनीले पश्चिाञ्चल फाइनान्समा पाकेको २० लाख रुपैयाँ मुद्दती निक्षेपलाई धितोमा राखेर त्यो रकम दाबी भुक्तानीमा प्रयोग गरेको हो। २०६८ पुस १९ मा पाकिसकेको २० लाख निक्षेपलाई धितोमा राखेर १८ लाख रुपैयाँ ऋण लिएको थियो।  लिएको ऋण एनबी इन्स्योरेन्सका सञ्चालक जेन श्रेष्ठ प्रबन्ध सञ्चालक रहेको नेसनल हाइड्रो पावर कम्पनीलाई अन्तरिम दाबी भुक्तानीका रुपमा दिइएको छ। यो रकम सर्वेयरको मूल्यांकन प्रतिवेदन आउनुपूर्व सञ्चालक समितिबाट निर्णय गराई भुक्तानी गरिएको हो। बिमा ऐनअनुसार, सर्वेयरको प्रतिवेदन आउनु पूर्व भुक्तानी गर्न मिल्दैन। सात सदस्यीय सञ्चालक समितिमा तीनजना एउटै परिवारका छन्। कम्पनी अध्यक्षमा जितबहादुर श्रेष्ठ छन्। उनका भाइ लक्ष्मीबहादुर र छोरा जेन सदस्य छन्।  कम्पनीले दायित्व भुक्तानी गर्न सक्ने रकम (एयर मार्क) जम्मा पार्न सकेको छैन। नियामक निकाय बिमा समितिले १४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम दायित्व भुक्तानीका लागि जम्मा गर्न दिएको निर्देशन कम्पनीले पूरा गर्न नसकेको हो। बिमा कोष १ करोड ७७ लाख, जगेडा तथा कोष ३ करोड ३६ लाख, असमाप्त जोखिमबापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी दाबीबापतको ३ करोड ७२ लाख रुपैयाँ कम्पनीले जम्मा पर्न नसकेको हो।  समितिले छ महिनादेखि कम्पनीलाई रकम पूरा गर्न निर्देशन दिइरहेको छ। कम्पनीले पटक पटक समय मागे पनि दिएको समयमै रकम पूरा गर्न सकिरहेको छैन।  सर्वसाधारणको २० प्रतिशत सेयर रहेको कम्पनीले लगानी नीतिविपरीत मापदण्ड पूरा नगरेका कम्पनीहरुमा पैसा जम्मा गरेको छ। कम्पनीले वर्ल्ड मर्चेन्ट फाइनान्स, नेपाल सहकारी संस्थालगायत वित्तीय कम्पनीमा निक्षेप राखेको छ।  पछिल्लो तथ्यांकअनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ। ७ लाख ३ हजार १ सय बिमालेख जारी गरेको कम्पनीले अझै पनि दाबी भुक्तानी गर्न बाँकी बिमालेखको संख्या १ लाख ३० हजार छ।  एनबी इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार जुलाई १२ मा भएको थियो। कम्पनीको सेयर मूल्य १ सय ४१ रुपैयाँ छ।  कम्पनीका शाखा विराटनगर, पोखरा, बुटवल, नारायणगढ, बनेपा र नेपालगन्जमा छन्। अन्य सम्पर्क कार्यालय धरान, जनकपुर, हेटौंडा, विर्तामोड, धनगढी, वीरगन्ज र बाह्रबिसेमा छन्।  http://www.nagariknews.com.np/

_____ · Jul 27, 2012 10:02 AM

 kasto ramro naak. 

chaurey · Jul 27, 2012 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all