न्यूज २४ टेलिभिजनका लागि प्रेम बाँनियासंगको बिशेष अन्र्तवार्ताका क्रममा शाहले यस्तो बताएका हुन् । दरबार हत्याकाण्डका बारे केही खुलेका शाहले दरबार हत्याकाण्डमा आफुलाई मुछ्नु मात्र एउटा प्रोपोगाण्डा भएको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले समयले मागे दरबार हत्याकाण्डबारे आफु पुस्तक समेत लेख्न इच्छुक रहेको बताएका छन् । दरबार हत्याकाण्डबारे सर्वसाधरणमा अझै अन्यौल कायमै रहेका बेला शाहले यस्तो बताएका हुन् । समयले मागे यसबारे आफु किताव लेख्न तयार रहेको उनले बताएका हुन् । दरबार हत्याकाण्डमा जुन रुपमा आफुलाई मुछियो त्यो मात्र एउटा प्रोपोगाण्डा रहेको बताउदै शाहले समयले मागे यसबारे पुस्तक नै लेखेर प्रष्ट्याउने बताएका छन् । आफुलाई दरबार हत्याकाण्डको दोषी भनेको प्रसंगमा शाहले त्यो केबल आफुलाई बदनाम बनाउन लगाइएको आरोप भएको बताएका छन् । शाहले अन्र्तवार्तामा भनेका छन् मेरो कुनै दोष छैन भने म किन डराउनु, मलाई कुनै लाज छैन र मलाई कुनै पश्चाताप छैन । राजतन्त्रको अन्त्य हुँदा कतै पीडावोध हुदैन भन्ने प्रश्नमा शाहले भने–’ त्यसरी डिप्रेस नै हुने गरि डिस्टर्व गरेको छैन् ।’ आफ्नै समयमा २ सय ४० बर्षे लामो राजतन्त्र उन्मुलन भएको सन्र्दभमा शाहले भने –के गर्नुपर्दथ्यो त मैले त्यसबेला ? के गर्न सक्थे त ? म रोइकराई गरेर हुनेवाला केही थिएन् । <http://www.youtube.com/watch?v... Last edited: 22-Jul-12 05:28 PM
Sajivan · Jul 22, 2012 5:26 PM · 10,796 views
उह बेला गिरिजाले सत्य-तथ्य निकालेको भए कुरा उही बेला सकिन्थ्यो | दिपेन्द्रको कलङ्क मेत्नलाई स्वचालित भट ट ट ट ट भन्ने प्रतिवेदन निकाले | कल्ले पत्ताउनु? सब्बै दोष ज्ञानेन्द्रको टाउकोमा | दिमाग भन्ने नि साला एस्तो एउटा चिज हो कि के भन्ने 'शट' खाए पछि एसले के गर्छ भन्न सकिन्न ? अब कोलोराडोको काण्डलाई लिम , तेस्को दिमाग सट्केको होइन र ? बिना फत्तुर | दिपेन्द्र नै हत्यारा थियो भन्दा फरक नपर्ला | थप्नै पर्दा खै त राजपरिवारका अन्य सदस्यहरु ज्ञानेन्द्र शक्तिविहीन भए पछि नि चुप्पी कसेर बसेकै छन् , ज्ञानेन्द्रले मार्ला भन्ने डर पनि रहेन | यो केहि होइन, सब प्रोपोगान्डा नै हुन् | ज्ञानेन्द्रले गरेका भए राजपरिवारका कोइ न कोइले अहिले सम्म त मुख खोलि सक्नु पर्ने हो नि | बिचरालै 'न घर को न घाटको' भाको छ | येसो दिमाग लगाएर सोचम त , साथि हरु |
bittertruth · Jul 22, 2012 6:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion