अरब को तातो मरुभूमिमा गधा जोतिरहेछु, मात्र म यौटा प्रतिनिधि पात्र को रुपमा हो, म जस्ता हजारौ हजार यहाँ यसरीने जोतिरेहेछन् कोहि के कोहि के हजारौ किलोमिटर को यात्रा पार गरेर म यहाँ तेसै आएको होइन, जोतिन भरेर आएको, जोतिही रहेको छु, गधा जोतिरहेको छु तेसै जोतिन आएको होइन म, ठुलो जिम्मेबारी छ म माथि लाग्दो हो मानिसहरुलाई म आफु मात्र पालिन आएको हु , तर होइन, मैले आफ्नो घर परिवार मात्र होइन सिङगै देश पाल्नु परेको छ , तेसैले त यहाँ बाध्यता का साथ जोतिन परेको छ, गधा जोत्न परेको छ // देश पाल्न सकेको मा मलाई गर्ब छ, गधा जोतेर ने सही, साथे प्रयाप्त हिनताबोध पनि देश को नाममा नालायक हरुको जमात पाल्नु पर्दाको ति राष्ट्रघाति, ति दलाली, र ति भर्स्ताचारी नेता र पार्टी को रुपमा , सरकारी कर्मचारी को रुपमा, प्रहरी अनि सेना को रुपमा सबै लाई मैले गधा जोतेरै पाल्नु पर्ने , मैले गधा जोतेरै पाल्नु पर्ने / यो कस्तो बिबशता ? ज जसका कारणले म जोत्न र जोतिन बाद्य छु, मैले तिनै जमात लाई पाल्नुपर्ने ? गधा जोत्दा जोत्दा थाकेको मेरो शरिर ले बेलुका दुइवोटा रोटि पाउछ कि पाऊदैन था छेन, दुखेको शरिर ले साझमा यौटा ब्रुफिन खोजेमा पाउछ कि पाऊदैन त्यो पनि था छेन, गाऊमा आमा बिरामी हुनु भो भने यौटा सिटामोल पुर्याउन सकुला नसकुला तर पनि मैले देश को नाममा कपुत हरु को ठुलै समूह लाई पाल्नु परेको छ विदेश मा लगेर उपचार गराउनु परेको छ मेरो पसिना को स्विम्मिंगपूल मा पौडी खेलाएर सितलता प्रदान गर्नु परेको छ / म र मेरो राष्ट्र पाल्न योगदान दिने यो गधालाई मानिसहरु जब ति नालायक कपुतहरु को जमात साग तुलना गर्छन यो मन चश्अ दुखछ, किनकि यो गधा जो ति कपुतहरुका जमात लाई कर्तब्य र नेय्तिकताको पाठ सिकाउन योग्य छ, सम्मान पाउन योग्य छ / त्यसैले नगर यो गधा लाई तुलना ति कपुत र नरपिचासहरु सग ति भर्स्ताचारी र दलालीहरु सग यो ता तिनीहरु भन्दा धेरै योग्य छ यो ता तिनीहरु भन्दा धेरै योग्य छ /// (देवेन्द्र ढकाल र उहा जस्ता, अरबको मरुभूमिमा पसिना बगाउन बाध्य नेपालीहरु मा समर्पित /)
badarkta · Jul 21, 2012 9:12 PM · 12,795 views
गधा जोते को कमाई ले ५० मन्त्रि पाल्नु छ तेतिले नपुगेर, मेरो कमाई मा मोज गर्न अब जात जात का राज्य खोल्ने रे गधा जोत्ने को पैसा म़ा मोज गर्न रे धेरै राज्य भएपछि धेरै मन्त्रि हुन्छन मलाइ चुस्न तिनका अनेक बहाना खुल्छन भाषा को नाम मा मोज गर्लान,कतिले संस्कृति को नाम मा भोज गर्लान मेरी आमा मर्लिन जिबन जल नपाएर कती ले "पहिचान" को नाम मा भोज गर्लान मेरो छोरो लाई, आफ्नै भाषा बोल भन्लान आफ्ना छोरा लाई अमेरिका पठाउलन म पछि, मेरो छोरो ले गधा जोत्न पर्ने हुन्छ पहिचान कायेम गरिदिन पर्ने हुन्छ भाषा,संस्कृति जोगाई दिन पर्ने हुन्छ अनी पो उनीहरु लाई मलाई चुस्ने बहाना मिल्छ क्रान्ति, भाषा, र पहिचान मेरो पेट भर्न काम लागेन मैले जोगाइदिन पर्ने, नेता हरु ले मोज गर्न मैले सिनो बन्न पर्ने, गिध्ह हरु ले भोज गर्न, मैले गधा जोत्न पर्ने, पेट नभर्ने सम्भिधान बनाउन मेरी संगिनी मर्लिन पेट दुखेर घुस्या कर्मचारी को तलब बढाई दिनु छ तिनका सन्तान लाई "बोर्डिंग" म़ा पढाई दिनु छ पहिचान को लागि, मेरो छोरा लाई गधा जोत्न पठाउनु छ Last edited: 23-Jul-12 07:28 AM
timi_mero_sathi · Jul 22, 2012 7:14 AM
एथार्थ कस्तो तितो .... सुन्दर कविता को लागि धन्यवाद !
sanju.baba · Jul 22, 2012 10:31 AM
मैले आफ्नो घर परिवार मात्र होइन सिङगै देश पाल्नु परेको छ , Loved this. A country run by renittance. Thanks for postiing.
adhikari_bandhu · Jul 22, 2012 1:55 PM
अब जात जात का राज्य खोल्ने रे गधा जोत्ने को पैसा म़ा मोज गर्न रे धेरै राज्य भएपछि धेरै मन्त्रि हुन्छन मलाइ चुस्न तिनका अनेक बहाना खुल्छन भाषा को नाम मा मोज गर्लान,कतिले संस्कृति को नाम मा भोज गर्लान Loved this. thanks you very much
badarkta · Jul 23, 2012 8:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion