माओवादी वैठकमा प्रेम र यौनका गुनासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  माओवादी वैठकमा प्रेम र यौनका गुनासा महिलामात्रै कसरी 'सेकेण्ड ह्यण्ड' ? ६ साउन, काठमाण्डौ । बाहिरबाट झट्ट हेर्दा माओवादीको जारी विस्तारित वैठकमा राष्ट्रिय स्वाधिनता, सिद्धान्त, दर्शन र अबसरका कुरा भइरहेका छन र त्यसै कारण नेतृत्ववीच नै कुटाकुटको अबस्था आएको छ । तर, हलभित्रको माहौल प्रेम, यौन र जवानीका बिषयमा पनि केन्दि्रत छ । युद्धकालमा आदर्श र दर्शनका कुरा गर्दै अन्तरजातीय र अनमेलबिबाह गरेका माओवादी कार्यकर्ताको प्रेम शान्ति प्रकृया सुरु भएसँगै टुट्दो छ । स्वयं माओवादी अध्यक्ष प्रचण्डका छोराले तीनवटा बिबाह गरिसके । पूर्व सभासद् गुणखर बस्याल कान्छी लिएर भागे, धेरै आर्दश सम्बन्धहरुले बिच्छेदको सामना गर्नुपर्‍यो । माओवादी कार्यकर्ताका आर्दश सम्बन्ध कसरी भत्किंदै छन भन्ने उदाहरण पूर्व लडाकू कमाण्डर कमला नहर्की नै हुन् । नीति र सिद्धान्तका चर्का कुरा गरेर कार्यकर्ताहरु कुर्सी हानाहान गरिरहँदा उनले यसरी बह र आक्रोश पोखिन- हामी महिलाहरू हिजो चुलोचौको र घर परिवार त्यागेर जनयुद्धमा होमियौँ । जनयुद्धका क्रममा महिला नेता तथा कार्यकर्ताबाट जुन प्रकारको त्याग, तपस्या, बलिदान र उत्सर्गका कीर्तिमान कायम भए, त्यसबारे मैले यहाँ भन्न जरुरी छैन । नेता कमरेडहरु र हलमा सहभागी हामी सबै त्यसबारे जानकार छौँ । तर, जब पार्टी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो तब महिला कार्यकर्ताहरू घर न घाटका भएका छन् । पार्टीलाई हामी महिला कार्यकर्ता जनयुद्ध वा संघर्षका बेलामा मात्र चाहिएको रहेछ । के नेताहरूलाई पार्टी खुला राजनीतिमा आएपछि महिला कार्यकर्ताको उपयोगिता सकिएको भन्ने लागेको हो ? यदि त्यसो हो भने हामीलाई प्रष्ट भनिदिनुस्, अझै पनि भ्रममा राख्ने प्रयास नगर्नुस् । लैंगिक समानता र समावेशीताका कुरा गरेर नथाक्ने हाम्रा नेताहरूको दिमागमा पुरुषवादी सामन्ती चिन्तन हावी भएको छ । पहिला तपाइँहरू त्यसबाट मुक्त हुनुस् । महिला कार्यकर्ताहरू अहिले स-साना बच्चासहित माइतमा गएर बस्न बाध्य छन् । हिजो अन्तरजातीय विवाह गरेका कतिपय महिला कार्यकर्तालाई न घर न माइतीले स्वीकार गर्छ । दुई लाख रकम दिएर शिविरबाट बाहिर निकालिएका महिलाहरू काखमा सानो बच्चा बोकेर कहाँ जाने ? घर जाउँ घरको ढोका बन्द, माइत जाऔँ माइती घरको ढोका बन्द । जीवनको महत्वपूर्ण समय जनयुद्धमा बिताएकी म अहिले फेरि माइतमै फर्किएकी छु । अन्य कयौँ साथीहरुको हविगत मेरोजस्तै छ । हिजो जनयुद्धमा बिहे गरेका पुरुषहरूले अहिले धमाधम दोस्रो बिहे गरेर श्रीमती र बालबच्चाको बिचल्ली पारेका छन् । त्यतिखेर हिरोइनजस्ती लाग्ने श्रीमती आज उसका लागि सबैभन्दा पत्रुजस्ती लाग्न थालेकी छ । अनि अर्को बिहे गरेको छ, बिहे नगर्नेले बाहिर ‘गर्ल प|mेन्ड’ राखेको छ । के हाम्रो पार्टीले छाडा संस्कृति र बहुविवाहलाई छुट दिएकै हो ? के हिजो गाउँघरमा बहुविवाह गर्ने जनतालाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएर हामीले गल्ती गरेका थियौँ ? त्यो गल्ती थियो भने जसजसमाथि त्यसो गरिएको थियो आज उनीहरुसँग माफी माग्नु पर्छ कि पर्दैन ? बटालियन सहायक कमाण्डर कमरेड सुनिलले घरमा दुईवटी बच्चाकी श्रीमती छाडेर अहिले अर्को बिहे गर्नुभएको छ । उहाँकी जेठी श्रीमतीलाई ‘प्यारालाइसिस’ भएको छ । श्रीमतीलाई गम्भीर रोग लाग्दा उसको उपचार र स्याहारसुसार गर्ने कि अर्की केटी लिएर रोमान्स गर्दै हिँड्ने ? त्यस्तो मान्छे अहिले यही हलमा विस्तारित बैठकको प्रतिनिधिका रूपमा सहभागी हुनुभएको छ । मेरो नेता कमरेडहरूलाई चुनौती छ, के तपाइँहरू उहाँलाई तत्काल निलम्बन गरेर यो हलबाट बाहिर निकाल्न सक्नुहुन्छ ? अर्को कुरा जनयुद्धमा हामीले सहिद परिवारको पुनर्विवाहलाई प्रोत्साहित गर्‍यौँ । हिजो स-गर्व सहिद पत्नीसँग बिहे गरेकाहरूले अहिले ‘सेकेण्ड ह्याण्ड’ भनेर किन महिलाहरूमाथि अपमान गर्ने काम गरिरहेका छन् । पुरुषचाहिँ जतिवटा बिहे गर्दा पनि ‘फस्ट हृयान्ड’ भइरहने अनि महिलाचाहिँ’सेकेण्ड ह्याण्ड’ हुने ? के यो कम्युनिष्ट पार्टीका कार्यकर्ताको आचरणअनुसारको व्यवहार हो ? पार्टीले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? म जनमुक्ति सेनामा काम गरेर आएकी हुँ । अहिले सेना समायोजनको नाममा अस्थायी शिविरहरूमा नाटक भइरहेको छ । हिजो जनयुद्धमा लाग्दा ‘बुर्जुवा शिक्षा पढेर केही हुँदैन’ भन्दै युवाहरूलाई उक्साउनुभयो । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष र उपाध्यक्ष एवम् हालका प्रधानमन्त्री कमरेडले हामीलाई भन्नु भयो, ‘तपाइँहरू चिन्ता नगर्नुस् हामी बुर्जुवा डिग्री खारेज गरेर नयाँ डिग्रीको प्रमाणपत्र दिन्छौँ ।’ अहिले शिविरमा ‘सर्टिफिकेट’का आधारमा भर्ती लिने काम भइरहेको छ, के तपाइँलाई यो कुरा थाहा छैन ? कहाँ पुग्यो कमरेड ‘डिग्री’ बाँड्ने तयारी ? हिजो समायोजनका प्राविधिक कुरामा सहमति नगरी ब्यारेकमा नेपाली सेना पठाउनुभयो । अहिले ब्यारेकमा नयाँ भर्तीको शैलीमा छनौटको काम भएको छ । शरीरको कपडा पुरै खोल्न लगाएर नाप्ने काम भइरहेको छ । हाम्रा साथीहरूलाई कट्टुसमेत खोल्न लगाएर ‘देखाउन मिल्ने र नमिल्ने’ सबै चिज देखाउन लगाइएको छ । के यही हो सम्मानजनक समायोजन ? यो समायोजन होइन, नयाँ भर्ती हो । जनयुद्धमा त्यत्रो ठूलो त्याग र तपश्या गरेर आएको जनमुक्ति सेनाको अपमान र विघटन हो । किन अझै पनि हामीलाई सम्मानजनक समायोजन हुने भ्रम दिएर आफ्नो व्यक्तिगत फाइदा र ‘बार्गेनिङ’ का लागि शिविरमा राखिरहनुभएको छ ? सेना समायोजनमा प्राविधिक कमजोरी भयो भानेर ढाँट्ने प्रयास नगर्नुस्, यसमा प्राविधिक होइन वैचारिक रुपमै कमजोरी भएको छ । सक्नुहुन्छ राजनीतिक सहमति गरेर समायोजनका सन्दर्भमा विगतमा भएको कमजोरी सच्याउनुस्, होइन भने कृपया सबैलाई एकमुष्ठ रकम दिएर स्वैच्छिक अवकाशमा आउने वातावरण बनाइदिनुस् । -कमला नहर्की, नवलपरासीको झयाल्टुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजनअन्तर्गतकी बि्रग्रेड कमाण्डर एवम् चर्चित गोरखा जेल ब्रेकर हुन् ) http://onlinekhabar.com/2012/0...   Last edited: 21-Jul-12 12:40 PM

_____ · Jul 21, 2012 12:37 PM · 1,492 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all