माओवादी बैठकमा कुर्सी हानाहान LOL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नेतृत्व तहबाट गुट-उपगुट अन्त्य गर्ने घोषणा गर्दै शुरु भएको एकीकृत नेकपा माओवादीको काठमाण्डूमा जारी विस्तारित बैठकमा कुर्सी हानाहान भएको छ। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई पक्षका कार्यकर्ताहरुबीचको विवादले चर्को रुप लिएपछि एक अर्कामाथि कुर्सी प्रहार भएको थियो।   त्यसक्रममा कतिपय नेताहरुलाई लक्षित गरी कुर्सी प्रहार र दुर्व्यवहार भएको बताइएको छ। अध्यक्ष प्रचण्डलाई लक्षित गरी कुर्सी हानेको आरोपमा सुशील नाम गरेका बझाङका एकजना कार्यकर्तालाई नियन्त्रणमा लिइएको र उनी भट्टराई पक्षको रहेको प्रचण्डपक्षले जनाएको छ। कारण "सबै कार्यकर्ताले उभिएर होहल्ला गर्न थालेपछि, कसैले धकेलिदिएपछि म मञ्चबाट तल झरें, फेरि माथि जाँदा बाबुराम (भट्टराई) जी उभिरहनु भएको थियो, सल्लाह गरौ भनेपछि सहज रुपमा मिटिङमा गएका हौं, हातपात र दुर्व्यवहार गर्ने त सोँच्ने कुरा पनि भएन" जनार्दन शर्मा, प्रचण्ड निकट नेता प्रचण्डको प्रतिवेदनमाथि भोजपुरा राज्य समितिबाट भट्टराईपक्षीय नेताले बोल्ने क्रममा विवाद शुरु भएको थियो। तर प्रचण्ड निकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले भट्टराईमाथि दुर्व्यवहार गरेको आरोपको खण्डन गरे। उनले भने, "सबै कार्यकर्ताले उभिएर होहल्ला गर्न थालेपछि मैले रोष्टम नजिकबाट नेताहरुलाई स्थिति नियन्त्रणमा लिन आग्रह गर्दै थिए, कसैले धकेलिदिएपछि म मञ्चबाट तल झरें, फेरि माथि जाँदा बाबुराम (भट्टराई) जी उभिरहनु भएको थियो, सल्लाह गरौ भनेपछि सहज रुपमा मिटिङमा गएका हौं, उहाँलाई हातपात र दुर्व्यवहार त सोँच्ने कुरा भएन, गर्ने कुरा पनि भएन।" प्रधानमन्त्री भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अब विवाद मिलेको बताए। उनले भने, "हात हालाहाल, धकेला-धकेल र कुटाकुटकै स्तरमा भएको भन्ने त होइन तर असामान्यस्थिति उत्पन्न भएपछि बैठक रोकेर पोलिटब्युरो बैठक गरी एउटा समितिबाट दुईजनालाई बोल्न दिने गरी विवाद मिलायौं।" तर शनिबार राय पेश गर्ने नेवा: राज्य समितिको विवाद मिलि नसकेको बुझिएको छ। चिन्ता 'विचार समूहलाई मान्यता दिएकै कारण पार्टी फुटेको' तीतो सम्झनाका साथ नेताहरुले बैठक उदघाट्नमा गुट-उपगुट अन्त्य गर्ने उदघोष गरेर कार्यकर्ताको ताली पनि पाएका थिए। "हात हालाहाल, धकेला-धकेल र कुटाकुटकै स्तरमा भएको भन्ने त होइन तर असामान्यस्थिति उत्पन्न भएपछि बैठक रोकेर पोलिटब्युरो बैठक गरी एउटा समितिबाट दुईजनालाई बोल्न दिने गरी विवाद मिलायौं" देवेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तर पूर्व माओवादी लडाकुहरुका शिविरमा आर्थिक अनियमितताको मुद्दा चर्किएपछि दोश्रो दिनको बैठक नै अवरुद्ध हुन पुगेको थियो। भोलीपल्ट लडाकु कमाण्डरहरुले सामूहिक राजीनामा दिएका थिए भने छानबिन आयोग बनाउन पार्टी बाध्य भएको थियो। चौथो दिन बैठकको अवरोध खुलेको के थियो, कार्यकर्ता कुर्सी हानाहानमै उत्रिए। पार्टी नेतृत्व लक्षित हमला र दुर्व्यवहारको प्रयासका घटनालाई कतिपयले फौजी अनुशासनबाट हालसालै खुला भएको एकीकृत माओवादीको निम्ति अशुभ संकेतको रुपमा लिएका छन्। उक्त घटनापछि एकजना पोलिटब्युरो सदस्यले बीबीसीसँगको कुराकानीमा लेनिनको पार्टीमा बैठकमै पिटापिट हुने गरेको र पछि मारामार समेत भएको सन्दर्भ सुनाउँदै भने, "हाम्रो पार्टी पनि त्यही बाटोमा जान्छ कि भन्ने चिन्ता लागेको छ, तर हामी त्यस्तो हुन नदिने प्रयासमा छौं।" http://www.bbc.co.uk/nepali/ne...

MN_Nepali · Jul 20, 2012 1:35 PM · 2,133 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all