Kathmandu College of Management (KCM) ma 7 karod Ghotala

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के. सि. एम. कलेजमा सात करोड घोटाला   by Thulo.Com काठमाडौं । नेपालको प्रतिष्ठित म्यानेजमेन्ट कलेजमा पर्ने काठमाडौ कलेज अफ म्यानेजमेन्ट (केसिएममा करोड रुपैंया घोटाला भएका खुलासा भएको छ । नेपाल सरकारका पूर्व मूख्यसचिव डा. विमल कोइरालाको ‘माई कन्फेसन (मेरो स्वीकारोक्ती)’ शीर्षकको इमेलमा कलेजमा सात करोड रुपैंया बराबरको घोटाला भएको बताएका छन् । घोटालाका कारण उनी लगायत हाल अमेरिकी राजदुतको भूमिका निर्वाह गर्दै गरेका योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा, निर्वाचन आयोगका कामु प्रमुख आयु्क्त निलकण्ठ उप्रेती, पूर्व प्रधानमन्त्री पत्नी आरजु देउवाले ठुलो रकम गुमाउनु परेको बताएका छन् । कोइरालाका अनुसार घोटालाका कारण देउवाले ७० लाख, उप्रेती र आफूले २२/२२ लाख तथा विनय शर्माले एक करोड ४० लाख गुमाउनु परेको उनको भनाई छ । शेयरधनीहरुको रकमलाई बैंक अफ काठमाण्डौंको चेक नं ४२५०४२८, ४४५३२४९ र ४४५३२६० बाट ब्यक्तिगत खातामा सारिएको उनको दावी छ । यी हाइप्रोफाइलहरुले केसिएमबाहेक सिटिजन्स बैंकमा समेत लगानी गरेका छन । कोइरालाको दावी अंग्रेजीबाट जस्ताको तस्तै नेपाली अनुवाद मेरो स्वीकारोक्ति म सरकारी कर्मचारीकै रुपमा हुर्कन पाएँ, यही नै मेरा लागि पर्याप्त थियो । नियति ले नै मलाई मेरो जीवनको मध्यकालतिर काठमाण्डौमा रहेको अण्डरग्राजुयट विजनेस कलेजमा आवद्ध हुन पु¥यायो । काठमाण्डौ कलेज अफ म्यानेजमेन्ट (केसिएम) सँगको सामान्य आवद्धताले नै आज मलाई भूल स्वीकार गर्नुपर्ने बाध्यतामा ल्याएको छ । यो मेरो सामान्य क्षमायाचना होईन, नाङ्गो सत्यको पटाक्षेप हो । म ती दिनहरु सम्झन्छु, जब हामी (डा. शंकर शर्मा, म्याडम आरजु देउवा, निलकण्ठ उप्रेती, विनय शर्मा र विष्णु अधिकारी) आवद्धताको आग्रह गर्दै उपकुलपति (काठमाडौं विश्वविद्यालय) प्राध्यापक डा. शुरेसराज शर्माको अफिस पुग्यौं । समूहको प्रतिवद्धता बुझेपछि मात्रै उहाँले हाम्रो आग्रह मान्नुभयो । केसिएम जन्मियो र छिट्टै ठूलो पनि भयो । विनयलाई अलग गरेपछि हाम्रा दुर दिनहरु सुरु हुन थाले । त्यसपछि चरणबद्ध रुपमा अनौपचारिक निर्णयहरु हुन थाले र अन्तमा शंकर शर्मालाई निस्कन बाध्य पारियो । उहाँहरुको ठाउँमा मुख्य शेयरधनीका श्रीमती र छोराहरु आए । संचालक समितीको नैतिकता नै रहेन । अवाञ्छनीय अभ्यासहरु हुन थाले । म अझै पनि सत्यले जित्छ भन्नेमा नै विश्वास गर्छु । सत्यले शक्ति र प्रभावको तरंग सहनु पर्ला तर अन्तमा नयाँ अनुभूतिले असत्यतालाई हटाएरै छाडछ । २७ वर्ष लामो सरकारी सेवाले मलाई कालोलाई कालो र सेतोलाई सेतो नै भन्नुपर्ने विशेष अवस्थामा ल्याएको छ । यदी कसैले सार्वजनिक छविका लागि भन्छ भने उ सहि नै हुन्छ । यो स्पष्टता राष्ट्र र त्यो ब्यक्ति आवद्ध भएको संस्थाकालागि नै हो । केसिएममा म आफ्नो दायित्वलाई सहज तरिकाले पन्छाउन सक्ने अवस्थामा नरहेको कुरा भन्न हिच्किचाउँदिन । कलेज मनोमानि रुपमा संचालित हुँदा पनि हामी मुकदर्शक बनेका छौं । सेयर धनीको ठुलो रकम व्यक्तिको खातामा सारिएको छ (चेक नं ४२५०४२८ विओके, नं. ४४५३२४९ विओके र नं. ४४५३२६० विओके) । हिनामिना भएको कुल रकम सात करोड रुपैंयाको आसपासमा छ । एक ब्यक्तिले कति गुमायो भनेर गणना गर्ने हो भने श्रीमती देउवाले ७० लाख गुमाउनुभयो, विनयले एक करोड ४० लाख, मैले र निलकण्ठले २२÷२२ लाख गुमायौं । कसले कति गुमायो भन्ने कुरा होइन, यो त संस्थाको वित्तीय नैतिकताको कुरा हो । सबैंको मुख कालो पार्ने संस्थालाई जोगाउन चाहान्छौं हामी, संवेदनशिल विषयको रुपमा नैतिकता÷नीयमसंगत र हाम्रो अडानवीचको नाफाघाटा यहिं नेर उब्जन्छ । मेरो टाउको भारी भइसकेको छ र मेरो अनुहार फुस्रो भइसक्यो । जे सुकै आओस मैले सत्यकै पछि जाने निर्णय गरिसकें । मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग जस्ता नियामक निकायले छानविन गरेको खण्डमा पनि आफ्नो दोष स्वीकार्ने निर्णय लिइसकेको छु । मसँग कानुन बमाजिमको सँजाय भोग्ने बाहेक अन्य कुनै विकल्प छैन । आउँ हामी आफैंप्रति निष्पक्ष बनौं । सुर्यलाई जति नै छेके पनि अर्काे दिन त उ अवस्य आउँछ (बाक्लो बादलले केहि क्षण छेक्ला) । दोषीहरुलाई सजायँ दिलाउकालागि यो घोटालाई निष्पक्ष अनुसन्धानको दायरामा ल्याउने हिम्मत गरौं । -विमल कोईराला

versace · Jul 20, 2012 9:34 AM · 2,692 views

3 Replies

 They just changed their name to Kathmandu college of Mismanagement 

chaurey · Jul 20, 2012 11:11 AM

कमाउनु परेको छ सबैलाई , सजिलो धनि हुने अरु कुनै खेल छैन यो बाहेक !!!

MAGorkhe1 · Jul 20, 2012 3:16 PM

IRONY for the recent Management Graduates from Kathmandu College of Management...LMAO !!

SAP Dude · Jul 20, 2012 4:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all