नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो। पारिवारिक कम्पनीहरुमा आफै सीइओ बस्ने, मासिक तलक बीसौँ लाख रुपैयाँ लिने, श्रीमति, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरिरहेका छन्। यसरी भएभरको कमाई आफैले मात्र खाने चलन देखियो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल राष्ट्र बैँकको एउटा कार्यक्रममा सार्वजनिक रुपमा गरेको भाषणका अंश हुन् माथिका बुँदा। धेरै संस्थामा अहिले पनि स्थिति उही हो। निजी बैँकहरुमा भने अहिले केही कसिकसाउ गरेको छ राष्ट्र बैँकले। फलस्वरुप इन्भेस्टमेन्ट बैँकका सीइओ पृथ्वीबहादुर पाण्डेले राजीनामा गरेका छन्। उनको तलबभत्ता मात्रै वार्षिक १ करोड ७५ लाख ३० हजार रुपियाँ थियो। अर्थात् मासिक १४ लाख ६० हजार ८३३ रुपियाँ। दिनको हिसाब निकाल्ने हो भने हुन आउँछ ४८ हजार ६९४ रुपियाँ। घण्टाको २०२८ रुपियाँ। दिनमा उनले मुश्किलले ८ घण्टा काम गर्लान्, बाँकीका १६ घण्टा सुत्दा, आराम गर्दा पनि उनले प्रति घण्टा २०२८ रुपियाँ पाइरहेका हुँदा रहेछन्। उनले राजीनामा दिनुपर्ने कारण भने अर्कै छ।
GauleSathi · Jul 17, 2012 2:30 AM · 6,658 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion