नेपाललाई गाली गलौज नगरौं: उपेन्द्र महतो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नेपाललाई गाली गलौज नगरौं: उपेन्द्र महतो   (0 Votes)   1 2 3 4 5         दिनेशजंग शाह ०       न्युयोर्क, असार ३० - गैरआवासीय नेपाल संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले आर्थिक लगानी मार्फत जन्मभूमिलाई समृद्व बनाउन गैरआप्रवासी नेपालीहरुलाई आब्हान गरेका छन् । डा. महतोले लगानीका लागि नेपाल असुरक्षित नरहेको दाबी समेत गरे । उनको भनाई थियो 'संविधान बनेन, देश खत्तम भयो भन्ने खाले सोच त्याग्नु जरुरी छ । संविधानले देश बनाउने होईन, देश आर्थिक लगानीले बन्छ्, ईच्छा शक्तिले बन्छ् ।' गैरआप्रवासीहरुले लगानी गरे नेपालले मुहार फेर्ने महतोको विचार थियो । न्युयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै महतोले अमेरिका जस्ता सम्पन्न मुलुकमा लगानी गरेर पाउने प्रतिफल भन्दा नेपालको प्रतिफल र महत्व धेरै हुने दाबी  समेत गरे । गैरआवासीय नेपाली क्षेत्रमा निकै सफल ब्यक्तित्व मानिने महतोले भने 'रसिया जस्ता देशमा लगानीको पन्ध्र बीस प्रतिशत सम्मको नाफा हुनसक्ला तर अमेरिकामा त्यो त्यति संभव छैन् ।' उनले आप्रवासीहरुलाई नेपाल र्फकने सल्लाह भने दिएनन् । कर्म भुमिमा जस्तो धेरै मात्रामा लगानी नगरेपनि  जन्मभुमिमा थोरबहुत लगानी गरे नेपाल समृद्व हुने विश्वास उनको थियो । महतोले थपे 'विदेशमा जति धन कमाएपनि, मोजमस्ती गरेपनि देश उभो लागेन भने हाम्रो हैसियत बढदैन् । जहाँ बसेपनि हाम्रो चिनारी देश सँगै जोडिएको हुन्छ् ।' निजी भ्रमणको सिलसिलामा अमेरिकामा रहेका महतोले उपस्थित आप्रवासी नेपालीहरुलाई नेपालको बारेमा गालीगलौज नगर्न सल्लाह समेत दिएका थिए । 'नेपालमा केहि नगर्ने तर विदेश बसेर जन्मेको ठाँउलाई गाली गर्नुलाई राम्रो पक्ष मान्न सकिदैन्, यस्ले केहि गरौ भन्ने भावना भएकाहरुलाई समेत हत्सोहित गर्छ' महतोको तर्क थियो'राजनितीक पार्टीहरु र नेताहरुलाई गाली गर्नु बेकार छ, किनकीहरुको उनीहरुको ल्याकत त्यति नै हो ।' एनआरएन, नेपालको राजनितीक परिपाटी सुधार र व्यवस्थापनका लागि नखोलिएको जिकिर उनको थियो । नेपालमा गैरआप्रवासी लगानी भित्रयाउन र मातृभुमि प्रतिको लगावलाई युगौं सम्म जिवित राख्नेमा एनआरएन सक्रिय रहनुपर्नेमा महतोको जोड थियो । च्यारिटीको प्रसंगमा व्यवसायी महताले आफनो मन्तव्य टुङ्याउदैं क्रममा भने' दिनुमा जति मजा छ, लिनुमा त्यति छैन् ।' कार्यक्रममा एनआरएन आईसीसीका रतन झा र एनआरएन अमेरिकाका डा.बिनोद शाहले मन्तव्य राखेका थिए ।    http://www.ekantipur.com/nep/2...

_____ · Jul 14, 2012 8:16 AM · 1,349 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all