बिन लादेन सनीको फ्यान ? :D

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक वर्षअघि मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख ओसामा बिन लादेन पोर्नस्टार सनी लिओनको फिल्मको फ्यान रहेको खुलासा भएको छ। भारतका प्रसिद्ध फिल्म निर्देशक रामगोपाल बर्माले ट्वीटरमा ट्वीट गर्दै यो कुरा बाहिर ल्याएका हुन्। उनले लादेनको पोर्न भिडियोप्रतिको क्रेजबाट आफू अचम्मित भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमले निर्देशकको हवाला दिँदै बाहिर ल्याएको समाचारअनुसार मारिएका दिन लादेन पाकिस्तानको अबोत्तावादमा सनीकै फिल्म हेरिरहेका थिए। जहाँ सेनाले आक्रमण गरेको थियो। ओसामाले सनीको फिल्म हेरेको बारेमा आधिकारिक पुष्टि नभए पनि सैनिकले उक्त घरमा छापा मार्दै अधिक संख्यामा पोर्न भिडियो र सिडी पाइएको समाचार आएको थियो। समाचारअनुसार लादेन पोर्नको एडिक थिए। लादेनले सनीको फिल्म हेर्ने गरेको चर्चा बाहिर आए पनि धेरैले सनी अभिनित फिल्म जिष्म–२ को प्रचारका लागि समाचार बाहिर ल्याएको अनुमान गरेका छन्।

accountantpimp · Jul 13, 2012 11:39 PM · 8,130 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all