एक सुकाको तेल दे , घसी पनि दे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मेरा एक मित्र छन् २५ बर्स अघि अमेरिका छिरेका हुन् | उनलाई मेरा अर्का मित्रले म नेपालमै  हुँदा "हरिकुजेल" उपानाम राखी दिएका थिए | हरिकुजेल हतपती फोन गरि हाल्दैनन , फोन गरे भने किन ,केलाई, कसलाई के भो , के समाचार दिने हुन् आदि इत्यादी ले मगज भरिन्छ ऊनको स्वर सुन्नु अघि  | बिगतमा प्रायस खराब समाचार धेरै सुन्नु परेको ले होला ?   | भलाकुसारी २ वाक्यमा सकिहाल्यो अनि पोख्न थाले आत्म कथा भनौ वा मनका व्यथा |  यो साझामा कसैले उठाएको धागो " Sick of Nepali Attitude "  जस्तै के भयो भनेर सोध्न पाएको छैन साउने  झरी झैँ बर्सिन थाले | दाजुभाई खाललाइ अप्ठ्यारो परेको सुनी मौका मा काम नलागी कहिले लागौला भनि  फलानो को घरमा गै  १५ हजारलिनु है भनेको लिन गए गएनन् आज सम्म खबर छैन | उनको टाउको दुखाइ चाहि त्यहि व्यक्ति उता वाट रामे ,च्यामे , भक्ते , जिरे लाइ घन्टी ठोक्ने तर म  पैसा पठाउनेले चाहि खोजि खोजि सोध्नु पर्ने ए ? टाटा टिपे झैँ गरेर  डलर पठाए पछी Expectation बडाई दिए पछी - किन दुखाइ रहने टाउको ? कित भन्नु पर्थ्यो रुपैया पाऊना साथ् खबर गर्नु भनेर ? भने पनि होलान ? पैसा पाए पाएनन तेस्को चासो त पाउनेलाई भन्दा पठाउनेलाई बडी हुने भएन र ? उसले मागेको थियो र ?  अनि मैले पनि सुनाइ दिए कहिँ यही साझामा पढेको कथा- कुनै खैरेले बैंकमा ' तपाइको वालेट खस्यो भनि" नेपालिलाइ भनेछ रे | अनि नेपालीले आफ्नो खल्ती छाम छुम गरेछ पहिले अनि उठाएछ वालेट , अनि लाjममा चुप चाप बसेछ | खैरे बडबडाउन  थालेछ " मलाइ धन्यबाद पनि छैन " | यस्तै हो हाम्रो बानि | तिमीले आबस्यक देखेर सहयोग गर्योउ , मागेर गरेको भए आर्कै कुरा हुन्थ्यो | अब २ डलर खर्च गरि सोध आफैले , किन हच्किन्छौ |  हरिकुजेलको ब्यथा  नबुझेको हैन | मैले पनि " एक सुकाको तेल दे घसी पनि दे " भनेको यही होला  भन्दै फोन बार्ता अन्त्य गरे |

MaGorkhe1 · Jul 11, 2012 2:26 PM · 4,922 views

3 Replies

huh??

alche · Jul 12, 2012 1:29 PM

Magorkhe1 sanga ek din basera yo sabai kura bujhne plan garya chhu. Nepali na bujhya ho ki, maile kura nabujhya ho. Nepali nai ho hai?

Kiddo · Jul 12, 2012 2:47 PM

Yo jaile yestai lekhcha. Afu le bahek aru kasaile bujdainan.

facebook · Jul 12, 2012 3:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all