रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ। प्रकाश-बिना बारे यत्रो समाचार बनिरहँदा पनि उनी लोग्ने र माइतीको सम्पर्कमा नआएका रहेछन्। त्यसैले ‘गम्भीर रुपको सांस्कृतिक विचलनको प्रश्न र आशंका जन्मिएको’ भन्दै तत्काललाई निलम्बन गरी के भा हो भन्ने बारे छानबिन गर्ने वक्तव्यमा उल्लेख छ। कानुन अनुसार के सजाय हुन्छ उनीहरुलाई ? नेपालको विद्यमान कानुन अनुसार जाने हो भने कस्तो सजाय भोग्नु पर्छ त उनीहरुले ? के व्यवस्था छ बहुविवाहसम्बन्धी नेपालको कानुनमा ? बहुविवाह गर्नेलाई अहिले मुलुकी ऐन अनुसार सजाय हुन्छ। मुलुकी ऐनको बिहावारी महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छंदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना समेत हुने व्यवस्था छ। पहिलो श्रीमती भएको थाहा पाई पाई त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जान्नेलाई पनि उति नै सजाय हुने व्यवस्था छ। २०५८ सालमा ऐन संशोधन गरी सजाय बढाइएको हो। नत्र २०२२ सालमा लागू भएको ऐनमा एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिबाना मात्र हुने व्यवस्था थियो। त्यसैले कानुनी व्यवस्था अनुसार मुद्दा अदालतमा परे र प्रमाणित भए प्रकाश र बिना दुवैले कम्तिमा एक वर्ष कैद र पाँच हजार रुपियाँ जरिवानाको सजाय भोग्नुपर्छ। बढीमा त तीन वर्ष जेल र २५ हजारसम्म जरिवाना हो। कति सजाय तोक्ने भन्ने निर्धारण चाहिँ न्यायाधीशले गर्नेछन्। माओवादीले जनयुद्ध भन्ने गरेको कालमा यस्तो भएको भए उनीहरुको तथाकथित जनअदालतले सफाया अर्थात् मार्दिनेसम्मका कारबाही गरेका उदाहरण छन्। अझ पछाडि जाने हो भने विक्रम संवत् १९१० को मुलुकी ऐन हेर्ने हो भने त यस्तो व्यवस्था छ- यो जार भन्ने शब्द अहिले प्रयोग नहुने हुनाले कतिलाई थाहा नहुन सक्छ। कसैले आफ्नी स्वास्नी भगायो भने स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो उतिबेला। जारको बारेमा त्यो पुरानो ऐनमा निकै व्यवस्था गरिएका छन्, माथि एउटा मात्र साभार गरेको।
playboy1 · Jul 10, 2012 6:40 PM · 19,413 views
त्यहि त भन्या, यो जार शब्दको संन्दर्भमा कुरा गर्दा, हाम्रो गाउमा एउटा दोबाटो थियो . जसलाई हामी जार काटेको दोबाटो, निकै प्रचलित (उहिले धेरै समय अगाडीको घटना, कसैले त्यहाँ छप्कैदेछा, उही स्वास्नी भगौनेलाई ) भन्दथ्यौ . अहिले आएर केहि बर्ष अगाडी तेस्को अर्को नामकरण भयो. जाजरकोटे दोबाटो रे भयो अब. भू. पु. जाजरकोटी कांग्रेसी संसदले बकैदा घर नजिकै बनाएर बसेका कारणले आफ्नै पाराले नाम दिए त्यो स्थानको . तेही भएर यो समय संगसंगै नेपाली शब्दको परिभाषासंग मेल खाने काम गरेर कमरेड पुत्रले नेपाली भाषाको शब्दावलीमा जार भन्ने शब्द जीवित छ है भन्ने संदेश दिन खोज्नु भाको त होइन.
Anishchit · Jul 10, 2012 8:20 PM
not related to the topic, but to me, this guy looks like mundre's step brother aka 'bhok lagyo' character from meri bassai.
jantare1 · Jul 10, 2012 10:19 PM
आजकल " PLAYBOY " भनिन्छ | अनि आधुनिक समाजमा "माचोपनाको" घोत्तक पनि हो कि ? पुरानो जमानामा जार काट्न पाउने चलन थियो रे ? ल्याऊने हो कि त्यो चलन ? Last edited: 11-Jul-12 10:36 AM
maGorkhe1 · Jul 11, 2012 9:00 AM
It's not a big deal. It is personal between them.
Nepalbandgarnehater · Jul 11, 2012 7:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion